Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
विश्व
  • Home
  • विश्व
  • झु रोङ्जीको अन्त्येष्टिअघि चीनमा शोक
झु रोङ्जीको अन्त्येष्टिअघि चीनमा शोक
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ २, २०८३

बेइजिङ- चीनका पूर्वप्रधानमन्त्री झु रोङ्जीको निधनपछि उनको अन्त्येष्टिअघि मंगलबार बेइजिङका सरकारी भवन तथा तियानमेन स्क्वायरमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ । गत साता ९७ वर्षको उमेरमा निधन हुनुभएका झुको योगदानलाई सामाजिक सञ्जालमा पनि स्मरण गरिएको छ ।

सन् १९९८ देखि पाँच वर्ष प्रधानमन्त्री रहनुभएका झु चिनियाँ अर्थतन्त्रको निर्णायक पुनर्गठन, भ्रष्टाचारविरुद्धको कडा अभियान र राज्यको स्वामित्वमा रहेका अक्षम संस्थान सुधारका लागि परिचित हुनुहुन्थ्यो । उनको कार्यकालमा चीनलाई विश्व अर्थतन्त्रसँग थप जोड्ने महत्त्वपूर्ण आर्थिक सुधार अघि बढाइएको थियो ।

एएफपीका पत्रकारहरूले मङ्गलबार बेइजिङका सरकारी भवनमा झण्डा आधा झुकाइएको देखेका छन् । राजधानीको केन्द्रमा रहेको तियानमेन स्क्वायरमा पनि झण्डा आधा झुकाइएको थियो । अत्यधिक सुरक्षा व्यवस्था रहने तियानमेन स्क्वायरमा झुको सम्मानमा गरिएको श्रद्धाञ्जलि चिनियाँ सामाजिक सञ्जाल वेइबोमा समेत शीर्ष चर्चाको विषय बनेको छ ।

Hardik health

वेइबोमा एक प्रयोगकर्ताले झुले देशका लागि गरेका योगदानप्रति धन्यवाद दिँदै उनलाई सधैँ सम्झिइरहने उल्लेख गरेका छन् । झुप्रति व्यक्त गरिएको श्रद्धाञ्जलीले आर्थिक सुधारका क्रममा उनले खेलेको भूमिकाप्रतिको जनस्मरणलाई पनि उजागर गरेको छ ।
चिनियाँ राज्य समाचार संस्था सिन्ह्वाले झुलाई ‘उत्कृष्ट सर्वहारा क्रान्तिकारी तथा राजनीतिज्ञ’ का रूपमा स्मरण गरेको छ । सिन्ह्वाका अनुसार झुको शव मङ्गलबार बेइजिङमा दाहसंस्कार गरिनेछ । त्यसअघि सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेताहरूको सहभागितामा औपचारिक बिदाइ कार्यक्रम आयोजना गरिनेछ ।

सन् १९२८ मा मध्य चीनमा जन्मिनुभएका झु सन् १९४९ मा माओत्सेतुङको नेतृत्वमा कम्युनिस्ट क्रान्ति सफल भएपछि पार्टी संरचनामा अघि बढ्नुएका थिए । उनले साङ्घाईको मेयर, राष्ट्रिय उपप्रधानमन्त्री हुँदै प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
झुको प्रधानमन्त्री कार्यकाल चीनका तत्कालीन राष्ट्रपति जियाङ जेमिनको कार्यकालसँगै अघि बढेको थियो । जियाङको सन् २०२२ मा निधन भएको थियो । दुवै नेताको कार्यकालमा चीनले तीव्र आर्थिक सुधार र विश्व अर्थतन्त्रमा आफ्नो सहभागिता विस्तार गरेको थियो ।

झुले सरकारी स्वामित्वका घाटामा रहेका तथा अक्षम कम्पनीको पुनर्संरचना र विघटनलाई अघि बढाएका थिए  । यस्ता कदमले ठूलो आर्थिक तथा सामाजिक प्रभाव पारे पनि चीनको राज्य सञ्चालित अर्थतन्त्रलाई थप प्रतिस्पर्धी बनाउने प्रयासका रूपमा त्यसलाई हेरिएको थियो ।

उनी भ्रष्टाचारविरुद्धको कडा अडानका कारण पनि चर्चित थिए । सार्वजनिक पदमा इमानदारीलाई प्राथमिकता दिनुपर्ने उनको धारणा उनका सार्वजनिक अभिव्यक्तिमा देखिन्थ्यो । एकपटक आफूलाई भविष्यमा कसरी सम्झिइयोस् भन्ने प्रश्नमा झुले आफूले पद छाडेपछि देशभरका मानिसले आफूलाई ‘इमानदार अधिकारी, भ्रष्ट नभएको व्यक्ति’ का रूपमा सम्झिए आफू सन्तुष्ट हुने बताएका थिए।

चीनको आर्थिक रूपान्तरणका महत्त्वपूर्ण वर्षमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका झुको निधनपछि भएको औपचारिक श्रद्धाञ्जलिले उनको राजनीतिक तथा आर्थिक योगदानलाई पुनः चर्चामा ल्याएको छ ।


प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३  १४:२३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
किमसँग सम्पर्कमा रहेको ट्रम्पको संकेत
किमसँग सम्पर्कमा रहेको ट्रम्पको संकेत मंगलबार, भदौ २, २०८३
फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु
फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु मंगलबार, भदौ २, २०८३
समुद्रले निल्दै नाइजेरियाली बस्ती
समुद्रले निल्दै नाइजेरियाली बस्ती सोमबार, भदौ १, २०८३
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन सोमबार, भदौ १, २०८३
हंगेरीमा बस दुर्घटनामा १२ जनाको मृत्यु
हंगेरीमा बस दुर्घटनामा १२ जनाको मृत्यु आइतबार, साउन ३१, २०८३
रुससँगको सम्बन्धको भविष्यप्रति किम जोङ-उन आशावादी
रुससँगको सम्बन्धको भविष्यप्रति किम जोङ-उन आशावादी आइतबार, साउन ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP