Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #माएदा तोरु
  • #सुनिल लम्साल
  • #जाइका
Search Here
समाचार
  • Home
  • समाचार
  • ब्रोड पिकमा निभ्यो साहसको दीप
ब्रोड पिकमा निभ्यो साहसको दीप
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन १७, २०८३
  • हिमपहिरोमा बेपत्ता भएको दुई दिनपछि सबै आरोहीको निधन पुष्टि
  • हिमपहिरोले आरोहीलाई करिब ८०० मिटर तल बगाएको उद्धार टोलीको भनाइ 
  • छ महिना छ दिनमै १४ हिमाल चढेर विश्वकीर्तिमान बनाएका थिए निम्स दाइले 
  • ब्रोड पिकमा नयाँ विश्वकीर्तिमान बनाउने लक्ष्य अधुरै
  • निम्स दाइ बेलायती विशेष फौजबाट फर्किएर विश्वप्रसिद्ध पर्वतारोही बने
  • विश्वकीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित नेपाली आरोहीहरु पुरबहादुर गुरुङ (युक्त), निमा शेर्पा, किलीपेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङथिन्डु शेर्पाको निधन । 
  • विदेशी आरोहीहरु सोहेल शाखी (पाकिस्तान), वाङ झोङ (चीन), नादिरा अहमद (ओमान) र म्यालोरी गेइस (अमेरिका) को पनि गयो ज्यान

काठमाडौं- ‘ब्रोड पिक ! म तिमीसँग एउटामात्र कुरा माग्छु । मलाई सुरक्षितरूपमा माथि पुग्न देऊ । अनि फेरि सुरक्षितरूपमा फर्किन देऊ ।’ विश्वकीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ले पाकिस्तानको ‘ब्रोड पिक’ आरोहणमा निस्किनुअघि सामाजिक सञ्जालमा लेखेको यो सन्देश अहिले लाखौं मानिसको मनमा छाएको छ । सुरक्षित फर्किने उनको प्रार्थना पूरा हुन सकेन ।

पाकिस्तानको काराकोरम हिमशृंखला क्षेत्रमा रहेको आठ हजार ५१ मिटर अग्लो ब्रोड पिकमा गएको भीषण हिमपहिरोले निम्स दाइसहित छ जना नेपाली र चार जना विदेशीगरी १० जना आरोहीको ज्यान लियो । साहसको अर्को इतिहास लेख्न हिँडेका निम्स दाइ अन्ततः हिमालकै काखमा सधैंका लागि बिलाए । बिहीबार ब्रोड पिकमा हिमपहिरो गएको थियो । त्यसबेला निर्मल पुर्जाको एलिट एक्सपिडिसन, सेभेन समिट ट्रेक्स र इम्याजिन नेपालसँग आबद्ध टोली हिमालको माथिल्लो भागमा थियो । हिमपहिरोले सबैलाई बगायो । उनीहरू सम्पर्कविहीन भए ।

balen-1785670118.jpg
निर्मल पुर्जा (निम्स दाइ)लगायत सम्पूर्ण दिवंगत आरोहीहरूको भौतिक यात्रामात्रै रोकिएको हो, उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैं प्रेरणायुक्त र जीवित रहिरहने छ ।
वालेन्द्र शाह 
प्रधानमन्त्री

दुई दिनसम्म परिवार, साथीभाइ र विश्वभरका आरोहीले चमत्कारको आशा गरेका थिए । उद्धार टोली मौसम खुल्ने प्रतीक्षामा थियो । तर, शनिबार त्यो आशा पनि समाप्त भयो । निम्स दाइ फाउन्डेसन र एलिट एक्सपिडिसनले सामाजिक सञ्जालमार्फत निम्स दाइसहित सबै १० जना आरोहीको निधन भएको पुष्टि गरे । यस दुर्घटनामा छ जना नेपालीले ज्यान गुमाए । जसमा निर्मल पुर्जा, पुरबहादुर गुरुङ ‘युक्त’, निमा शेर्पा, किलीपेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङथिन्डु शेर्पा छन् । उनीहरूसँगै पाकिस्तानका सोहेल शाखी, चीनका वाङ झोङ, ओमानकी नादिरा अहमद र अमेरिकाकी म्यालोरी गेइसको पनि निधन भयो ।

Hardik health

हिमपहिरोले उनीहरूलाई करिब छ हजार मिटरभन्दा माथि उचाइबाट झण्डै ८०० मिटर तलसम्म बगाएको बताइएको छ । खराब मौसमका कारण तत्काल उद्धार गर्न सकिएको थिएन । शुक्रबार चार जनाको शव फेला परेको थियो । बाँकीको शनिबार शव फेला परेसँगै अन्ततः कोही पनि जीवित नरहेको पुष्टि भयो । निम्स दाइ नेपाली पर्वतारोहणको एउटा युग थिए । उनले सन् २०१९ मा संसारका आठ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल केवल छ महिना छ दिनमै आरोहण गरेर विश्वकीर्तिमान बनाए । त्यति छोटो समयमा १४ वटा हिमाल आरोहण गर्नुलाई सबैले असम्भव भनेका थिए । तर, उनले त्यसलाई सम्भव बनाए । त्यसैले उनले आफ्नो अभियानको नाम नै ‘प्रोजेक्ट पोसिबल’ राखेका थिए ।

ब्रोड पिक उनको अर्को महत्‍वपूर्ण अभियान थियो । उनले यसअघि नै पाकिस्तानको ग्यासरब्रुम–२ सफलतापूर्वक आरोहण गरिसकेका थिए । त्यो उनको ५७औं पटकको आठ हजार मिटरभन्दा अग्लो हिमाल आरोहण थियो । यसपटक ब्रोड पिक सफल भएको भए चोयुबाहेक सबै १४ वटा आठ हजार मिटरभन्दा माथिका हिमाल दुईपटक विनाअक्सिजन आरोहण गर्ने नयाँ विश्वकीर्तिमान पनि उनको नाममा हुने निश्चित थियो । तर, उनले स्टाटसमै अर्को महत्‍वपूर्ण कुरा पनि लेखेका थिए । उनले कुनै पनि हिमाललाई हल्का रूपमा नलिने बताएका थिए । बेसक्याम्पबाट पहिलो पाइला चालेपछि आफ्नो सम्पूर्ण ध्यान र समर्पण अभियानमै रहने उनको भनाइ थियो । हिमालप्रति सम्मान नै सफल आरोहणको आधार भएको उनी सधैं बताउँथे ।

म्याग्दीमा जन्मिएका निम्स दाइ चितवनमा हुर्किएका थिए । उनको पहिलो सपना हिमाल चढ्ने थिएन । उनी आफ्ना बुबा र दाजुभाइजस्तै बेलायती गोरखा सैनिक बन्न चाहन्थे । सन् २००३ मा उनी गोरखा सैनिकमा भर्ती भए । पछि उनी बेलायती सेनाको ‘स्पेसल बोट सर्भिस’मा पुग्ने पहिलो गोरखा सैनिक बने । त्यहाँ उनले करिब १० वर्ष सेवा गरे । कठिन परिस्थितिमा काम गर्ने क्षमता, अनुशासन र नेतृत्व उनले त्यहीँ सिके । सन् २०१२ मा पहिलोपटक सगरमाथा आधार शिविर पुगेपछि उनको जीवनको दिशा बदलियो । त्यही यात्राले हिमालप्रतिको मोह बढायो । त्यसपछि उनले लोबुचे इस्ट हिमाल आरोहण गरे । त्यहीँबाट उनको आरोहण यात्रा सुरु भयो ।

केही वर्षपछि उनले आकर्षक सैनिक जागिर छाडे । पूर्णरूपमा हिमाललाई जीवन बनाए । उनी कीर्तिमानमात्रै बनाउन चाहँदैनथे । संकटमा परेका आरोहीको उद्धारमा पनि उनी उत्तिकै सक्रिय थिए । हिमालमा धेरै उद्धार अभियान उनले सफलतापूर्वक सञ्चालन गरेका थिए । सन् २०२१ मा केटु हिमाल पहिलोपटक हिउँदमा सफलतापूर्वक आरोहण गर्ने १० नेपाली टोलीको नेतृत्वमा पनि उनी थिए । त्यो उपलब्धिले नेपाली पर्वतारोहणलाई विश्वभर नयाँ उचाइमा पुर्‍याएको थियो । उनको योगदानका लागि बेलायती महारानी एलिजाबेथ द्वितीयले एमबिई सम्मान प्रदान गरेकी थिइन् । उनले सगरमाथाबाट स्काई डाइभ गरेर साहसिक पर्यटनको प्रचारसमेत गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा कीर्तिमानी आरोही मिङ्माडेभिड शेर्पासँग निम्स दाइको लामो सहकार्य थियो । उनीहरू सँगै धेरै कीर्तिमानी अभियानमा सहभागी भएका थिए । शेर्पाका अनुसार निम्स दाइमा एउटा विशेष गुण थियो, उनले सोचेको काम पूरा नगरी कहिल्यै नछोड्ने । पाकिस्तानका हिमाल नेपाली शेर्पाहरूको दोस्रो मुख्य कार्यक्षेत्र मानिन्छ । विश्वका १४ वटा आठ हजार मिटर अग्ला हिमालमध्ये पाँचवटा पाकिस्तानमै छन् । त्यसैले हरेक वर्ष ठूलो संख्यामा नेपाली गाइड र शेर्पाहरू त्यहाँ पुग्ने गर्छन् । तर, यसपटक दुःखद घटना भयो । सेभेन समिट ट्रेक्सका प्रबन्ध निर्देशक मिङमा शेर्पाले खराब मौसमका कारण सबै शव आधार शिविरमा ल्याउन समय लाग्ने बताएका छन् । 

यहीबीच हिमालले फेरि एउटा ठूलो पाठ दिएको छ । संसारकै उत्कृष्ट तयारी, अनुभव र आत्मविश्वास भएका आरोही पनि प्रकृतिको अगाडि सधैं सुरक्षित हुँदैनन् । तर, निम्स दाइको जीवनको कथा दुर्घटनामा टुंगिँदैन । उनले नेपाली झण्डालाई विश्वका सबै अग्ला हिमालमा गर्वका साथ फहराए । उनले नेपाली पर्वतारोहणलाई नयाँ पहिचान दिए । उनले असम्भव भन्ने शब्दलाई चुनौती दिए । र, उनले संसारलाई एउटा सन्देश दिए–सपना ठूलो देख्नुपर्छ, त्यसका लागि साहस पनि त्यत्तिकै ठूलो हुनुपर्छ । सुरक्षित फर्किने उनको अन्तिम प्रार्थना पूरा भएन । तर, उनले बनाएको इतिहास, उनले छाडेको प्रेरणा र उनले देखाएको साहस भने संसारभरका हिमालप्रेमीको मनमा सधैं सुरक्षित रहने छ । 

यस्तै, पुर्जासहितका पर्वतारोहीहरूको निधनको खबरपछि नेपालमात्र होइन, विश्वभरबाट श्रद्धाञ्जलीको ओइरो लागेको छ । प्रधानमन्त्री वालेन्द्र शाहले निम्स दाइसहित सबै दिवंगत आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले उनीहरूको साहस, समर्पण र योगदान सधैं जीवित रहने बताएका छन् । ‘निर्मल पुर्जा (निम्स दाइ)लगायत सम्पूर्ण दिवंगत आरोहीहरूको भौतिक यात्रामात्रै रोकिएको हो, उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैं प्रेरणायुक्त र जीवित रहिरहने छ,’ उनले भने ।

पुर्जा मुस्ताङ हेलिकोप्टरका मालिक पनि हुन् । उनको निधनप्रति वायुसेवा सञ्चालक संघले गहिरो दुःख व्यक्त गरेको छ । संघले शनिबार विज्ञप्ति जारी गर्दै ब्रोड पिक हिमाल आरोहणका क्रममा गएको हिमपहिरोमा निम्स दाइको निधनले सम्पूर्ण मुलुकलाई स्तब्ध बनाएको जनाएको छ ।संघले विज्ञप्तिमा भनेको छ, ‘हिमाल आरोहणका पुराना मान्यताहरूलाई तोड्दै नेपालको नाम विश्वको सर्वोेच्च शिखरमा पुर्‍याउने सफल व्यक्तिको दुःखद निधनले आज हामी सबैलाई स्तब्ध बनाएको छ ।’ म्याग्दीको दाना गाउँमा जन्मिएका निम्स दाइले आफ्नो साहस, अनुशासन र मेहनतका कारण विश्व पर्वतारोहणमा नेपालको छुट्टै पहिचान स्थापित गरेको संघको विज्ञप्तिमा उल्लेख छ ।
 


प्रकाशित मिति: आइतबार, साउन १७, २०८३  १७:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी आइतबार, साउन १७, २०८३
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार आइतबार, साउन १७, २०८३
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी आइतबार, साउन १७, २०८३
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा आइतबार, साउन १७, २०८३
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त आइतबार, साउन १७, २०८३
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP