Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ २, २०८३

काठमाडौं- नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक वर्ष २०८२/८३ को अन्तिम त्रैमासमा आफ्नो नाफा उल्लेख्य रूपमा बढाएको छ । नेपाल टेलिकमको अपरिष्कृत वित्तीय विवरणअनुसार गत वैशाखदेखि असार मसान्तसम्ममा मात्र चार अर्ब २० करोड २४ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको छ । तेस्रो त्रैमासमा तीन अर्ब १४ करोड ८० लाख १८ हजार रुपैयाँ नाफा नाफा कमाएको टेलिकमले चौथो त्रैमासमा मात्रै आफ्नो नाफा एक अर्ब पाँच करोड ४४ लाख ३४ हजार रुपैयाँ बढाएको हो ।

सरकारले नेपाल टेलिकमको पहुँच र गुणस्तर बढाउने कार्यलाई प्राथमिकतामा राखेर सुधारका काम थालेसँगै इन्टरनेट सेवाका प्रयोगकर्ता उल्लेख्य बढेका छन् । शासकीय सुधारसम्बन्धी १०० कार्यसूची र सूचना तथा सञ्चार मन्त्रालयले तयार नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणालीअन्तर्गतको १० बुँदे सुधारात्मक कार्ययोजनामा नेपाल टेलिकमका सेवा सुधारलाई प्राथमिकतामा राखिएको थियो । सुधारका लागि सरकारी प्रयासको नतिजा कम्पनीको वित्तीय स्वास्थ्यमा पनि देखिन थालेको हो ।

नेपाल टेलिकमका प्रवक्त कमल लामिछानेका अनुसार पछिल्लो समय ‘फाइबर टु दि होम’ (एफटिटिएच) र जिएसएम डाटा खपत बढ्दा आम्दानी बढेको छ । “पछिल्लो समय भ्वाइसमा भन्दा डाटा खपत बढेको छ । कम्पनीको सञ्चालन खर्च पनि गतवर्षको तुलनामा घटेको छ । आम्दानी बढेको र खर्च घटेको कारण समग्र नाफा बढेको हो”, उनले भने । नेपाल टेलिकमले विज्ञापन, प्रायोजनलगायतका खर्च कटौतीबाट पनि उल्लेख्य बचत गरेको जनाएको छ । फजुल खर्च घटाउने सरकारको नीतिअनुसार सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले टेलिकमलाई मितव्ययी र पारदर्शी भएर काम गर्न पटक-पटक  निर्देशन दिँदै आएका छन् । जसअनुसार नेपाल टेलिकमले गत आर्थिक वर्षमा मात्रै विज्ञापन र प्रायोजनलगायतका शीर्षकको खर्च कटौतीबाट १० करोड रुपैयाँदेखि १५ करोड रुपैयाँ हाराहारी बचत गरेको जनाएको छ । सेवा सञ्चालन तथा मर्मतसम्भार खर्च घटेको छ भने नियामकलाई तिर्नुपर्ने रकम पनि अघिल्ला आर्थिक वर्षको तुलनामा घटेको टेलिकमको तथ्याङ्कबाट देखिन्छ ।

टेलिकमले अघिल्लो आर्थिक वर्ष २०८१/८२ को अन्तिम त्रैमासमा एक अर्ब २२ करोड ४८ लाख चार हजार रुपैयाँ नाफा कमाएको थियो । अर्थात्, टेलिकमले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिकको तुलनामा गत आर्थिक वर्षको सोही अवधिमा करिब तीन अर्ब रुपैयाँले नाफा बढाएको हो । यो कर अघिको मुनाफा हो । यो अवधिमा टेलिकमको कुल आम्दानीमा समेत उल्लेख्य वृद्धि देखिएको छ । गत वैशाखदेखि असार मसान्तसम्ममा टेलिकमले १० अर्ब ३४ करोड ४७ लाख ५२ हजार रुपैयाँ कुल आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा  ५८ करोड ८२ लाख १२ हजार ४२८ रुपैयाँले बढी हो । आर्थिक वर्ष २०८१/८२ को अन्तिम त्रैमासमा नेपाल टेलिकमले नौ अर्ब ७५ करोड ६५ लाख ३९ हजार ७८२ रुपैयाँ बराबर कुल आम्दानी गरेको थियो ।

Hardik health

वार्षिक करिब नौ अर्ब खुद मुनाफा
टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म आठ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । कम्पनीले गत शनिबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद मुनाफा दुइ अर्ब ८५ करोड ७९ रुपैयाँ लाख अर्थात् ४७ दशमलव ५८ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिकसम्म कम्पनीको खुद मुनाफा छ अर्ब ६७ लाख रुपैयाँ थियो । एक वर्षको अवधिमा कम्पनीको खुद मुनाफामा उल्लेख्य वृद्धि भएको हो ।

कम्पनीका अनुसार समीक्षा अवधिमा करअघिको मुनाफा पनि उल्लेख्य बढेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्म करअघिको मुनाफा  १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो मुनाफा र नौ अर्ब ८५ करोड २ लाख रुपैयाँ रहेको थियो । यस आधारमा करअघिको मुनाफा  तीन अर्ब ४१ करोड ४५ लाख रुपैयाँ अर्थात् ३४ दशमलव ६६ प्रतिशतले बढेको हो ।

त्यस्तै, कम्पनीको ब्याज, कर, ह्रासकट्टी तथा अमोर्टाइजेसनअघिको आम्दानी २० अर्ब ४८ करोड १ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रहेको  १८ अर्ब ४९ करोड ६० लाख रुपैयाँको तुलनामा यस्तो आम्दानी गत आर्थिक वर्षमा एक अर्ब ९८ करोड ४१ रुपैयाँ लाख अर्थात् १० दशमलव ७३ प्रतिशतले बढेको कम्पनीले जनाएको छ ।

नेपाल टेलिकमको कुल सञ्चालन आय समीक्षा अवधिमा  ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिकसम्म यस्तो आय ३३ अर्ब ८९ करोड ४५ लाख रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा गत आवमा सञ्चालन आय एक अर्ब ५ करोड ५९ लाख रुपैयाँ अर्थात् तीन दशमलव १२ प्रतिशतले बढेको हो ।

कम्पनीको कुल आयसमेत बढेको छ । समीक्षा अवधिमा कुल आय ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल आय ३८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ थियो । यसअनुसार कुल आय१ अर्ब १ करोड १५ लाख रुपैयाँ अर्थात्  दुई दशमलव ६५ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको प्रति शेयर आम्दानी (वार्षिकीकरण गरिएको)४९ दशमलव २५ रुपैयाँ रहेको छ ।

ब्याज आम्दानी घटे पनि मुनाफामा वृद्धि
कम्पनीका अनुसार समीक्षा अवधिमा ब्याजदर क्रमिक रूपमा घट्दा ब्याज आम्दानीमा भने कमी आएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको तुलनामा गत आर्थिक वर्षको सोही अवधिमा ब्याज आम्दानी करिब  ८६ करोड १९ लाख रुपैयाँ अर्थात् २२ दशमलव ८८ प्रतिशतले घटेको छ । तर, मुख्य दूरसञ्चार सेवाबाट हुने आम्दानीमा भएको वृद्धिका कारण समग्र सञ्चालन आय तथा मुनाफामा सकारात्मक प्रभाव परेको कम्पनीले जनाएको छ ।

विशेषगरी जिएसएम सेवातर्फको राजस्व बढेको छ । कम्पनीका अनुसार अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको तुलनामा गत आर्थिक वर्षको सोही अवधिमा जिएसएम सेवातर्फको राजस्व ६४ करोड ५४ लाख रुपैयाँ अर्थात् दुई दशमलव २८ प्रतिशतले बढेको छ ।

एनटिसी सुधारका लागि सरकारको प्रयास
नयाँ सरकार गठन पछि नेपाल टेलिकम र समग्र दूरसञ्चार सेवा सुधारमा महत्वपूर्ण कामहरू भएका छन् । शासकीय सुधारसम्बन्धी १०० कार्यसूची र सूचना तथा सञ्चार मन्त्रालयले अघि सारेको नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणालीअन्तर्गतको १० बुँदे सुधारात्मक कार्ययोजनामा पनि नेपाल टेलिकम सुधारको विषय अघि सारिएको थियो । जसअनुसार नेपाल टेलिकमको प्रयोगकर्ताको डाटा प्याकेज सकिएपछि स्वतः ब्यालेन्स काटिने अवस्था अन्त्य भएको छ भने सबै सेवा अनलाइन गर्ने र ‘वान टाइम केवाइसी’ लागु गर्ने कार्यले पूर्णता पाएको छ । ‘पे-एज-यू-गोज’ प्रणाली लागु भएसँगै ग्राहकले आफ्नो डाटा सकिएपछि स्वतः शुल्क कट्ने वा नयाँ प्याकेज खरिद गर्नेबारे विकल्पसहितको छनोटको सुविधा पाएका छन् ।

विशेषगरी मोबाइल डाटा व्यवस्थापन, डिजिटल प्लेटफर्म विस्तार र प्रशासनिक प्रक्रियालाई सरल बनाउने उद्देश्यले सरकारले नेपाल टेलिकममा व्यापक रूपान्तरण प्रक्रिया थालेको थियो । ई-सिम वितरण, गुनासो व्यवस्थापन, हराएको सिम पुनःप्राप्ति तथा स्वामित्व हस्तान्तरणजस्ता सेवाहरू पनि पूर्ण रूपमा अनलाइन माध्यमबाट उपलब्ध हुन थालेका छन् । दूरसञ्चार सेवामा नागरिकको पहुँच र सहजीकरण बढाउन टेलिकमका कार्यालयमा ‘एकल बिन्दु सेवा’ सहायता कक्ष स्थापना गरिएका छन् । जसले ग्राहकलाई एउटै स्थानबाट सबै सेवा प्राप्त गर्न सहज बनाएको छ । ४जी सेवाको गुणस्तर सुधार गर्न महत्त्वपूर्ण नीतिगत पहलसमेत यसबीचमा भएका छन् । ४जी सेवाको पहुँच र गुणस्तर बढाउनका लागि थप फ्रिक्वेन्सी उपलब्ध गराइएको छ ।
 


प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३  १६:५३
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह
वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह सोमबार, भदौ १, २०८३
वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह
वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह आइतबार, साउन ३१, २०८३
राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि
राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि शुक्रबार, साउन २९, २०८३
मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक
मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक शुक्रबार, साउन २९, २०८३
पहिरो र बाढीले देशका विभिन्न स्थानका सडक अवरुद्ध
पहिरो र बाढीले देशका विभिन्न स्थानका सडक अवरुद्ध शुक्रबार, साउन २९, २०८३
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति बिहीबार, साउन २८, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP