Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
राजनीति
  • Home
  • राजनीति
  • शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
विभाजनको संघारमा कांग्रेस शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन १८, २०८३
  • सभापतिमा डा. शेखर कोइरालालाई अघि सारे पनि उनको सहमतिमा डा. शशांक कोइरालालाई अघि बढाउनेगरी अघि बढ्यो संस्थापनइतर पक्ष
  • इतरपक्षले पार्टी फुटाउने तयारी गरेपछि संस्थापनले साउन २४ गतेका लागि बोलायो केन्द्रीय समिति बैठकपार्टी फुटबाट रोक्न नैनसिंह महरसहितका युवाले साउन २० गते एकता भेला आयोजना गर्दै

काठमाडौं- नेपाल कांग्रेस विभाजनको संघारमा पुगेको छ । सभापति गगन थापाले एकताको कुनै छनक नदिएको भन्दै संस्थापनइतर पक्षले समानान्तर समिति बनाउने तयारी गरेको छ । पूर्वसभापति शेरबहादुर देउवाको साथ लिएर इतरपक्षले नयाँ कार्यसमिति गठनको तयारी गरेको हो ।

नयाँ कार्यसमितिको नेतृत्वमा डा. शशांक कोइरालालाई अघि बढाउनेगरी इतरपक्ष अघि बढेको छ । सुरूमा डा. शेखर कोइरालालाई अघि सारे पनि उनको सहमतिमा शशांकलाई अघि बढाउन लागिएको बताइएको छ । शनिबारमात्र इतरपक्षले शशांकको कमाण्डमा राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ । 

कूल ५५१ सदस्यीय समितिमा १४औं महाधिवेशनका अधिकांश पदाधिकारी सदस्य रहेका छन् । शशांकको निजी सचिवालयका अनुसार साउन २९ गतेको राष्ट्रिय भेलासम्ममा गगन नेतृत्वले सहमतिको खाका नबनाए नयाँ दल जन्मने छ । उक्त दलको नाम राष्ट्रिय कांग्रेस रहने र नेतृत्वमा शशांक रहने उनको निजी सचिवालय स्रोतले बतायो । ‘नेताहरुले उहाँलाई प्रस्ताव गर्नुभएको हो । बृहत् एकता नभए उहाँ नेतृत्वका लागि राजी हुनुहुन्छ,’ उनको सचिवालयले भन्यो ।

शनिबार भेला आयोजक समिति गठनबारे जानकारी दिन चुनदेवीस्थित सम्पर्क कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा शशांकले आफूलाई शेखरको साथ रहेको दाबी गरे । उक्त कार्यक्रममा शेखरको अनुपस्थितिपछि सञ्चारकर्मीले सोधेको प्रश्नमा शशांकले भने, ‘शेखर दाइसँग मैले पटक–पटक अनुरोध गरेँ । तर उहाँ व्यस्त भएकोले आउनुभएन । मेरो सहमति छ भन्नुभएको छ ।’

Hardik health

कांग्रेस संस्थापनइतरको युवा समूहले भने पछिल्लो परिस्थितिअनुसारको युवा नेतृत्व चाहिने माग अघि सारेको छ । यसका लागि सभापतिमा एनपी साउद तयार रहेको देउवापक्षकै नेताहरु बताउँछन् । ‘पूर्वसभापति शेरबहादुर देउवा एनपी साउद दाइलाई सभापति दिन तयार हुनुभएको छ । युवा नै नेतृत्व बन्ने ट्रेन्ड रहेकोले साउद सभापतिका लागि योग्य पात्र हुन्,’ देउवानिकट एक नेताले भने ।

साउद नेतृत्व सम्हाल्न तयार रहेको उनी निकट नेताहरु बताउँछन् । देउवा समूहका साउद पछिल्लो समय शेखर समूहमा सक्रिय थिए । इतरपक्षमा प्रचार विभागको जिम्मेवारी पाएका नेता मिन विश्वकर्माका अनुसार राष्ट्रिय भेलामा पूर्वसभापति देउवा पनि आइपुग्ने छन् । उनको संरक्षकत्वमा नयाँ पार्टी घोषणा हुने र पार्टीको चिह्न शंख राख्नेगरी सहमतिको खाका तयार रहेको नेताहरु बताउँछन् । संस्थापनइतरले भेलामा आफूपक्षका महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरु डाक्ने भएको छ ।

साउन ५ गते एक वक्तव्य जारी गरी देउवाले छिट्टै नेपाल फर्कने बताएका थिए । इतर समूहले राष्ट्रिय भेलालाई सफल बनाउन देशभर १६५ वटा निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ । संस्थापन पेलेरै जाने देखेपछि पूर्वउपसभापति खड्काको नेतृत्वमा देउवापक्ष र शेखरपक्ष संघर्षमा उत्रेका हुन् । 

राष्ट्रिय भेला संयोजनको जिम्मेवारी प्रकाशमान सिंहले पाएका थिए । विशेष महाधिवेशनबाट सभापति बनेका गगनलाई देउवापक्षका नेताहरुले केन्द्रीय समितिमा अटाउन यसअघि पाँच बुँदे प्रस्ताव अघि सारेका थिए । देउवा समूहको अगुवाइ पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरिरहेका छन् । 

इतरपक्षले पार्टी फुटाउने तयारी गरेपछि संस्थापनले साउन २४ गतेका लागि केन्द्रीय समिति बैठक डाकेको छ । गगन नेतृत्वको कांग्रेसले असोज १६ गते महाधिवेशन गर्ने तयारी गरेको छ । यसअघि संस्थापनइतरले बृहत् एकता खोजेका छन् ।

 

एकताका लागि महरको प्रयास

press-meet-1785736289.jpg

कांग्रेस फुटतिर जाने संकेत पाएपछि निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरले यसलाई रोक्न बुधबार एकता भेला गर्ने भएका छन् । आफूसहित ३५ जना निवर्तमान केन्द्रीय सदस्यलाई पार्टीको केन्द्रीय सदस्य घटाएर भए पनि एकता गर्न महरले चाहेको बताएका छन् ।

आइतबार ‘देश र कांग्रेस जोड्ने अभियान’ बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले १४औं महाधिवेशनबाट केन्द्रीय सदस्य रहेका तर विशेष महाधिवेशनबाट आएको कार्यसमितिभन्दा बाहिर रहेका १११ जनामध्ये ३५ जना केन्द्रीय सदस्य नबनेर पार्टी एकताका लागि तयार रहेको बताएका छन् । ‘हामी ३५ जना केन्द्रीय सदस्य नबसेर बरू पार्टी एकताकापक्षमा उभिन्छौं, बाँकीलाई सभापतिजीले मिलाउनुस्,’ गगनतिर इंगित गर्दै महरले भने । 

कांग्रेसको संस्थापनइतरपक्षले विशेष महाधिवेशनबाट आएको कार्यसमितिमा १४औं महाधिवेशनका १११ जना केन्द्रीय सदस्य समाहित गराउन माग गरिरहेको छ । काठमाडौंको सुकेधारामा हुने एकता भेलामा संस्थापन र इतरपक्षका पदाधिकारीलाई एकै मञ्चमा उभ्याउने उनले बताए । 
 


प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  ११:३७
#नेपाल कांग्रेस #डा. शशांक कोइराला
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाको केन्द्रीय समिति बैठक शुक्रबार बस्ने
रास्वपाको केन्द्रीय समिति बैठक शुक्रबार बस्ने मंगलबार, भदौ २, २०८३
देउवा समूह पश्चगमनतिर, हिन्दूराष्ट्रको कित्तामा उभियो
देउवा समूह पश्चगमनतिर, हिन्दूराष्ट्रको कित्तामा उभियो सोमबार, भदौ १, २०८३
नेपाली कांग्रेस, बागमती प्रदेश संसदीय दलको बैठक आज
नेपाली कांग्रेस, बागमती प्रदेश संसदीय दलको बैठक आज सोमबार, भदौ १, २०८३
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा आइतबार, साउन ३१, २०८३
न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा आइतबार, साउन ३१, २०८३
राजनीतिक संस्कार नै बदल्ने देउवापक्षको प्रस्ताव
राजनीतिक संस्कार नै बदल्ने देउवापक्षको प्रस्ताव आइतबार, साउन ३१, २०८३
कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु
कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP