Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #सन्तोष परियार
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल
राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन ६, २०८३
फाइल फाेटाे

जनकपुरधाम- नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वाधिनताको रक्षा गर्न परिवर्तन पक्षधर राजनीतिक शक्तिबीच सहकार्य आवश्यक रहेको बताएका छन् । 

जनकपुरधामस्थित महेन्द्रनारायण निधि प्रतिष्ठानमा आज आयोजित नेकपा मधेस प्रदेशको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा मधेस प्रदेश समितिका पदाधिकारी तथा सदस्यलाई सपथग्रहण गराउँदै  संयोजक दाहालले मुलुकको राष्ट्रिय स्वाधीनता, संविधान र सङ्घीय व्यवस्थामाथि विभिन्न कोणबाट चुनौती थपिँदै गएकाले परिवर्तनका पक्षमा सङ्घर्ष गरेका राजनीतिक दलहरूबीच साझा समझदारी र सहकार्य अपरिहार्य बनेको बताए । 

संयोजक दाहालले भने, “कठिन परिस्थितिको सामना गर्न हिजोका १२ बुँदे सम्झौता गर्नेदेखि संविधासभा र संविधान निर्माण गर्नेसम्म सहकार्य गरेका राजनीतिक दलबीच सहकार्य आवश्यक छ ।” त्यसका लागि वामपन्थी कम्युनिष्ट शक्तिदेखि नेपाली कांग्रेसलगायत दलहरूबीच सहकार्य जरुरी रहेको उनको भनाइ थियो । 

Hardik health

वामपन्थी कम्युनिष्ट घटकहरूबीच ध्रुवीकरण गर्दै एकताको पहल कदमी आफ्नो पार्टीको काँधमा आएको उल्लेख गर्दै संयोजक दाहालले सहकार्यका विषयमा नेकपा (एमाले)सँग पनि प्रयास भइरहेको बताए। 

मधेस प्रदेशमा पार्टीलाई मजबुत बनाउन नसकिए पार्टीको पनि भविष्य राम्रो नबन्ने र मुलुकको पनि भविष्य राम्रो नहुने भएकाले आफ्नो पार्टीले मधेस प्रदेशलाई उच्च प्राथमिकतामा राखेको बताउँदै संयोजक दाहालले आगामी मङ्सीरमा हुने पार्टीको महाधिवेशनबाट ५० प्रतिशत युवालाई पार्टीको विभिन्न कमिटीमा समेटिने योजना बनाएको बताए ।  

विभिन्न वामपन्थी घटकबीचको एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको प्रशिक्षणमा पार्टी संयोजक दाहालसँगै पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेतृत्वले प्रशिक्षण दिने छन् । आज साँझसम्म चल्ने प्रशिक्षणमा मधेस प्रदेशका आठवटै जिल्लाका नेता तथा कार्यकर्ताको सहभागिता छन् । 


प्रकाशित मिति: बुधबार, साउन ६, २०८३  १५:३८
#‘नेपाली कम्युनिष्ट पार्टी’ #पुष्पकमल दाहाल ‘प्रचण्ड
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
देउवा समूह पश्चगमनतिर, हिन्दूराष्ट्रको कित्तामा उभियो
देउवा समूह पश्चगमनतिर, हिन्दूराष्ट्रको कित्तामा उभियो सोमबार, भदौ १, २०८३
नेपाली कांग्रेस, बागमती प्रदेश संसदीय दलको बैठक आज
नेपाली कांग्रेस, बागमती प्रदेश संसदीय दलको बैठक आज सोमबार, भदौ १, २०८३
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा आइतबार, साउन ३१, २०८३
न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा आइतबार, साउन ३१, २०८३
राजनीतिक संस्कार नै बदल्ने देउवापक्षको प्रस्ताव
राजनीतिक संस्कार नै बदल्ने देउवापक्षको प्रस्ताव आइतबार, साउन ३१, २०८३
कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु
कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु शुक्रबार, साउन २९, २०८३
शेखरको साथ पाएका देउवा ढुक्क, गगनविरुद्ध मोर्चाबन्दी 
शेखरको साथ पाएका देउवा ढुक्क, गगनविरुद्ध मोर्चाबन्दी  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP