Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
विश्व
  • Home
  • विश्व
  • एआईले दक्षिण कोरियाली युवाको रोजगारीमा जोखिम
एआईले दक्षिण कोरियाली युवाको रोजगारीमा जोखिम
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ २, २०८३

सियोल- आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विस्तारसँगै दक्षिण कोरियामा युवाहरूका रोजगारीका अवसरमा गम्भीर जोखिम देखिएको केन्द्रीय बैंकको एक प्रतिवेदनले जनाएको छ । पछिल्ला चार वर्षमा युवाको रोजगारी दुई लाख ८५ हजारले घटेकामा ९४ प्रतिशत अर्थात् दुई लाख ६८ हजार रोजगारी एआईको उच्च जोखिम भएका क्षेत्रमा गुमेको पाइएको छ ।

राष्ट्रिय पेन्सन सेवा (एनपीएस) का ग्राहक अभिलेख तथा आर्थिक रूपमा सक्रिय जनसङ्ख्यासम्बन्धी सर्वेक्षणका आधारमा तयार गरिएको बैंक अफ कोरिया (बीओके) को प्रतिवेदनले एआईको उच्च जोखिम भएका उद्योगमा युवाको रोजगारी घट्ने क्रम जारी रहेको जनाएको छ ।

प्रतिवेदनअनुसार पछिल्ला चार वर्षमा सूचना सेवामा युवाको रोजगारी ३१.४ प्रतिशतले घटेको छ । यसैगरी प्रकाशन क्षेत्रमा २७.४ प्रतिशत, कम्प्युटर प्रोग्रामिङमा १६.६ प्रतिशत र व्यावसायिक सेवामा ११.६ प्रतिशतले युवा रोजगारी घटेको पाइएको छ ।

Hardik health

युवाका लागि रोजगारीका अवसर खुम्चिँदै गए पनि सोही उद्योगमा ५० वर्ष उमेर समूहका कामदारको रोजगारी भने बढेको प्रतिवेदनले जनाएको छ । यसले एआईको विस्तारसँगै श्रम बजारमा पुस्तागत अन्तरसमेत बढ्दै गएको सङ्केत गरेको छ ।

बीओकेको प्रतिवेदनले भने एआई प्रविधिको विस्तारलाई मात्र रोजगारी घट्नुको कारण मान्न नहुने स्पष्ट गरेको छ । एआईलाई कसरी प्रयोग गरिन्छ भन्ने कुराले रोजगारीमा पर्ने प्रभाव निर्धारण गर्ने प्रतिवेदनको निष्कर्ष छ । मानवले गर्दै आएका कामलाई पूर्ण रूपमा प्रतिस्थापन गर्ने गरी एआई प्रयोग भएका उद्योगमा युवाको रोजगारीमा बढी गिरावट देखिएको छ । तर मानव कामलाई सहयोग गर्ने तथा उत्पादकत्व बढाउने उपकरणका रूपमा एआई प्रयोग भएका क्षेत्रमा युवा भर्तीमा नकारात्मक प्रभाव तुलनात्मक रूपमा सीमित रहेको प्रतिवेदनले जनाएको छ ।

प्रतिवेदनले एआई अपनाउने वा नअपनाउनेभन्दा पनि व्यवसायहरूले एआईलाई मानव श्रमको विकल्पका रूपमा प्रयोग गर्छन् वा मानव क्षमतालाई सहयोग गर्ने साधनका रूपमा प्रयोग गर्छन् भन्ने विषय रोजगारीको परिणामका लागि महत्त्वपूर्ण हुने निष्कर्ष निकालेको छ ।

यसले एआईको विकाससँगै रोजगारीको स्वरूप परिवर्तन भइरहेका बेला विशेषगरी श्रम बजारमा प्रवेश गर्न खोजिरहेका युवाका लागि नयाँ सीप र प्रविधिसँग अनुकूलन गर्ने क्षमता महत्त्वपूर्ण बन्दै गएको देखाएको छ ।
 


प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३  १६:३७
प्रतिक्रिया दिनुहोस्
थप विश्व
झु रोङ्जीको अन्त्येष्टिअघि चीनमा शोक
झु रोङ्जीको अन्त्येष्टिअघि चीनमा शोक मंगलबार, भदौ २, २०८३
किमसँग सम्पर्कमा रहेको ट्रम्पको संकेत
किमसँग सम्पर्कमा रहेको ट्रम्पको संकेत मंगलबार, भदौ २, २०८३
फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु
फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु मंगलबार, भदौ २, २०८३
समुद्रले निल्दै नाइजेरियाली बस्ती
समुद्रले निल्दै नाइजेरियाली बस्ती सोमबार, भदौ १, २०८३
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन सोमबार, भदौ १, २०८३
हंगेरीमा बस दुर्घटनामा १२ जनाको मृत्यु
हंगेरीमा बस दुर्घटनामा १२ जनाको मृत्यु आइतबार, साउन ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP