चितवन- नारायणगढ-मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खस्दा यातायात आवागमन अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-७ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान पहिरोबाट सडक अवरुद्ध भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार तत्काल पहिरो पन्छाउने काम थालिएको र यो कार्य कम्तीमा दुई घण्टा लाग्ने छ ।