Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • आहा ! श्रीमञ्ज्याङ लामागाउँ
आहा ! श्रीमञ्ज्याङ लामागाउँ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ २६, २०८३

श्रीमञ्ज्याङ- लमजुङको दोर्दी गाउँपालिका-३ स्थित श्रीमञ्ज्याङ लामागाउँ प्रकृति, संस्कृतिसँगै धार्मिक आस्था र विश्वासको अनुपम सङ्गमजस्तै बनेको छ ।

परम्परागत रुपमा सजिएका गाउँको प्राचीन मौलिकता झल्काउने किसिमका घरसँगै सफा चोक तथा बाटाहरू ढुङ्गाले छपक्क छापिएका छन् । पर्यटकीय राजधानी पोखराबाट डुम्रे, मध्यनेपाल, भोर्लेटार, सुन्दबजार, भोटे ओढार हुँदै बेलघारी पुल तरेर लामाबगर, थापा खेत हुँदै आइपुगिने यो गाउँ पोखराबाट करिब चार घण्टामा पुग्न सकिन्छ । 

विशेषतः बौद्ध धर्मावलम्बीहरूका दुईवटा गुम्बासँगै चारवटा छोर्तेनले यहाँको महिमा र गरिमालाई अझै उँचो बनाएको म्हाँजा नासो तमु समाजका अध्यक्ष इन्द्रजित गुरुङले बताए । गाउँको प्राकृतिक सुन्दरतासँगै यहाँको ऐतिहासिक एवं धार्मिक महत्वलाई पर्यटनसँग जोड्का लागि पछिल्लो समयमा आफूहरूले पहल थालेको उनले बताए ।

गाउँ पर्यटनका माध्यमबाट समृद्धि खोज्नकै लागि यहाँका १२ वटा घरमा घरवास समेत सञ्चालन भैरहेको उनले जानकारी दिए । “हामीले २०७६ सालमा पहिलोपटक गाउँमा सातवटा घरबाट घरवास सुरु गरेका हौँ”, उनले भने, “हाल यहाँका १२ वटा घरमा घरवास सञ्चालन भइरहेको छ । पर्यटकको आगमन पनि विस्तारै बढ्दै गएको छ ।”

Hardik health

पर्यटकको आगमन भएका अवस्थामा हरेक दिन ६० जनासम्म पर्यटक राख्न सकिने उनले जानकारी दिए । पर्यटकीय रुपमा धेरै सम्भावना भएर पनि ओझेलमा परिरहेको यस गाउँको पर्यटकीय विकासका माध्यमबाट पर्यटकहरू भित्र्याउने लक्ष्य राखिएको दोर्दी गाउँपालिका-३ का वडाध्यक्ष कृष्णबहादुुर गुुरुङले बताए ।

गाउँमा आइपुग्नका लागि प्रमुख समस्याका रुपमा बाटो भएको बताउँदै उनले यहाँको लामा बगरदेखि थापाखेत, लक्ष्मी मावि हुँदै लामागाउँसम्मको आठ किलोमिटर बाटो तत्काल बनाउनुुपर्ने देखिएको बताए । हाडीखोलाबाट लामा बगर हुँदै गाउँपालिकाको कार्यालयसम्म आउने बाटो कालोपत्रे हुने क्रममा रहेको उनले बताए । यस गाउँलाई अन्नपूर्ण चक्रीय पदमार्गसँगै मनास्लुु पदमार्गसँग जोड्न सकिने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।

गाउँको पर्यटकीय सम्भावनालाई उजागर गर्नकै लागि यस वर्षको ७६ औँ अन्नपूर्ण आरोहण दिवस यही गाउँमा मनाइएको उनले बताए। विभिन्न कारणले पदमार्गहरू हराइरहेका अवस्थामा सरकारले अघि सारेको दोर्दी पदमार्ग उपयुक्त विकल्प हुनसक्ने बताउँदै उनले यस पदमार्गलाई ‘क्याम्पिङ ट्रेल’का रुपमा पनि विकास गर्न सकिने धारणा राखे ।    

पछिल्ला समयमा नौथर सेराबाट श्रीमञ्ज्याङ, जोर्ने, इलमपोखरी, लिपेलेक र दाम्राङ हुँदै पुनः नौथर सेरा पुग्ने पाँचदिने पदमार्ग दोर्दी गाउँपालिकाको सहयोगमा टान गण्डकी प्रदेशले प्रवद्र्धन अघि बढाएको छ । त्यस्तै लिपेलेकबाट दाम्राङ, नोटाचे, उखण्ड, मेमेपोखरी, कोम्रोडाँडा र बाह्रपोखरी हुँदै हिलेटक्सार पुग्ने १० दिने पदमार्ग तथा पिसहिल हुँदै भुलभुले निस्कने आठदिने पदमार्ग पनि पहिचान गरिएको उनले बताए ।

यसैगरी गोरखाको बारपाक–सुलिकोट, अजिरकोट, दूधपोखरी, दोर्दी र ठुलागी हुँदै लमजुङको घेर्मुसम्म जोडिने नयाँ पदमार्ग केन्द्रीय टानको सक्रियतामा पहिचान गरिएको छ ।  सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हर्जोग र लुई लासेनालले विश्वमै आठ हजार मिटरभन्दा अग्ला हिमालमध्येको अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेको दिनका रुपमा अन्नपूर्ण आरोहण दिवस मनाउने गरिन्छ । यस वर्ष विभिन्न कार्यक्रमका साथ यही गाउँमा अन्नपूर्ण आरोहण दिवस मनाइएको अध्यक्ष आचार्यले जानकारी दिए ।

अन्नपूर्ण प्रथमको सफल आरोहण गरेपछि मात्रै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण भएका कारण अन्नपूर्ण हिमाललाई आरोहणको जेठो हिमालका रुपमा लिने गरिन्छ । धेरै पर्यटकीय सम्भावना भएर पनि उजागर हुन नसकेका अवस्थामा बसाइँसराइको चपेटामा परिरहेको यस गाउँमा पर्यटनका माध्यमबाट पुनः गाउँ भरिभराउ गराउने लक्ष्य राखिएको छ ।  गाउँको सिरानमा पर्यटकलाई लक्षित गरी भ्यु टावर निर्माण गरिएको मौलिकोट अर्गानिक एग्रो फर्मका व्यवस्थापक रञ्जित चौधरीले जानकारी दिए ।

श्रीमञ्ज्याङ लामागाउँमा आएका पर्यटक एग्रो फर्मअन्तर्गत रहेको चियाबारीमा पनि रमाउने गरेको उनले जानकारी दिए । करिब १४ रोपनी क्षेत्रफलमा सात वर्षयता चियाखेती सञ्चालन भइरहेको उनले जानकारी दिए। लमजुङको बेँसीसहरबाट करिब दुुई घण्टामा सवारीसाधनमार्फत यस गाउँमा आउने सकिने बताउँदै उनले पछिल्ला समयमा पर्यटक आउने गरेको बताए ।

गाउँ आसपासमा रहेका मौलाकोट, भ्यूटावर, देवीस्थान मन्दिर, स्याङगे छ्योलिङ बौद्ध गुम्बा, आइलभ मन्जाङ, लवम छोर्तेन, पेबोङ छोतेन, रि छोर्तेन, फुर्ब सन्दुप ढोनाक छयोलिङ गुम्बा, भ्याङ्गसुक छोर्तेन आदिले गाउँको धार्मिक एवं सांस्कृतिक महत्वलाई थप उजागर गरेको वडाध्यक्ष गुुरुङको भनाइ छ ।  गाउँ पर्यटनको विकासका माध्यमबाट पर्यटकको आगमन बढाउँदै आर्थिक समृद्धि हाँसिल गर्ने दीर्घकालीन लक्ष्य राखिएको उनले बताए । 


प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३  ११:४६
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै बिहीबार, साउन १४, २०८३
वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल
वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल आइतबार, साउन १०, २०८३
हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक
हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक शुक्रबार, साउन ८, २०८३
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण मंगलबार, साउन ५, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व संकलन
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व संकलन आइतबार, साउन ३, २०८३
पर्यटन प्रवर्द्धनमा व्यवसायीहरुलाई चिन्ता नगर्न  प्रधानमन्त्रीकाे आग्रह
पर्यटन प्रवर्द्धनमा व्यवसायीहरुलाई चिन्ता नगर्न प्रधानमन्त्रीकाे आग्रह बुधबार, असार ३१, २०८३
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त बुधबार, असार ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP