काठमाडौं - पार्टी गठन भएको चार वर्ष पुगेकै दिनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशन तयारी गरिरहँदा महाधिवेशनकाे प्रतिनिधिको शुल्क तय गरेको छ । प्रति प्रतिनिधि पाँच हजार रुपैयाँ शुल्क निर्धारण गरिएको हाे ।
पार्टीले पर्यवेक्षकलाई सात हजार तय गरेको छ । रास्वपाले आर्थिक रुपमा विपन्न सदस्यहरूको लागि पार्टीले सहायता कोष सञ्चालन गर्ने जानकारी गराइएको छ ।
रास्वपाको निर्वाचन आयोगका अनुसार प्रतिनिधिको संख्या तीन हजार हारहारी रहने छ । रास्वपाले प्रथम महाधिवेशन यही महिना (असार)को ७ देखि ९ गतेसम्मे चितवनमा गर्ने गरी तयारी गरेको छ ।