काठमाडौं - श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकल दुर्घटनामा परेका छन् । एक कार्यक्रमा सहभागी हुन कटारीबाट जाँदै गर्दा बीच बाटोमै साम्पाङ दुर्घटनामा परेका हुन् ।
उदयपुरको बेलकामा आयोजित एक कार्यक्रमा सहभागी हुन जाँदा अध्यक्ष साम्पाङको हातमा चोट लागेको र अवस्था सामान्य रहेको श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले जानकारी दिएका छन् । दुर्घटनापछि पनि उनी कार्यक्रमस्थलमा पुगेका थिए ।