Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेसको संस्थापनइतर पार्टी फुटाउन ‘तयार’
कांग्रेसको संस्थापनइतर पार्टी फुटाउन ‘तयार’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार १, २०८३

 

हाम्रो पार्टी फुटिसक्यो । यो दुर्भाग्यपूर्ण हो । गगन एक्लैले पार्टी चलाउन सक्दैनन् ।
डा. शशांक कोइराला
पूर्वमहामन्त्री

काठमाडौं- विशेष महाधिवेशनपछि संस्थापनबाट इतरपक्ष बन्न बाध्य शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहले आफूहरु एक भएर पार्टी फुटाउन तयार भएको सन्देश दिएका छन् । लामो समयदेखि सभापति गगन थापासँग असन्तुष्ट देउवा र शेखर समूह आइतबार विराटनगरमा भेला भएर पार्टी फुटाउन आफूहरु तयार भइसकेको सन्देश दिएका हुन् ।

कांग्रेसलाई इतिहासकै कमजोर बनाउने काम विभिन्न नाटकबाट भयो । त्यसको मुख्य पात्र वा खलनायक भन्नुस्, हाम्रा अहिलेका सभापति गगनजी हुनुहुन्छ । उहाँको नेतृत्वमा पार्टी मिल्छ भनेर के आश गर्ने ?
मोहन बस्नेत
कांग्रेस नेता

Hardik health

यो सन्देशसँगै देउवा र शेखर समूहले डा. शेखरलाई साझा नेताका रुपमा अघि सार्ने तयारीसमेत गरेका छन् । कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी फुटिसकेकोले सभापति थापाले पार्टी चलाउन नसक्ने दाबी गरे । कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी फुटिसकेको बताएका हुन् । ‘हाम्रो पार्टी फुटिसक्यो । यो दुर्भाग्यपूर्ण हो,’ शशांकले भने, ‘यो सर्वोच्चले फुटाएको हो । गाउँभरि कांग्रेस छ । तर भोट गएन ।’

जेन–जी विद्रोहपछि कांग्रेसमा गत पुस मसान्तमा विशेष महाधिवेशन आयोजना भएको थियो । उक्त विशेष महाधिवेशनले गगनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दा देउवा र शेखर समूहले भने बहिस्कार गरेको थियो । उक्त समूहले पार्टी आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगदेखि सर्वोच्च अदालत पुगे पनि गगनकै नेतृत्वमा चयन भएको कार्यसमितिलाई वैधानिकता प्रदान गरेको थियो । योसँगै असन्तुष्ट समूह भेलामार्फत शक्ति प्रदर्शनमा लागेको हो । 

शशांकले आफू डा. शेखर समूहमै रहेकोले उनकै नेतृत्वमा अघि बढ्नेसमेत बताए । कांग्रेस नेता बलबहादुर केसीले शेखरलाई नेतृत्व लिएर अगाडि बढ्न आग्रह गरे । ‘नेपाली कांग्रेसलाई मिलाएर लिएर जानुपर्छ । यसको नेतृत्व शेखर कोइरालाले लिनुभएको छ, हामीले साथ दिनुपर्छ,’ केसीले भने ।

अर्का नेता कृष्णप्रसाद सिटौलाले अनावश्यक नाटक बन्द गरी विवाद समाधानका लागि साहस देखाउन सभापति थापाको ध्यानाकर्षण गराए । ‘विवाद के होला भनेर नडराउनुस्, १० मिनेटमै कुरा टुंगिन्छ । यो साहस तपाईंको हृदयबाट आउनुपर्छ । लेख्ने र मेटाउने शक्ति तपाईंहरूसँगै छ, अब एकमुष्ट निर्णय गरेर अघि बढ्नुस्,’ सिटौलाले भने ।

शेखरले भने लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यका लागि स्थापना भएको कांग्रेस पार्टीभित्र निरंकुशता सुरु भएको आरोप लगाए । ‘अहिले क्रियाशील सदस्यता अद्यावधिक गर्न नमानेको बहानामा देशैभरिका वडा सभापतिलाई मौखिकरूपमा हटाउने काम भइरहेको छ । यो निरंकुशताको सुरुआत हो, जुन कांग्रेसको आदर्शविपरीत छ,’ शेखरले भने ।

अहिलेको अवस्थामा कुनै पनि हालतमा पार्टी नफुट्ने र फुट्न नदिने प्रतिबद्धतासमेत उनले जनाए । ‘पार्टी फुट्न दिन्नँ । पार्टी फुट्दैन । यहाँबाट गएपछि आफ्ना साथीहरुलाई पनि तपाईंहरुले यही भन्नुपर्छ,’ शेखरले भने । कांग्रेसका अर्का नेता मोहन बस्नेतले भने गगनकै कारण कांग्रेस दुई टुक्रा भएको तर्क गरे । ‘कांग्रेसलाई इतिहासकै कमजोर बनाउने काम विभिन्न नाटकबाट भयो । त्यसको मुख्य पात्र वा खलनायक भन्नुस्, हाम्रा अहिलेका सभापति गगन थापाजी हुनुहुन्छ, उहाँको नेतृत्वमा पार्टी मिल्छ भनेर के आश गर्ने ?,’ उनले प्रश्न गरे । 

कांग्रेसलाई बलियो बनाउने हो भने आन्तरिक लोकतन्त्र, निष्पक्ष सदस्यता व्यवस्थापन र पुराना कार्यकर्ताको सम्मान सुनिश्चित गर्न आवश्यक रहेको नेता बस्नेतले बताए ।  संस्थापनइतरले गगनमाथि विभिन्न आरोपका साथ चेतावनी दिँदा उनी सानेपामा अर्थतन्त्रबारे बहसमा सहभागी थिए । गगनले उक्त सभामा पार्टी एकताबारे कुनै भनाइ राखेनन् ।

विराटनगरको सभामा भने १४ औं महाधिवेशनमा सभापतिका निकटतम् प्रतिद्वन्द्वी डा. शेखर, पूर्वमहामन्त्रीद्वय डा. शशांक र कृष्णप्रसाद सिटौला सहभागी थिए । त्यस्तै, नेताहरु डा. मिनेन्द्र रिजाल, एनपी साउद, मीनबहादुर विश्वकर्मा, महिन्द्रा लिम्बू, रामहरि खतिवडा, सरस्वती बजिमय, सुजाता परियार, सीता गुरुङसहितका नेताहरू सहभागी थिए ।  देउवा र शेखर कोइरालाले विशेष महाधिवेशनलाई सर्वोच्च अदालतले आधिकारिकता दिएपछि गरेको यो पहिलो औपचारिक भेला हो । यसअघि यो समूहले धुम्बाराहीस्थित स्मार्ट होटलमा पटक-पटक अनौपचारिक भेला आयोजना गरेको थियो ।
 


प्रकाशित मिति: सोमबार, असार १, २०८३  १०:४९
#कांग्रेस
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP