काठमाडाैं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी सभापतिको निर्देशनअनुसार बैठक आगामी भदौ ५ गते शुक्रबार बिहान ११ बजे बस्ने भएको हो।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीस्थित ‘घन्टी घर’मा बैठक बस्ने रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिएका छन्। बैठकमा छलफल हुने विषयसहितको कार्यसूची भने अहिले तयार गर्ने क्रममा रहेको पार्टीले जनाएको छ। कार्यसूचीको आवश्यक गृहकार्य पूरा भएपछि त्यसबारे जानकारी गराइने बताइएको छ।
पार्टीभित्र संगठनात्मक तथा समसामयिक विषयमा छलफल भइरहेका बेला बोलाइएको केन्द्रीय समिति बैठकलाई रास्वपाको आगामी राजनीतिक तथा सांगठनिक रणनीतिका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।