Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी
उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार २, २०८३

बागमती- मकवानपुरको पहिचानका रुपमा रहेको दारको ठेकी यहाँका स्थानीयको उद्यमशीलता एवम् पर्यटनसँग जोडिन थालेको छ ।प्राचीनकालदेखि मकवानपुर र आसपासका जिल्लामा दारको ठेकीले आफ्नो छुट्टै पहिचान बनाउँदै आएको छ । दारको ठेकीको प्रवद्र्धनका लागि स्थानीय जागरुकतासँगै सरकारी निकायले पनि चासो दिन थालेपछि उद्यमशीलता र पर्यटकयीय पहिचानका रुपमा पनि जोडिन लागेको हो ।

विशेषगरी ग्रामीण परिवेशमा गाई-भैँसी पाल्ने किसानले दही जमाउनका लागि दारको ठेकी सबैभन्दा राम्रो मानिने भएका कारण पनि यसको आफ्नै विशिष्ट महत्व रहेको डिभिजन वन कार्यालय, मकवानपुरका प्रमुख राकेशप्रसाद चन्द्रवंशीले बताए। पछिल्ला समयमा गाई-भैँसीपालनको क्रम घट्दै गएको र प्लाष्टिक तथा धातुुजन्य सामग्रीको प्रयोग बढ्दै जाँदा कतै यसको पहिचान नै हराउने होकि भन्ने चिन्ता बढाएको छ । दारको ठेकीको महत्वलाई उजागर गर्नकै लागि डिभिजन वन कार्यालय, हेटौँडाले विगत तीन वर्षयता दारको काठको प्रवद्र्धन गर्ने गरी कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रमुख चन्द्रवंशी उनका अनुुसार समुदायसँगको सहकार्यमा कार्यालयले दारका बिरुवाका लागि नर्सरी, तारबारका साथै गोडमेल आदिमा सहयोग गरिरहेको छ । मकवानपुरको चुरेको माथिल्लो भेग, मनहरी तथा लोथरभन्दा माथिल्लो भूभागमा दारका बोट प्रशस्त पाइने उनले जानकारी दिए। पछिल्लो समय काठको ठेकीको प्रयोग र संरक्षण नहुँदा यो लोपोन्मुख अवस्थामा पुगेको थियो ।
दही जमाउने यन्त्र र प्लाष्टिक तथा धातुजन्य उपकरणको प्रयोग बढ्दै गएका कारण पनि यहाँको पहिचानका रुपमा रहेको दारको ठेकीलाई संरक्षण गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

वर्षौंअघि देखि नै मकवानपुरमा बनाइएको दारको ठेकी काठमाडौँ, भक्तपुर, ललितपुरलगायत विभिन्न जिल्लामा बिक्रीका लागि पु¥याइन्थ्यो । दारको संरक्षणका लागि सरकारी प्रयासँगै पछिल्ला वर्षमा यहाँका विभिन्न सामुदायिक वनले पनि सक्रियता बढाएका छन् ।

Hardik health

हेटौँडा नगरपालिका वडा नं ५ स्थित पिप्ले पोखरा सामुदायिक वनले आफ्नो क्षेत्रमा दारका बिरुवा हुर्काउने अभियान सञ्चालन गरेको छ । सामुदायिक वनअन्तर्गत महिला समूहलाई दारको ठेकी बनाउने तालिम प्रदान गरिरहेको वन उपभोक्ता समितिका अध्यक्ष रामहरि चौलागाईंले जानकारी दिए । उनका अनुुसार उक्त वनमा अघिल्लो वर्ष १५० वटा दाराका बिरुवा लगाइएको थियो । यस वर्ष थप एक सय बिरुवा थप्ने लक्ष्य रहेको उनले बताए । “मकवानपुरको पहिचान दारको ठेकी लोप हुने अवस्था अवस्थालाई दृष्टिगत गरी संरक्षण, प्रवद्र्धन र उपयोगका कार्यक्रम अघि बढाएका छौँ”, उनले भने, “पिप्ले सामुदायिक वनअन्तर्गत महिला समूहलाई दारको ठेकी बनाउने तालिम दिँदै उद्यमशीलतासँग पनि जोड्न खोजिएको छ ।”

ग्रामीण क्षेत्रका पशुपालक किसानले दूध जमाएर दही बनाउने प्रयोजनका लागि दारको ठेकी प्रयोग गर्ने गरे पनि यो क्रमशः लोपोन्मुख बन्दै गए पछि संरक्षण र उपयोगका लागि तालिमहरूमा जोड दिइएको उनले बताए ।  अन्य काठका ठेकीको तुलनामा दारको ठेकी केही महँगो पर्ने उनको भनाइ छ । पिप्ले पोखरा सामुदायिक वनअन्तर्गत महिलाहरूले ठेकीलगायत उपहारका लागि प्रयोग गरिने सामान बनाएर बिक्री गर्दै आएको उल्लेख गर्दै उनले मकवानपुरको पहिचान दारको ठेकीलाई उद्यमशीलता एवम् पर्यटनसँग पनि जोड्न खोजिएको बताए।

स्थानीय बूढापाकाका अनुसार प्राचीनकालदेखि नै मकवानपुर र आसपासका क्षेत्रमा ठेकी बनाउन दार अथवा देवदार प्रजातिका रूखको काठको प्रयोग गर्दै आइएको छ । अन्य काठको तुलनामा दारको काठ हल्का हुने र यसमा दही जमाउन सबैभन्दा राम्रो हुने भएकाले पनि सकेसम्म दार नै खोज्ने प्रचलन रहेको स्थानीयवासी रमेश थापाले जानकारी दिए । काठको ठेकी लोप हुँदै जाँदा यस क्षेत्रमा परम्परागत रुपमा ठेकी बनाउँदै आएका चुदाराहरूको पेसासमेत सङ्कटमा परेको उनले बताए।
 

पर्यटन प्रवर्द्धन गर्न दारको ठेकी उपहार..

दारको ठेकी लोप हुने चिन्ताका बीच पिप्ले पोखरा सामुदायिक वनअन्तर्गतका महिला समूहले काठको ठेकीलाई उपहारका सामग्रीका रुपमा बिक्री गर्दै आएका छन् ।  महिला समूहले मागअनुसार ठेकी तयार गरी उपलब्ध गराउँदै आएको वनका अध्यक्ष चौलागाईंले बताए ।

मकवानपुरको पहिचानलाई कायम राख्नका लागि हेटौँडा बसपार्क क्षेत्रमा दारको ठेकीको आकारको पानी ट्याङ्की निर्माण गरेको छ । हेटौँडा आएका पर्यटकहरूले बसपार्कमा रहेको उक्त ठेकी आकारको ट्याङकीलाई तस्बिरमा कैद गरी लैजाने गरेका छन् ।  मकवानपुरगढी गाउँपालिका वडा नं ४ मा पर्ने मनकामना मन्दिर जाने मार्गमा पनि पहिचान जोगाउन र पर्यटनसँग जोड्न दारको ठेकीसहितको पार्क निर्माण गरिएको छ । 
 


प्रकाशित मिति: मंगलबार, असार २, २०८३  १६:०९
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल सोमबार, साउन १८, २०८३
बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द
बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द सोमबार, साउन १८, २०८३
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै बिहीबार, साउन १४, २०८३
वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल
वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल आइतबार, साउन १०, २०८३
हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक
हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक शुक्रबार, साउन ८, २०८३
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण मंगलबार, साउन ५, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP