Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • रोजगार गुमाएर फर्केकालाई जनप्रतिनिधिको साथ
रोजगार गुमाएर फर्केकालाई जनप्रतिनिधिको साथ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ २१, २०७७
Hardik health
काठमाडौं– नोबेल कोरोना भाइरस (कोभिड–१९) का कारण विदेशमा रोजगार गुमाएर फर्केकाहरूलाई स्थानीय जनप्रतिनिधिले स्वरोजगार सिर्जना गर्न पूर्ण साथ दिने बताएका छन् । शुक्रबार नेसनल फर सेभ प्रोग्रामले आयोजना गरेको ‘भर्चुअल’ कार्यक्रममा सहभागी बनेका स्थानीय तहका जनप्रतिनिधिहरूले कोभिड–१९ का कारण विदेशमा रोजगार गुमाएर फर्किएकाहरूलाई स्थानीय तहमै स्वरोजगार सिर्जना गर्न साथ दिने बताए । कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले यस आर्थिक वर्षको बजेटमा युवा स्वरोजगार कार्यक्रम नै समेटर विदेशबाट फर्किएर आएका र यही रहेकाहरूलाई रोजगारी दिन लागिएको बताएका छन् । विशेषतः नेपाल कृषि प्रधान देश भएको बताउँदै बाजो जमिनमा अन्नबाली उत्पादन गर्नमा विशेष जोड दिइने जनप्रतिनिधिहरूले बताए । झापा गौरादह नगरपालिकाकी उपप्रमुख गीता भेटवालले विदेशमा कोभिड–१९ का कारण रोजगार गुमाएर फर्किएकाहरूलाई स्वरोजगार सिर्जना गर्न नगरपालिको बजेट नै विनियोजन गरेको बताइन् । उनका अनुसार मेयर÷उपमेयर रोजगार कार्यक्रम नै भनेर यस वर्ष युवालाई स्वरोजगार बनाउन बजेट छुट्टयाइएको छ । ‘प्रधानमन्त्री रोजगार कार्यक्रमभन्दा छुट्टै कार्यक्रम बनाएर हामी स्वरोजगार सिर्जना गर्न अघि बढेका छौँ, अब विदेशबाट फर्किएकाहरूलाई यहीँ स्वरोजगार बनाउने हाम्रो पहिलो उद्देश्य हो,’ उनले भनिन्, ‘आइतबारदेखि नै श्रम रोजगार शाखाले यस कार्यक्रममार्फत स्वरोजगार सिर्जना गर्न फाराम आवेदन खुला गरेको छ ।’ बग्नासथली गाउँपालिका पाल्पाका अध्यक्ष कृष्णप्रसाद बस्याल रोजगार गुमाएर फर्किएकाहरूलाई स्वरोजगा सिर्जना गर्न कृषि र पशु पालनमा जोड दिइएको बताएका छन् । नगरपालिकाबाट रोजगारीका लागि भारतलगायत तेस्रो मुलुकमा ३ सय रहेको बताउँदै कोभिड–१९ का कारण ५ सयभन्दा बढी फर्किएको पनि उनले बताए । उनका अनुसार फर्किएकाहरूलाई गाउँमै स्वरोजगार बनाइनेछ । ‘फर्किएका कोही अब विदेश जानु पर्दैन । कृषि र पशु पालन गरेर स्वरोजगार सिर्जना गराउन नगरपालिका अघि बढेको छ । र, यसका लागि बजेट बिनियोजन गरिएको छ,’ उनले भने । त्यस्तै, प्रत्येक वडामा भएका बाजो जमिन पहिचान गरेर फर्केकालाई सुन्तला र कागती खेतीमा पनि प्रोत्साहन गरिएको उनले बताएका छन् । उनका अनुसार यसका लागि विदेशबा फर्किएकाहरूको सर्टिफिकेटका आधारमा बिनाधितो कर्जा व्यवस्था गरिएको छ । साथै, बजार र ढुवानीको व्यवस्थातर्फ नगरपालिका अघि बढेको पनि उनले बताए । पूर्वी चौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बेरोजगारी अन्त्य गर्नका लागि कृषिलाई मुख्य प्राथमिकतामा राखिएको बताएका छन् । यसका लागि अध्यक्ष कृषि पुरस्कार नै व्यवस्था गरिएको उनले बताए । उनले भने, ‘बेरोजगारी कसैले प्रपोजल पेस गरेको खण्डमा गाउँपालिकाले बजेट उपलब्ध गराउने छ । अबको भविष्य कृषि नै हो र कृषिमार्फत नै स्वरोजगार सिर्जना गर्न नगरपालिका अघि बढेको छ ।’ उनका अनुसार गाउँपालिकाले डोको, नाङ्लो, डालोलगायत बुनेर वार्षिक ५० हजार बिक्रि गर्नेलाई पुरस्कारसहित प्रशंसा पत्र समेत प्रदान गर्ने कार्यक्रम पनि ल्याएको छ । यस्तै, फेदीखोला गाउपालिका स्याङजाका अध्यक्ष घनश्याम सुवेदीले गाउ“पालिकाबाट १ हजार १ सय ५६ जना वैदेशिक रोजगारीमा रहेको बताउदै फर्केर आएकाहरूलाई नगरपालिकाले स्वरोजगार बनाउने बताएका छन् । उनका अनुसार नगरपालिकामा १ हजार २४ बेरोजगारीमा रहेको तथ्यांक रहेको र अब सबैलाई स्वरोजगार बनाइनेछ । निर्वाचनबाट निर्वाचित भएर आएपछि युवा उद्यम कार्यक्रम निर्माण गरिएको पनि उनले बताएका छन् । साथै, उक्त कार्यक्रमले समूहमा काम गर्न चाहनेलाई ५ देखि १० लाख सम्म लगानी गर्ने उनले बताए । उनका अनुसार हालसम्म ८० समूहलाई लगानी गरिसकिएको छ । प्रत्येक वर्ष २ सय जनालाई रोजगारी दिलाइरहेको पनि उनले बताएका छन् । नगरपालिकाभित्र ४ हजार रोपानीभन्दा बढी खेतीयोग्य जमिन खेर गएको र यस वर्ष २ हजार रोपनी जग्गालाई कृषियोग्य बनाउने योजना बनाइएको उनले बताए । हरिवन नगरपालिकाका नगरप्रमुख गणेश प्रसाईले वैदेशिक रोजगारबाट फर्किएकाहरूलाई पुनः विदेश नगई स्थानीय तहमै रोजगारको सिर्जना गर्न कार्यनीति नै बनाइएको बताएका छन् । उनले भने, ‘कम्तीमा ३ सय युवाहरूलाई दीगो रोजगारी सिर्जना गर्ने अभियानमा छौ“ । खाली जग्गा जमिनलाई खेर नफाल्न नगरपालिकाले विशेष कार्ययोजना बनाएको छ । र, फलफूल, कुखुरा, मौरी पालन गर्न चाहनेलाई नगरपालिका नै जमानी बसेर बैंकबाट १० लाखसम्म कर्जा उपलब्ध गराइनेछ ।’ यस्तै, धोर्चे गाउँपालिका गोर्खाका अध्यक्ष सन्तबहादुर गुरुङले १८ हजार ७ सय २४ जनसंख्या रहेको गाउँपालिकाले कोभिड–१९ का कारण रोजगार गुमाएर फर्किएकाहरूलाई उनीहरूको सीप, क्षमताअनुसार पूर्णरूपमा स्वरोजगार बनाइने बताएका छन् । यसका लागि उनीहरूले गाउँपालिकासमक्ष प्रस्तावना पेस गर्नुपर्ने उनले बताए । धोर्चे पर्यटकीय गाउँपालिका रहेकाले यस्लाई पर्यटकीय क्षेत्रमा ‘ब्रान्ड’ नै बनाउन लागि परेको उनले बताएका छन् । हाल विभिन्न महिला÷पुरुषलाई ट्रेकिङ गाइडको काम दिइरहेको पनि उनले बताए , उनले भनिन्, ‘कृषि, बाख्रा पालन, भैँसी पालन, माछा पालन, सेती नदीमा ¥याफ्टिङ, बाजो जमिनलाई उर्वर बनाउनमा नगरपालिकाले कर्जा उपलब्ध गराउने छ । र, बजार व्यवस्थापनका लागि नगरपालिकाले छुट्टै रणनीतिका अपनाएर अघि बढिएको छ ।’ पुनर्बास नगरपालिका कञ्चनपुर नगरप्रमुख जीवनराज थापाले सबैका लागि कृषि नै उत्तम पेसा भएकाले यसतर्फ अघि विदेशबाट फर्किएकाहरूलाई कृषि तालिम दिने व्यवस्था गरिएको बताएका छन् । भारतसँग सीमा जोडिएको नगरपालिकामा १४ हजार मध्ये १० हजार फर्किन बाँकी रहेको बताउँदै फर्किइसकेकाहरूलाई कृषिमै स्वरोजगार बनाइने उनले बताए । त्यस्तै, सिलाइ कटाई, सिकर्मी, डकर्मीको सीप भएकाहरूलाई पनि विशेष प्राथमिकतामा राखिएको उनले बताएका छन् । उनका अनुसार यस वर्ष २ करोड बजेट विनियोजन गरिएकोमध्ये आधुनिक खेती, कुखुरा पालन, बाख्रा पालन, केरा खेती, सिंचाइलगायतमा लगानी गर्ने गरिनेछ । कार्यक्रमलाई विशेष सम्बोधन गर्दै वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले नगरपालिकाका नवीन सोचसहितको कार्यक्रमले विदेशबाट फर्किएकाहरूलाई राहत मिल्ने धारणा व्यक्त गरेका छन् । बोर्ड अप्रत्यक्ष रूपमा सबै नगरपालिकासग जोडिएको बताउँदै नगरपालिकाबाट गएकाहरू विदेशमा अंगभंग, मृत्यु भएका परिवारलाई छात्रवृत्ति दिलाउन मात्र नभएर हर समस्यामा साथ दिएको पनि उनले बताए । कार्यकाकारी निर्देशक श्रेष्ठका अनुसार विदेशबाट फर्केकाहरूलाई मानसिक र शारीरिक स्वास्थ्य बनाउनुपर्छ । यी दुईको तादम्य मिलेपछि बल्ल रोजगारीको ढोकाहरू खोल्ने छन् । साथै, पालिकाले रोजगारी दिने होइन स्वरोजगार बनाउनतर्फ उद्यमशिलताको तालिमसँगै दिशानिर्देश हुनुपर्ने पनि उनले बताए । त्यस्तै, श्रमको सम्मान गर्ने वातावरण राजनीतिक तहबाटै गर्नुपर्ने आवश्यक देखिएको पनि उनले बताएका छन् । उनले भने, ‘श्रम सानो ठूलो हुँदैन । यसका लागि अब राजनीतिक तहबाटै यसको आवाज बुलन्द हुनुपर्छ । र, स्वरोजगारतर्फ सरकारमात्र अघि नबढेर स्थानीय सरकार, नागरिक समाज, गैरसरकारी संस्था, मिडिया, सरोकारवाला निकाय सबै मिलेर अघि बढ्नुपर्दछ ।’
प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७  ०६:५८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
पारित भयाे लुम्बिनी प्रदेशको बजेट 
पारित भयाे लुम्बिनी प्रदेशको बजेट  बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
सिटिजन्स बैंकद्वारा थप पाँच शाखाहरू सञ्‍चालनमा
सिटिजन्स बैंकद्वारा थप पाँच शाखाहरू सञ्‍चालनमा बुधबार, असार २०, २०८०
दश अर्बको विकास ऋणपत्र निष्काशन हुँदै
दश अर्बको विकास ऋणपत्र निष्काशन हुँदै बुधबार, असार २०, २०८०
बढ्यो सुनको मूल्य
बढ्यो सुनको मूल्य बुधबार, असार २०, २०८०
लुम्बिनी प्रदेशसभा : बजेटमाथिको छलफल एमालेद्वारा बहिष्कार
लुम्बिनी प्रदेशसभा : बजेटमाथिको छलफल एमालेद्वारा बहिष्कार बुधबार, असार २०, २०८०
दोहोरो अंकले बढ्यो नेप्से
दोहोरो अंकले बढ्यो नेप्से मंगलबार, असार १९, २०८०
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP