काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको अन्तिम बैठक भोलि (शनिबार) बस्ने भएको छ ।
चितवनमा बिहान ११ बजे बस्ने बैठकमा महाधिवेशन कार्यविधि, विधान मस्यौदा अनुमोदन गर्ने एजेन्डा रहेको महामन्त्री भूपदेव शाहले जानकारी दिएका हुन् ।
बैठकमा सहभागी हुनका लागि सहभागीहरू चितवन जाने क्रम जारी छ । महामन्त्री शाहका अनुसार नेतृत्व टिम भोलि नै चितवन पुग्नेछन् ।
‘विधान मस्यौदा, महाधिवेशन कार्यविधि अनुमोदनका लागि केन्द्रीय समिति बैठक बस्न लागेको हो’, उनले भने ।