Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #राजेन्द्र_राई
  • #मुक्तिनाथ_बैंक
  • #प्रतिनिधि सभा बैठक
  • #मिड_डे_मील
  • #अमेरिका_ठगी
  • #शिष्टाचार_भेटवार्ता
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
Search Here
समाचार
  • Home
  • समाचार
  • भारी वर्षाको पूर्वानुमान,उच्च सतर्कता अपनाउन आग्रह
भारी वर्षाको पूर्वानुमान,उच्च सतर्कता अपनाउन आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार १६, २०८३

काठमाडाैं -  जल तथा मौसम विज्ञान विभागले यही असार १६ र १७ पूर्वी तराईसहित देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय झापाले सम्भावित बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।  

जिल्ला प्रशासन कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मनसुनी गतिविधि बढेर मेघगर्जन र चट्याङसहित ठूलो वर्षा हुन सक्ने भएकाले नदी तटीय क्षेत्र र डुबानको जोखिममा रहेका सर्वसाधारणलाई सचेत रहन विशेष आग्रह गरेको छ।

प्रशासनले अकस्मात बाढी आउन सक्ने खोला तथा खहरेको बाटो हुँदै यात्रा नगर्न, खोला–खहरे नतर्न र सुरक्षित स्थानबारे पूर्वजानकारी लिन अनुरोध गरेको छ।   जिल्लाका मुख्य नदीहरू कनकाई, बिरिङ, रतुवा, मेची, मावा र निन्दा नदी आसपासका क्षेत्रहरू बाढीबाट बढी प्रभावित हुने गरेका छन्।

Hardik health

जिल्लाका १५ पालिकामध्ये दक्षिणी भेगका गौरीगञ्ज, कचनकवल, बाह्रदशी, झापा, कमल, शिवसताक्षी र भद्रपुर नगरपालिका बाढी र डुबानको उच्च जोखिममा रहेका छन्।  सम्भावित विपद्को सामना गर्न र जनधनको क्षति न्यूनीकरण गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी र स्थानीय तहका संयन्त्रहरूलाई राहत सामग्रीसहित तयारी अवस्थामा राखिएको छ।

विपद् व्यवस्थापन र प्रतिकार्यको तयारीबारे जानकारी दिँदै झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भने, ‘जिल्ला विपद् व्यवस्थापन समितिले एकीकृत विपद् प्रतिकार्य योजना नै बनाएर पूर्वतयारी अवस्थामा रहेका छौँ।  जिल्लामा धेरै प्रकारका विपद्को सम्भावना भए तापनि प्राथमिकताका आधारमा पहिलो नम्बरमा बाढी प्रकोप नै रहेको छ। त्यसैले जनधनको क्षति हुन नदिन हामीले सबै प्रकारका उपाय अवलम्बन गर्ने तयारी गरेका छौँ। प्रहरी, सेना, रेडक्रस र स्थानीय पालिका प्रमुखहरूसँग निरन्तर समन्वय भइरहेको छ।’ 

झापामा बर्सेनि आउने बाढी र त्यसले पार्ने मानवीय सङ्कटलाई ध्यानमा राख्दै नेपाल रेडक्रस सोसाइटीले यस वर्ष तल्लो तटीय क्षेत्रमा विशेष पूर्वतयारी र खाद्यान्न भण्डारणको व्यवस्था मिलाएको छ। यस सम्बन्धमा जानकारी दिँदै नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले भने, ‘रेडक्रसको आँकडाअनुसार जिल्लाका आठ हजारभन्दा बढी घरधुरी बाढीको अति उच्च जोखिममा छन्। विगतका वर्षहरूमा हामीले ठूलो मानवीय क्षति ब्यहोर्नु परेकाले यस पटक पूर्वसूचना प्रणाली र स्थानीय तहको सक्रियतामा विशेष जोड दिएका छौँ। 

हाम्रा १२० जनाभन्दा बढी स्वयंसेवक र प्राथमिक उपचार टोली खोज तथा उद्धार सामग्रीसहित जिल्लाभर तयारी अवस्थामा छन्। आकस्मिक अवस्थाका लागि जिल्लाका सात स्थानमा खाद्यान्नलगायतका राहत सामग्री भण्डारण गरेर राखिएको छ। स्थानीय तह र सुरक्षा निकायसँगको सहकार्यमा सुरक्षित आश्रयस्थल र राहत सामग्रीको व्यवस्थापन चुस्त बनाएका छौँ।’  

यसैबीच, समुदायस्तरमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि र उद्धार कार्यलाई प्रभावकारी बनाउन कोशी प्रदेश आन्तरिक मामिला मन्त्रालय र सशस्त्र प्रहरी बलको आयोजनामा झापामा विशेष तालिम सम्पन्न भएको छ। यही असार ९ गतेदेखि सञ्चालित उक्त तालिममा जिल्लाका भद्रपुर, विर्तामोड, अर्जुनधारा, मेचीनगर र कनकाई गरी पाँच वटा नगरपालिकाका २० नगर प्रहरीहरूलाई समुदायस्तरमा विपद् व्यवस्थापन र उद्धारका लागि दक्ष बनाइएको छ।   


प्रकाशित मिति: मंगलबार, असार १६, २०८३  १०:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
देशका अधिकांश स्थानमा बदली रहने
देशका अधिकांश स्थानमा बदली रहने आइतबार, असार २८, २०८३
केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना शनिबार, असार २७, २०८३
आज पनि देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना
आज पनि देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना बिहीबार, असार २५, २०८३
भारी वर्षाको सम्भावना,आवश्यक सावधानी अपनाउन  अनुरोध
भारी वर्षाको सम्भावना,आवश्यक सावधानी अपनाउन अनुरोध बुधबार, असार २४, २०८३
दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद्
दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद् मंगलबार, असार २३, २०८३
केही स्थानमा मध्यम वर्षाको सम्भावना
केही स्थानमा मध्यम वर्षाको सम्भावना सोमबार, असार २२, २०८३
 गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना
 गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना आइतबार, असार २१, २०८३
लोकप्रिय
  • Week
  • Month
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP