काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति सङ्ख्या बढाउने भएको छ । बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय समिति सदस्यको सङ्ख्या बढाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।
उनका अनुसार विधानमै वरिष्ठ नेताको पनि व्यवस्था गरिने भएको छ । तर वरिष्ठ नेता निर्वाचनबाट नचुनिएर सभापतिले घोषणा गर्न सक्ने गरी विधानको व्यवस्था गरिने बताइएको छ । ‘१५१ सहित सात प्रदेशका सभापति पदेन हुने गरी १५८ सदस्यीय बनाउने निर्णय भएको छ’, ती नेताले रातोपाटीसँग भने, ‘अब रास्वपाको केन्द्रीय समितिको आकार ठुलो हुने भयो ।’
यसअघि रास्वपाको केन्द्रीय समितिको संख्या पदेनसहित १२९ सदस्यीय रहेको थियो ।