Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #अमेरिका_ठगी
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #शिशिर खनाल
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’
पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ २४, २०८३

अर्घाखाँची- सन्धिखर्क नगरपालिका-११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय यहाँको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिन थालेको छ ।  सन्धिखर्कबाट झण्डै २० मिनेटको गाडीको यात्रा गरेपछि यस स्थानमा पुग्न सकिन्छ । प्रकृतिले आफैँ कुँदेर बनाएको जस्तो देखिने विशाल चट्टानहरूको संरचना, ढुंगाको बगैँचा जस्तै फैलिएको भू-आकृति, चिसो स्वच्छ हावा र क्षणक्षणमा बदलिने मौसमले यहाँ पुग्ने जो-कोहीलाई मोहित बनाउने गरेको छ ।

पहिलो पटक रक गार्डेन पुग्ने आगन्तुकहरू त्यहाँका चट्टानहरूको अनौठो बनावट देखेर आश्चर्य चकित हुने गरेका छन् । कतिपय ठाउँमा मानव हातले कलात्मक रूपमा कुँदिएको जस्तो, कतै योजनाबद्ध रूपमा सजाइएको फूलबारी झै देखिने हुँदा धेरैले प्रकृतिको अनुपम सिर्जना भनेर चर्चा गर्ने गर्छन् । सयौँ रोपनी क्षेत्रफलमा फैलिएको यो क्षेत्र ढुंगाको जंगल जस्तै देखिन्छ, जसले आगन्तुकलाई एकैपटक रहस्य, सौन्दर्य र शान्तिको अनुभूति गराउँछ ।

पछिल्लो समय यो गार्डेन आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । जिल्लाभित्रका विभिन्न स्थानबाट दैनिक रूपमा मानिसहरू यहाँ घुम्न आउने क्रम बढ्दो छ । स्थानीयका अनुसार यहाँको स्वच्छ वातावरण, चिसो मौसम र प्राकृतिक दृश्यावलोकनले सहरको भीडभाडबाट केही समय टाढा पुगेर मानसिक ताजगी प्राप्त गर्ने अवसर प्रदान गरेको छ ।

सन्धिखर्क नगरपालिका-११ का वडाध्यक्ष चेतनारायण आचार्यले पछिल्लो समय प्रचारप्रसारसँगै यहाँ आउने पर्यटकको सङ्ख्या बढ्न थालेको बताए । “प्रकृतिको अनुपम उपहारका रूपमा रहेको यो क्षेत्रमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै छ । हामीले यस क्षेत्रलाई अझ व्यवस्थित बनाउन पूर्वाधार विकासमा जोड दिएका छौँ”, उनले भने। 

Hardik health

यस क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नगरपालिकाले योजनाबद्ध रूपमा विभिन्न कामअघि बढाएको छ । हाल पर्यटकहरूको सहजताका लागि शौचालय, विश्रामस्थल (ट्रस्ट) तथा मन्दिर निर्माण गरिएको छ । यी संरचनाले आगन्तुकको बसाइँलाई थप सहज र आरामदायी बनाएको जानकारी दिँदै वडाध्यक्ष आचार्यले गार्डेनको प्रचारप्रसारलाई प्राथमिकतामा राख्दै दीर्घकालीन पर्यटन विकास रणनीति तयार पारिरहेको बताएए । 

नगर क्षेत्रमै पहिचान र महत्त्वपूर्ण प्राकृतिक सम्पत्ति भएकाले यसको विकास र उचित प्रचारप्रसारमा ध्यान दिनुपर्ने स्थानीय युवा नारायण आचार्यको भनाइ छ । “हाल जिल्लाभित्रबाट बढी पर्यटक आउने गरेका छन्, तर बाहिरी जिल्लासम्म यसको पहिचान पु¥याउन सकियो भने यसको महत्त्व अझ बढ्नेछ । त्यसका लागि स्थानीय तहले थप योजना अगाडि बढाउन आवश्यक छ”, उनले भने।   

रक गार्डेनको अर्को विशेषता भनेको यहाँबाट देखिने विशाल भू-दृश्य हो । यस स्थानबाट सन्धिखर्क नगरपालिका मात्र होइन, भूमिकास्थान नगरपालिका, मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका, छत्रदेव गाउँपालिकालगायत पाल्पा र प्युठान जिल्लाका केही भूभागहरू अवलोकन गर्न सकिन्छ । 

लुम्बिनी र सुपा देउराली मन्दिरमा आउने पर्यटकलाई सन्धिखर्क बजार हुँदै अर्घा भगवती मन्दिर र रक गार्डेनसम्म ल्याउन सकियो भने जिल्लाको पर्यटन गतिविधिमा उल्लेखनीय वृद्धि हुन सन्धिखर्कका स्थानीय व्यवसायी डिलाराम भुसालले बताए । “यसले होटल, यातायात, व्यापारलगायत स्थानीय व्यवसायमा प्रत्यक्ष लाभ पु¥याउनेछ ।”

रक गार्डेनलाई जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित नगरपालिका अघि बढिरहेको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । “पर्यटन विकाससँगै स्थानीयको आयआर्जन बढाउने र आर्थिक गतिविधि विस्तार गर्ने हाम्रो लक्ष्य हो”, उनले भने। 

लुम्बिनी र सुपा देउरालीमा आएका पर्यटकलाई खाँचीकोट भगवती मनिदर तथा राज्य, सन्धिखर्कको सिद्धेश्वर मन्दिर, अर्घा भगवती हुँदै यस स्थानमा लैजाने गरी योजना बनाउन सकेमा यस स्थानमा पर्यटकहरू थप बढ्ने नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

“प्रकृतिले आफैँ निर्माण गरेको डिभर्नाको यो अद्भूत ढुंगाको संसार साँच्चिकै नेपालकै नमूना पर्यटकीय सम्पदा बन्ने सम्भावना बोकेको छ । यसको व्यापक प्रचारप्रसार, संरक्षण र पूर्वाधार विकासमा सरोकारवाला सबै पक्षको ध्यान पुग्न सके रक गार्डेन अर्घाखाँचीको पर्यटन नक्सामा चम्किलो गन्तव्यका रूपमा स्थापित हुने सम्भावना छ”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले भने । 

रक गार्डेन केवल एउटा प्राकृतिकस्थल मात्र नभई अर्घाखाँचीको समृद्ध भविष्यको आधार बन्न सक्ने अमूल्य सम्भावनाको क्षेत्र भएकाले नगरले यसका विकासमा ध्यान दिइरहेको उनको भनाइ छ । प्राकृतिक सौन्दर्य, शान्त वातावरण र विशाल सम्भावनाले भरिएको यो क्षेत्रले जिल्लाकै पहिचान स्थापित गर्ने सम्भावना रहेकाले विकासका लागि सबैले ध्यान दिन आवश्यक रहेको खनालले बताए । 
 


प्रकाशित मिति: आइतबार, जेठ २४, २०८३  १६:४१
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
विशेष पर्वतारोहण तालिम सञ्चालन गर्न पर्यटन बोर्डसँग यूएनडीपीकाे सम्झौता
विशेष पर्वतारोहण तालिम सञ्चालन गर्न पर्यटन बोर्डसँग यूएनडीपीकाे सम्झौता शुक्रबार, असार २६, २०८३
पर्यटन मन्त्रालयकाे  १०० दिनको उपलब्धि :हवाई टिकट अनलाइन र वालेटकाे दाबी
पर्यटन मन्त्रालयकाे १०० दिनको उपलब्धि :हवाई टिकट अनलाइन र वालेटकाे दाबी बुधबार, असार २४, २०८३
आधुनिक बाल उद्यान
आधुनिक बाल उद्यान मंगलबार, असार २३, २०८३
पूर्वी नेपालको पर्यटनमा गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायीकाे पहल
पूर्वी नेपालको पर्यटनमा गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायीकाे पहल सोमबार, असार २२, २०८३
कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना
कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना आइतबार, असार २१, २०८३
विदेशी पर्यटक बढे
विदेशी पर्यटक बढे शनिबार, असार २०, २०८३
ट्राभल तथा टुर व्यवसायीलाई कर र कानुनी अनुपालनासम्बन्धी तालिम  सम्पन्न
ट्राभल तथा टुर व्यवसायीलाई कर र कानुनी अनुपालनासम्बन्धी तालिम  सम्पन्न शुक्रबार, असार १९, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP