Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • नेपालको पर्यटन प्रवर्द्धन गर्न मोटरसाइकलमार्फत् ‘म्यांगाे राइड’-२०२६ हुँदै
असार ५ देखि ८ गतेसम्म सञ्चालन हुने नेपालको पर्यटन प्रवर्द्धन गर्न मोटरसाइकलमार्फत् ‘म्यांगाे राइड’-२०२६ हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार १, २०८३

काठमाडौं -  मोटरसाइकल यात्राका माध्यमबाट पर्यटन, कृषि प्रवर्द्धन र सामाजिक उत्तरदायित्वलाई एकै सूत्रमा जोड्दै आयोजना हुँदै आएको ‘म्यांगाे राइड’ को नवौं संस्करण आगामी असार ५ देखि ८ गतेसम्म सञ्चालन हुने भएको छ ।

मोटरसाइकल पर्यटन प्रवर्द्धनमा सक्रिय संस्था द हिमालयन मोटरसाइकल एक्सपिरियन्स (टीएचएमई) ले आयोजना गर्न लागेको यस अभियानले नेपालको पर्यटन, कृषि उत्पादन र स्थानीय अर्थतन्त्रलाई जोड्ने लक्ष्य राखेको द हिमालयन मोटरसाइकल एक्सपिरियन्सका संयोजक अर्जुन थापाले जानकारी दिए ।

नेपाल पर्यटन बोर्डको सभाहलमा सोमबार पत्रकार सम्मेलनमार्फत् कार्यक्रमबारे जानकारी गराइएको छ । पत्रकार सम्मेलनका क्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुर्य थपालियाले खेलकुद र साहसिक गतिविधिलाई पर्यटनसँग जोड्नुपर्ने आवश्यकता औँल्याए ।

“खेलकुदले नेतृत्व क्षमता विकास गर्छ । हामीले यस्ता स्पोर्टिङ इभेन्टलाई पर्यटनसँग जोडेर प्रवर्द्धन गरिरहेका छौँ । नेपालको अबको भविष्य पर्यटन नै हो । काठमाडौंकेन्द्रित सोचबाट बाहिर निस्केर काम गर्नुपर्छ, किनभने राइडर पुग्न सक्ने नेपालको हरेक ठाउँ पर्यटन गन्तव्य बन्न सक्छ,” उनले भने । उनले नेपालको राइडिङ पर्यटनलाई भारतलगायत अन्तर्राष्ट्रिय पर्यटन मार्टहरूमा प्रवर्द्धन गर्नुपर्नेमा समेत जोड दिए ।

Hardik health

कार्यक्रमका प्रमुख साझेदार रोयल इन्फिल्ड नेपालका कार्यकारी निर्देशक मेघराज पौडेलले ‘म्याङ्गो राइड’ अब एउटा बलियो पहिचान र ब्रान्डका रूपमा स्थापित भइसकेको बताए । “म्याङ्गो राइड आज ब्रान्ड बनेको छ । समुदायको सक्रिय सहभागितामा भइरहेको यो अभियान साँच्चिकै प्रशंसनीय छ,” उनले भने ।

त्यसैगरी चलचित्र निर्देशकसमेत रहेका द हिमालयन मोटरसाइकल एक्सपिरियन्सका सल्लाहकार अमन प्रताप अधिकारीले म्याङ्गो राइडलाई केवल यात्रा नभई नेपालको भूगोल र संस्कृती बुझ्‍ने यात्राको  रूपमा व्याख्या गरे । “राइडले सबैलाई एक ठाउँमा ल्याउँछ । आज राइड एउटा संस्कृति बनेको छ । म्याङ्गो राइडको विशेषता भनेकै यात्रालाई सुन्दर बनाउने हो । त्यसैले यो यात्रामा सहभागी भएर यसको अनुभव लिन म सबैलाई आग्रह गर्छु,” उनले भने ।

सन् २०१५ मा चार जना राइडरबाट सुरु भएको म्याङ्गो राइड अहिले नेपालका मोटरसाइकल यात्रुहरूको लोकप्रिय वार्षिक अभियानका रूपमा विकसित भएको छ । अभियानले पर्यटन प्रवर्द्धनसँगै आँप उत्पादन हुने क्षेत्रको प्रचार, आन्तरिक पर्यटन विस्तार, कृषि तथा स्थानीय उद्यमको प्रवर्द्धन र सामाजिक उत्तरदायित्वका गतिविधिलाई समेत प्राथमिकता दिँदै आएको छ ।

यस वर्षको यात्राका लागि पर्यटनमन्त्री खड्गराज पौडेल ‘गणेश’ र कृषीमन्त्री गीता चौधरीले पनि शुभकामना व्यक्त गरेका छन् । यस यात्रामा सहभागी राइडरहरूले आँप बगानको अवलोकन गर्ने, स्थानीय कृषकसँग अन्तरक्रिया गर्ने तथा प्राकृतिक वातावरणमा प्रत्यक्ष कृषि अनुभव हासिल गर्ने अवसर पाउने संयोजक थापाले जानकारी दिएका छन् । यसले कृषि पर्यटनको सम्भावनालाई समेत उजागर गर्ने उनको विश्‍वास छ ।

टीएचएमईले विगत एक दशकदेखि नयाँ पर्यटकीय गन्तव्यको खोज, प्रवर्द्धन र प्रचारका साथै सडक सुरक्षा, ट्राफिक सचेतना, विपद् व्यवस्थापन, वातावरण संरक्षण तथा सामुदायिक सहयोगसम्बन्धी अभियान सञ्चालन गर्दै आएको छ । यस वर्षको म्याङ्गो राइड काठमाडौंको पर्यटन बोर्डबाट सुरु भएर कुशिनगर-चितवन-सौराहा-ठोरी-वीरगञ्ज-बर्दिवास-लहान-आँप बगैँचा- बर्दिवास-भीमान-हेटौँडा-कुलेखानी हुँदै पुनः काठमाडौंमा समापन हुने कार्यक्रम तय गरिएको छ  । 


प्रकाशित मिति: सोमबार, असार १, २०८३  १५:४७
#म्यांगाे_राइड
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै बिहीबार, साउन १४, २०८३
वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल
वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल आइतबार, साउन १०, २०८३
हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक
हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक शुक्रबार, साउन ८, २०८३
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण मंगलबार, साउन ५, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व संकलन
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व संकलन आइतबार, साउन ३, २०८३
पर्यटन प्रवर्द्धनमा व्यवसायीहरुलाई चिन्ता नगर्न  प्रधानमन्त्रीकाे आग्रह
पर्यटन प्रवर्द्धनमा व्यवसायीहरुलाई चिन्ता नगर्न प्रधानमन्त्रीकाे आग्रह बुधबार, असार ३१, २०८३
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त बुधबार, असार ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP