Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विचार
  • Home
  • विचार
  • बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ !
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन १९, २०८३
Energy Drink Energy Drink

सहरमा अहिले चिया पसलको बिगबिगी छ । पहिलेपहिले चिया पसलमा बस्यो भने केटो बिग्रियो भन्थे । अहिले चिया पसलमा बसेर दुई-चारवटा कुरा नछाँटे केटो बिग्रिएछ भन्छन् । समयको कुरा हो नि ! कहिले कुन ठीक कहिले कुन ।  त्यसैले पनि अहिले टिलिक्क चम्काइएको बाँसको घरमा बनाइएको चिया पसलमा अत्यधिक भीडभाड हुने गर्दछ । अझ चिया पसलकै साहुजी सांसद पनि बनिसक्नुभाको छ । त्यही साहुजीका चिया पसलमा मट्याङ्ग्राको टोली चियाको चुस्की लगाउँदै गफ दिइरहेको देखिन्छ ।  ‘मलाई त आज बोल्नै मन छैन ।’ 

चिया पसलको कुनामा बसेर मट्याङ्ग्रोले कपमा चिया घुमाउँदै यतिमात्रै भन्यो । उसको अनुहारमा रिस पनि थिएन, खुसी पनि थिएन । मानौं देशको नक्सा नै उसको निधारमा कोरिएको थियो ।मट्याङ्ग्राको कुरा सुनेर बैरीले हाँस्दै भन्यो, ‘के भयो ? सरकारले फेरि पेट्रोल र ग्यासमा भाउ बढायो भनेर कि श्रीमतीले घरभित्र प्रवेश निषेध गरिन् ?’मट्याङ्ग्रोले टाउको हल्लायो ।‘त्योभन्दा ठूलो कुरा छ ?’त्यत्तिकैमा साविर खान पनि आइपुगे । उनी गाउँका शिक्षक । ईदमा सेवैयाँ बाँड्ने, दसैंमा टीका थाप्ने, तिहारमा दियो बाल्ने र बुद्ध जयन्तीमा लुम्बिनी जाने मानिस । धर्म उनको आस्था थियो, तर मानवता उनको परिचय । साविरले सोधे, ‘आज किन यति गम्भीर ?’

मट्याङ्ग्रोले मोबाइल अगाडि सा¥यो, ‘पूर्वी तराईको समाचार हेर । हिन्दू र मुस्लिम समुदायबीच तनाव भएको छ । भिडियोभन्दा छिटो अफवाह फैलिएको छ । मानिसभन्दा पहिले घृणा दौडिरहेको छ ।’तीनै जना केहीबेर मौन भए । त्यो मौनतामा नेपाल रोइरहेको थियो । बैरी बौद्ध परिवारमा जन्मेका थिए । उनले बिस्तारै भने, ‘बुद्धले त रिसलाई पानीले आगो निभाएझैँ निभाउन सिकाउनुभयो । अहिले मानिसहरू आगोमा पेट्रोल थप्न व्यस्त छन् ।’ मट्याङ्ग्रोले थप्यो, ‘रामले पनि सत्य र मर्यादा सिकाए । पैगम्बर मुहम्मदले पनि दया र न्याय सिकाउनुभयो । बुद्धले करुणा सिकाउनुभयो । तर हामीले धर्मबाट प्रेम होइन, राजनीतिक नारा सिक्यौं ।’

साविर मुस्कुराए ।‘धर्म बदलिएको छैन, हाम्रो नियत बदलिएको हो ।’  चिया पसलको मालिकले युट्युवको भिडियोलाई साउण्ड वक्समा जोडेर आवाज ठूलो बनाएर सुनिरहेका थिए । कसैले चिच्याइरहेको थियो, ‘देश खतरामा छ ।’अर्कोले भन्यो, ‘यो हाम्रो अस्तित्वको लडाइँ हो ।’  मट्याङ्ग्रो जुरुक्क उठेर पसलमा राखेको साउण्ड बक्सको आवाज नै बन्द गरिदियो । ‘अस्तित्वको लडाइँ होइन, अस्तित्व बेच्नेहरूको व्यापार हो ।’ बैरीले हाँस्दै भने, ‘पहिले गाउँमा कसैले धर्म सोधेर पानी पिउँदैनथ्यो । अहिले फेसबुकमा पहिला धर्म सोध्छ, अनिमात्रै साथी बनाउँछ ।’

Ncell
Hardik health

साविरले सम्झिए, ‘मेरो हजुरबुबा भन्नुहुन्थ्यो, छिमेकीको दुःखमा धर्म होइन, काँध चाहिन्छ ।’मट्याङ्ग्रोले थपे, ‘अहिले काँधभन्दा क्यामरा धेरै पुगेको छ । कसैको घर जल्दा बाल्टिनभन्दा मोबाइल पहिला पुग्छ ।’ तीनै जना पुराना दिन सम्झिन थाले । दसैंमा साविरको घरबाट जमरा लिन हिन्दू साथीहरू जान्थे । ईदमा मट्याङ्ग्रो सेवैयाँ खान पहिलो पाहुना हुन्थे । बुद्ध जयन्तीमा बैरीले आयोजना गरेको शान्ति पदयात्रामा सबै धर्मका मानिस हिँड्थे । छठ आउँदा गाउँभरिका हिन्दू, मुस्लिम, बौद्ध, किराँत सबै मिलेर घाट सफा गर्थे । त्यो बेला कसैले सोध्दैनथ्यो, तिमी कुन धर्मको ?

बरू सोधिन्थ्यो, खाना खायौ ?मट्याङ्ग्रोले लामो सास फे¥यो । आज समस्या धर्म होइन । समस्या अफवाह हो । समस्या राजनीतिक स्वार्थ हो । समस्या त्यो मानसिकता हो जसले मानिसलाई पहिले हिन्दू, मुस्लिम, बौद्ध देख्छ, नेपाली देख्दैन । बैरीले चिया सर्काउँदै भने, ‘महँगीले हिन्दू र मुस्लिम छुट्याएको छैन । बेरोजगारीले बौद्ध र हिन्दू छुट्याएको छैन । अस्पतालको लाइनमा सबै बराबर छन् ।’

साविरले थपे, ‘बाढी आउँदा नदीले नागरिकताको रङ हेर्दैन । आगलागी हुँदा आगोले मन्दिर र मस्जिद छुट्याउँदैन ।’ त्यत्तिकैमा एउटा युवक आयो । उसले भन्यो, ‘दाइ, फेसबुकमा लेखेको छ, उनीहरूले यस्तो गरे रे !’ मट्याङ्ग्रोले सोध्यो, ‘तिमीले आफ्नै आँखाले देख्यौ ?’ छैन ।  ‘पक्का प्रमाण छ ?,’ फेरि सोध्यो । छैन । ‘अनि किन विश्वास ग¥यौ ?,’ मट्याङ्ग्राले युवकलाई भन्यो । युवक चुपचाप बस्यो ।   मट्याङ्ग्रोले मुस्कुराउँदै भन्यो, ‘आजकल मानिसहरू सत्यलाई प्रमाण चाहिन्छ भन्छन्, तर अफवाहलाई विश्वास गर्न एक सेकेन्ड पनि लाग्दैन । मोबाइल भएका सबै पत्रकार भए । के देखाउने, के नदेखाउने भन्ने त कुरै छाडौं । सबलाई ‘भाइरल’ बनाउन मन छ ।

बैरीले मुख खोल्यो, ‘सरकारको काम के हो ?’मट्याङ्ग्रोले उत्तर दिए, ‘घटना भएपछि विज्ञप्ति निकाल्ने ।’साविरले थपे, ‘अनि अर्को दिन समिति बनाउने ।’बैरी हाँस्यो, ‘त्यसपछि समितिले अर्को समिति बनाउने ।’तीनै जना हाँसे ।  मट्याङ्ग्रोले गम्भीर हुँदै हातमा भएको मोबाइलमा फेसबुक खोल्यो र लेख्यो- ‘सरकार, सत्तामा बसेर रमिते नबन । जब समाजमा अविश्वास फैलिन्छ, राज्य मौन बस्न मिल्दैन । घृणा फैलाउनेलाई कानुनको दायरामा ल्याऊ । अफवाहभन्दा सत्य छिटो पु¥याऊ । विद्यालयमा सहिष्णुता पढाऊ । सामुदायिक संवाद बढाऊ । हामीलाई फेरि एकअर्काको चाड मनाउन सिकाऊ ।’

उसले पोस्ट ग¥यो । मट्याङ्ग्रोले फेसबुकमा पोस्ट गरेपछि साविरले भने, ‘मस्जिदबाट शान्तिको सन्देश जाओस् । ’बैरीले थप्यो, ‘गुम्बाबाट करुणाको आवाज आओस् ।’ मट्याङ्ग्रोले भने, ‘सरकारले घण्टी बजाओस् कि नबजाओस् तर मन्दिरबाट सहिष्णुताको घण्टी बजोस् । नेताहरूलाई चुनाव आउँदा जनता चाहिन्छ । चुनाव सकिएपछि जनता धर्ममा बाँडिए पनि केही फरक पर्दैनजस्तो व्यवहार देखिन्छ ।’ बैरीले थपे, ‘हामीलाई भोट बैंक नबनाऊ, विश्वासको बैंक बनाऊ ।’ साविरले भने, ‘राजनीतिक रोटी सेक्न समाजको आगो प्रयोग गर्नेहरू देशका मित्र हुन सक्दैनन् ।’ मट्याङ्ग्रोको पोस्टमा बैरी र साविरले थपे । अरु थपिँदै गए ।  त्यतिबेला चिया पसलमा एउटा सानो बालक आयो ।

उसले तीनवटै कप उठाएर भन्यो, ‘काका, कप छुट्याऊँ कि एउटै ट्रेमा राखिदिऊँ ?’ मट्याङ्ग्रो मुस्कुराए, ‘एउटै ट्रेमा राख बाबु ।’
बालकले फेरि सोध्यो, ‘किन ?’ साविरले उत्तर दिए, ‘किनकि चिया फरक कपमा पिइन्छ, तर मिठास एउटै हुन्छ ।’ बैरीले थपे, ‘धर्म फरक हुन सक्छ, तर देश एउटै हुन्छ ।’ साउनको महिना पानी परिरहेको थियो । मट्याङ्ग्रोले अलि ठूलै छाता बोक्ने गर्दथे । साविरले भने, ‘लौ अब जाऔं ।’ तीनै जना एउटै छातामुनि निस्किए । मट्याङ्ग्रो हिन्दू थिए । बैरी बौद्ध थिए । साविर मुस्लिम । तर वर्षाले उनीहरूको धर्म छुट्याएन । भिजेको माटोको गन्ध एउटै थियो । हावाको स्पर्श एउटै थियो । नेपाल पनि एउटै थियो । हिँड्दै गर्दा मट्याङ्ग्रो फेरि बोले, ‘मलाई बोल्नै मन छैन ।’

बैरीले सोधे, ‘अब किन ?’ ‘किनकि बोल्नुपर्नेहरू धेरै छन्, तर बोलिरहेका कम छन् ।’ साविरले भने, ‘त्यसैले हामी बोल्नुपर्छ, घृणाका लागि होइन, सद्भावका लागि । तिमी सत्य बोल्छौं । सत्य लेख्छौं । होला, तिमीले सत्य लेखेको वा बोलेको कसैलाई मन नपर्न सक्छ तर तिमीले बोल्दिन भन्न पाउँदैनौं ।’  उनीहरु हिँडेको केही समयमा नै पानी रोकियो । उनीहरु सिफलको ओरालोमा रहेको धर्मभक्तको सालिक अघि पुगे । बैरीले भन्यो, ‘यही सालिकमा बसेर एउटा भिडियो सन्देश बनाएर पोस्ट गरौं ।’

सबैले सहमति जनाए । धर्मभक्तको सालिकअघि उभिएर एकैसाथ बोले । ‘हामी हिजो पनि मिलेर बसेका थियौं । आज पनि मिलेरै बसिरहेका छौं । भोलि पनि यही माटो, यही आकाश र नेपालको झण्डामुनि मिलेरै बस्नेछौं । हिन्दू, बौद्ध, मुस्लिम, किराँत, इसाई- हामी सबैभन्दा पहिले नेपाली हौं ।’  एकै पटकमा एउटै स्वरमा भिडियो खिचे र पोस्ट गरे ।  मट्याङ्ग्रोले भने, ‘अब सरकारलाई पनि झकझक्याउने कि ? अर्को पनि खिचौ मन लागे हालौला मन नलागे नहालौला !’

तीनै जना सहमत भए । ‘सरकार, सत्ता चलाउने कुर्सीमा बसेर केवल रमिते नबन । समाजमा देखिएको अविश्वासलाई संवादले मेटाऊ, निष्पक्ष कानुनले न्याय देऊ, विद्यालयदेखि टोलसम्म सहिष्णुताको संस्कार फैलाऊ । नेपाललाई फेरि हिजोकै सामाजिक सद्भावमा फर्काऊ, जहाँ हामी एकअर्काको धर्म, पर्व, संस्कृति र खुसीमा बराबरी सहभागी हुन्थ्यौं । भविष्यमा पनि हुने छौं ।’ बैरीले भन्यो, ‘वाह यो त म पोस्ट गर्छु ।’ मट्याङ्ग्रोले धर्मभक्तका सालिकतर्फ हेर्दै भने, ‘मलाई त बोल्नै मन थिएन ।’  साविरले भन्यो, ‘मात्र न्यायका लागि भन्ने अनि नबोल्ने । तिमी बोल्दा बेथिति हट्छ । तिम्रो मौनताले समाजमा घृणाको आवाज बलियो हुन्छ । त्यसैले पनि तिमीमात्र होइन हामी तीनै जना सद्भावका पक्षमा बोल्नु नै आजको सबैभन्दा ठूलो धर्म हो । जाऊ टोलटोलमा पुगेर यही सन्देश बाँडौं ।’ तीनै जना धर्मभक्तको सालिकलाई घुमेर उकालो लाग्छन् । 
 


प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३  ११:५८
प्रतिक्रिया दिनुहोस्
थप विचार
एसियाली खेलकुदमा स्वर्ण पदकको प्रतीक्षा
एसियाली खेलकुदमा स्वर्ण पदकको प्रतीक्षा शनिबार, असोज ३, २०८३
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार ! शुक्रबार, असोज २, २०८३
बदलिँदो विश्व व्यापारमा नेपालको रणनीति
बदलिँदो विश्व व्यापारमा नेपालको रणनीति शुक्रबार, असोज २, २०८३
पर्यटन उद्योग विकासको मार्गचित्र
पर्यटन उद्योग विकासको मार्गचित्र बिहीबार, असोज १, २०८३
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश बुधबार, भदौ ३१, २०८३
घर बगेकालाई मात्र होइन, आधार गुमाएकालाई पनि राहत
घर बगेकालाई मात्र होइन, आधार गुमाएकालाई पनि राहत मंगलबार, भदौ ३०, २०८३
नेपालले पाउनुपर्ने जलवायु न्याय
नेपालले पाउनुपर्ने जलवायु न्याय आइतबार, भदौ २८, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP