Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • आईटीएम २०२६ मार्फत् दिगो पर्यटन प्रवर्द्धनमा सहकार्य विस्तारको आह्वान
आईटीएम २०२६ मार्फत् दिगो पर्यटन प्रवर्द्धनमा सहकार्य विस्तारको आह्वान
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ ३१, २०८३

काठमाडौं - नेपालसहित विश्वका विभिन्न मुलुकका पर्यटन व्यवसायी, नीति निर्माता र सरोकारवालाहरूको सहभागितामा भुटानमा पहिलोपटक आयोजना गरिएको ‘भुटान अन्तर्राष्ट्रिय ट्राभल मार्ट (बीआईटीएम)–२०२६’ ले नेपाल–भुटान पर्यटन सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।भुटानको उद्योग, वाणिज्य तथा रोजगारी मन्त्रालयअन्तर्गतको पर्यटन विभाग र एसोसिएसन अफ भुटानिज टुर अपरेटर्स (एबीटीओ) को संयुक्त आयोजनामा थिम्फुमा सुरु भएको तीनदिने कार्यक्रमको उद्घाटन उद्योग, वाणिज्य तथा रोजगारीमन्त्री ल्योन्पो नामग्याल दोर्जीले गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री दोर्जीले बीआईटीएम केवल पर्यटन क्षेत्रको कार्यक्रम नभई भुटानको व्यापक आर्थिक तथा सामाजिक विकास यात्राको महत्वपूर्ण कोशेढुंगा भएको बताए । उनले पर्यटनमार्फत क्षेत्रीय सहकार्य र साझा समृद्धिको लक्ष्यलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा बोल्दै भुटान सरकारको पर्यटन विभागका निर्देशक डाम्छो रिन्जिनले बीआईटीएमलाई सामान्य व्यावसायिक कारोबारको मञ्चका रूपमा मात्र नभई अन्तर्राष्ट्रिय पर्यटन दूत निर्माण गर्ने अवसरका रूपमा लिइएको बताए । उनले दिगो पर्यटन विकासका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय साझेदारी अपरिहार्य रहेको उल्लेख गर्दै नेपालसहितका छिमेकी मुलुकसँग सहकार्य विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।

“हामी केवल व्यापारिक सम्झौताका लागि मात्र यहाँ भेला भएका होइनौं । हामी पर्यटनका असल दूत निर्माण गर्न चाहन्छौं । दिगो पर्यटनको भविष्य साझा सहकार्य, विश्वास र सामूहिक प्रयासबाट मात्र सम्भव छ,” निर्देशक रिन्जिनले भने ।नेपालका पर्यटन व्यवसायी तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा भुटानले नेपाललाई आफ्नो महत्वपूर्ण पर्यटन साझेदारका रूपमा प्रस्तुत गरेको छ । जसमा नेपालसहित भारत, थाइल्यान्ड, सिंगापुर, चीन, संयुक्त अरब इमिरेट्स, बंगलादेश, जापान, जर्मनी, क्यानडा, स्पेनलगायत करिब १५ देशका २०० भन्दा बढी अन्तर्राष्ट्रिय खरिदकर्ता (बायर) सहभागी छन् ।

Hardik health

भुटानले उच्च मूल्य र न्यून संख्यामा पर्यटक भित्र्याउने आफ्नो दीर्घकालीन पर्यटन नीतिलाई अन्तर्राष्ट्रिय बजारमा थप सशक्त रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले बीआईटीएम आयोजना गरेको जनाएको छ । कार्यक्रममा ५० भन्दा बढी पर्यटन प्रदर्शक, होटल व्यवसायी, टुर अपरेटर, वायुसेवा कम्पनी तथा हेलिकप्टर सेवा प्रदायकहरू सहभागी छन् ।बीआईटीएम–२०२६ मा भुटानले आफ्नो महत्वाकांक्षी ‘गेलेफु माइन्डफुलनेस सिटी’, वाङ्दुचोलिङ दरबार सङ्ग्रहालय, डिन्चेङगाङ पुनर्जननशील गाउँ तथा अन्तर्राष्ट्रिय रूपमा चर्चित ‘स्नोम्यान रेस’ जस्ता परियोजनाहरूलाई विशेष रूपमा प्रस्तुत गरेको छ । साथै, कम पर्यटक पुग्ने ११ वटा जोंगखाग (जिल्ला) का पर्यटन सम्भावनाहरूलाई पनि अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गरिएको छ ।

भुटान अन्तर्राष्ट्रिय ट्राभल मार्टलाई आगामी वर्षहरूमा नियमित वार्षिक कार्यक्रमका रूपमा विकास गरिने पनि आयोजकले जानकारी गराएको छ । यसले भुटानलाई उच्चस्तरीय अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्नुका साथै स्थानीय समुदाय र व्यवसायलाई प्रत्यक्ष आर्थिक लाभ पुर्‍याउने अपेक्षा गरिएको छ । नेपाली पर्यटन व्यवसायीका लागि समेत यो कार्यक्रम महत्वपूर्ण मानिएको छ । हिमाली पर्यटन, आध्यात्मिक यात्रा, साहसिक पर्यटन तथा दिगो पर्यटन व्यवस्थापनका क्षेत्रमा नेपाल र भुटानबीच अनुभव आदानप्रदान तथा संयुक्त प्रवर्द्धनका सम्भावनाहरू बढ्दै गएको विषयमा पनि नेपाली पर्यटन व्यवसायीले जानकारी गराएका छन् ।


प्रकाशित मिति: आइतबार, जेठ ३१, २०८३  १६:१५
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै बिहीबार, साउन १४, २०८३
वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल
वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल आइतबार, साउन १०, २०८३
हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक
हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक शुक्रबार, साउन ८, २०८३
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण मंगलबार, साउन ५, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व संकलन
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व संकलन आइतबार, साउन ३, २०८३
पर्यटन प्रवर्द्धनमा व्यवसायीहरुलाई चिन्ता नगर्न  प्रधानमन्त्रीकाे आग्रह
पर्यटन प्रवर्द्धनमा व्यवसायीहरुलाई चिन्ता नगर्न प्रधानमन्त्रीकाे आग्रह बुधबार, असार ३१, २०८३
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त बुधबार, असार ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP