काठमाडाैं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका डा. धवलशमशेर राणा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरे नयाँ दल गठन गर्ने सम्झौता गरेका छन् । राणा र प्रसाईंले ११ बुँदे सहमतिमा शुक्रबार हस्ताक्षर गरेका हुन् ।
सम्बन्धबिच्छेद गरेको राणा समूह र मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक प्रसाईं मिलेर नयाँ पार्टी घोषणाको तयारी भएको छ । सम्भवतः असार पहिलो साताभित्र पार्टीले नयाँ आकार लिइसक्ने भएकाे छ ।
किरात, बौद्ध सहित वैदिक सनातन हिन्दु अधिराज्य राष्ट्रवादी शक्ति निर्माण गर्ने प्रतिज्ञा दुई पक्षले गरेका छन् । संवैधानिक राजसंस्था पुनर्स्थापना लागि सशक्त, लोकतान्त्रिक तथा राष्ट्रवादी राजनीतिक शक्तिको आवश्यकताले नयाँ दल गठन गर्नुपरेको सहमतिमा उल्लेख गरिएको छ ।
पृथ्वीनारायण शाहका दिव्य उपदेशमा आधारित राष्ट्रवादी दर्शन अंगाल्ने नीति लिइएको छ । सुधारमुखी संघीयता, एक पटकको नेपाली सधैंको नेपाली र दोहोरो नागरिकता राख्न पाउनने व्यवस्थामा दुई पक्षबीच सहमत भएका छन् ।
विचार र सिद्धान्त मिल्ने अन्य राजनीतिक दल, अभियान, संगठन र व्यक्तिहरूलाई साथ लिएर नयाँ राजनीतिक पार्टी घोषणा गर्ने सहमति गरिएको छ ।
सम्झौता पत्र

