Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #हायात_प्लेस
  • #मुग्लिन–पोखरा सडक
  • #एमालेको महाधिवेशन
  • #एचआइभी एड्स दिवस
  • #आगाेलागी_घटना
  • #विप्रेषण
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #अन्तरराष्ट्रिय बैंक दिवस
Search Here
विश्व
  • Home
  • विश्व
  • सिरिया, इराकमा १० हजारभन्दा बढी इस्लामिक स्टेटका लडाकू सक्रियः राष्ट्रसंघ
सिरिया, इराकमा १० हजारभन्दा बढी इस्लामिक स्टेटका लडाकू सक्रियः राष्ट्रसंघ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ ११, २०७७
siriya
Hardik health
संयुक्तराष्ट्र संघ–सिरिया र इराकमा इस्लामिक स्टेट समूहका १० हजारभन्दा बढी लडाकू सक्रिय रहेको राष्ट्रसंघीय प्रतिआतंकवादी प्रमुखले बताउनुभएको छ । अमेरिका समेतका बहुराष्ट्रिय सेनाको सहयोगले दुई वर्षअघि आतंकवादी संगठन इस्लामिक स्टेट परास्त भएको घोषणा गरिएको थियो । राष्ट्रसंघीय सुरक्षा परिषदमा प्रतिआतंकवादी प्रमुख भ्लादिमिर भोरोनकोभले दुई देशमा इस्लामिक स्टेटका लडाकू स्वतन्त्र रूपमा घुमफिर गरिरहेको जानकारी दिए । उनले इस्लामिक स्टेटले धेरै स्थानमा पुनः संगठित हुन थालेका र उनीहरूका कृयाकलापहरू द्वन्द्वग्रस्त मुलुकहरू इराक र सिरिया मात्र नभई क्षेत्रीय आतंकवादी संगठनहरूसँग साँठगाँठ गर्न थालेको बताए । उनले भने, ‘तथापी गैर–द्वन्द्वग्रस्त क्षेत्रमा छोटो समयका लागि उनीहरूको प्रभाव कमै देखिएको छ । कोरोनाभाइरस रोक्न लकडाउन र अन्य प्रतिबन्धात्मक व्यवस्थाले मानिसको हिँडडुलमा कडाई गरिएका कारण आतंकवादी हमलाहरू न्यून भएका छन् ।’ उनले कोभिड–१९ संकटका कारण आतंकवादको त्रासलाई समाप्त गर्न चुनौती खडा भएको चर्चा गर्दै कोभिड–१९ को आडमा सिर्जित सामाजिक–आर्थिक र राजनीतिक संकटबाट इस्लामिक स्टेट र अन्य आतंकवादी समूहहरूले फाइदा उठाउन सक्ने बताए । भोरोनकोभले कोरोना महामारीबाट सिर्जित असरले आतंकवादी समूहमा भर्ना र रकम उठाउने कार्यहरूमा के प्रभाव परेको छ भन्ने स्पष्ट भइनसकेको बताउँदै इस्लामिक स्टेटका नेता अबु इब्राहिमको नेतृत्वमा संगठनको रणनीतिका दिशामा कुनै परिवर्तन आएको वा नआएको बारेमा स्पष्ट भइनसकेको बताए । पश्चिम अफ्रिकामा इस्लामिक स्टेटमा आबद्ध करिब ३ हजार ५०० लडाकू सक्रिय रहेको र त्यसबाट क्षेत्रीय शान्तिमै खतरा उत्पन्न भइरहेको भोरोनकोभले बताए । लिबियामा सानो संख्यामा सक्रिय इस्लामिक स्टेटले स्थानीय जातीय तनाबलाई आफ्नो पक्षमा उपयोग गर्न प्रयास गरिरहेको उनको भनाई छ । उनले अन्तर्राष्ट्रिय समुदायले इस्लामिक स्टेटबाट सिर्जित चुनौती नियन्त्रणमा ल्याउन समयमै ध्यान नदिए विश्वभर नै यसले समस्या खडा गर्न सक्ने चेतावनी दिए । राष्ट्रसंघका लागि अमेरिकी राजदूत केल्ली क्राफ्टले राष्ट्रसंघका जायज चासोलाई सम्बोधन गर्न अमेरिकी प्रशासन तत्पर रहेको बताउँदै इराक र सिरियामा नियन्त्रणमा रहेका विदेशी लडाकू र उनीहरूका परिवारका सदस्यका कारण इस्लामिक स्टेटको पुनरुत्थान हुने परिस्थिति रोक्न अमेरिका सचेत रहेको पनि स्पष्ट गरे । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय कानुनको कार्यान्वयन गर्न तथा इराक र सिरियाको गृहयुद्धका कारण अलपत्र परेका महिला, पुरुष र बालबालिकालाई आ–आफ्ना मुलुक फर्काउन आग्रह गरे ।                                                                                                                                                                                                                                                                                                                                                                               (रासस÷एपी)
प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७  ०७:०६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी
गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी बिहीबार, मंसिर १८, २०८२
पुटिन-ट्रम्प प्रतिनिधिमण्डल वार्तामा ‘युद्ध अन्त्यको संकेत’
पुटिन-ट्रम्प प्रतिनिधिमण्डल वार्तामा ‘युद्ध अन्त्यको संकेत’ बिहीबार, मंसिर १८, २०८२
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ८११ पुग्यो
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ८११ पुग्यो बुधबार, मंसिर १७, २०८२
गाजनहरुलाई आगामी दिनमा इजिप्ट जान अनुमति दिने तयारीमा इजरायल
गाजनहरुलाई आगामी दिनमा इजिप्ट जान अनुमति दिने तयारीमा इजरायल बुधबार, मंसिर १७, २०८२
एआईले धनी–गरिबको अन्तर अझ बढाउन सक्ने चेतावनी
एआईले धनी–गरिबको अन्तर अझ बढाउन सक्ने चेतावनी बुधबार, मंसिर १७, २०८२
दक्षिण कोरियामा लगातार मूल्यवृद्धि
दक्षिण कोरियामा लगातार मूल्यवृद्धि बुधबार, मंसिर १७, २०८२
अष्ट्रेलियाली सरकारद्वारा राष्ट्रिय ‘एआई योजना’ सार्वजनिक
अष्ट्रेलियाली सरकारद्वारा राष्ट्रिय ‘एआई योजना’ सार्वजनिक बुधबार, मंसिर १७, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
हराएकाे माेबाइल धनीले पाए
हराएकाे माेबाइल धनीले पाए
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP