

सोल–उत्तर कोरियाका नेता किम जोङ उनले आँधी प्रभावित क्षेत्रको भ्रमण गरेको छ ।
देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने घटनास्थलको भ्रमण गरेपछि उनले पीडितलाई सहयोगका लागि १२ हजार कामदार पठाउने प्रतिबद्धता पनि जनाएको छ । उनीहरूलाई त्यस क्षेत्रको पुनर्निर्माणका लागि पठाउने नेता किमले प्रतिबद्धता जनाएको उत्तर कोरियाको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले आइतबार जनाएको छ ।
घटनास्थलको अवलोनक भ्रमण गर्न उत्तर कोरियाली केही उच्च पदस्थ पदाधिकारीहरू यस पहिले नै त्यहाँ पुगी आँधी प्रभावित क्षेत्रको अवलोकन गरिसकेका समाचारमा उल्लेख गरिएको छ ।
उनले स्थानीय बासिन्दालाई सङ्कट विरुद्ध लड्न तथा त्यसको सामना गर्नका लागि एकताबद्ध हुन पनि आह्वान गरेको छ ।
आँधीसँगै कोरोनाभाइरसको महामारीसँग पनि लड्नुपर्ने भएकाले एकताबद्ध हुन अत्यावश्यक रहेको उनको भनाइ छ । उनले केही दिन अगाडि पनि आँधी र कोरोनाभाइरसविरुद्ध लड्न सवै एकताबद्ध हुनुपर्ने र तयारी अवस्थामा रहनुपर्ने बताएको थियो ।
कोरियाली केन्द्रीय समाचार केन्द्रले सम्प्रेषण गरेको समाचार अनुसार सर्वोच्च नेता किमले शनिबार घटनास्थल हाँङयोङ प्रान्तको भ्रमण गरेको हो ।
सो ठाउँमा गत हप्ता ठूलो आँधी आएको थियो । आँधीका कारण एक हजारभन्दा बढी घरहरू नष्ट भएको जनाइएको छ । सरकारी अधिकारीले आँधीमा परेर अहिलेसम्म कुनै मानवीय क्षतिको विवरण भने प्राप्त नभएको सर्वोच्च नेता उनलाई जानकारी दिएका छन् ।