काठमाडौं– कृषि विकास बैंक लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १० लाख रुपैयाँ बराबरको खाद्य सामग्री सहयोग गरेको छ ।
विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले बैंकले १० लाख रुपैयाँ बराबरको लगभग २०० पिडित परिवारलाई पुग्ने गरी चामल, दाल, तेल, नुन, विष्कुट, चिउरा, दालमोठ, चाउचाउ, मस्यौरा, चना, भुजा, पिउने पानी लगायतका अत्यावस्यक खाद्य सामग्रीहरु सहयोग गरेको हो । यस अघि पनि कृषि विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.३ करोड रुपैयाँ सहयोग गरिसकेको जनाएको छ ।
बैंकले सरकारको आधिकारिक राहत सङ्कलन केन्द्रमा पुगेर उक्त खाद्य सामग्री हस्तान्तरण गरेको हो ।
बैंकका तर्फबाट मार्केटिङ एण्ड सेल्स विभागका विभागीय प्रमुख बीना शर्माले खाद्य सामग्री हस्तान्तरण गरेका थिए भने कार्यक्रममा बैंकका वरिष्ठ शाखा प्रमुख महेश्वर मरहठ्ठा, वरिष्ठ शाखा अधिकृत गीता नेपाल शर्मा, व्यवसाय अधिकृत मणिराज ढुंगाना, कार्यालय सहायक बबिता अर्याललगायतको उपस्थिति रहेको थियो ।