Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • शिक्षाको महत्व बुझाउने ‘लालीबजार’
शिक्षाको महत्व बुझाउने ‘लालीबजार’
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ १५, २०८३

काठमाडौं- नेपाली चलचित्र ‘लालीबजार’ पछिल्ला दिनमा सम्मानित अदालतको आदेश, सम्बद्ध समुदायबाट आउने विरोध-समर्थन र एउटी आमाको सङ्घर्षको कथालगायत विषयवस्तुका कारण चर्चामा छ ।  

झट्ट नाम सुन्दा यो ‘पारिवारिक चलचित्र होइन’ की भन्ने पनि लाग्नसक्छ । नाममात्र होइन, चलचित्रको पहिलो सार्वजनिक गरिएको पोस्टरमा अभिनेत्री स्वस्तिमा खड्का शृङ्गारिएर ढोकामा उभिनुभएको थियो । एउटी गर्भवती ढोकामा सजिएर बस्नुले कलात्मक रुपमा धेरै तथ्यलाई चित्रण गरेको थियो । यद्यपि, चलचित्र प्रदर्शन भएपछि यो पूर्ण रुपमा पारिवारिक चलचित्र रहेको भनी दर्शकले प्रतिक्रिया दिइरहेका छन् ।

यस वर्ष प्रदर्शन भएका चलचित्रको तुलनामा घरेलु बजारमा सर्वाधिक व्यापार गरेका कारण प्रदर्शनको चौथो सातामा पनि यो चलचित्र हर्ने दर्शकको भिडभाड उत्तिकै देखिन्छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत शनिबारसम्म यसको व्यापार  पाँच करोड ७६ लाख रुपैयाँ पुगिसकेको छ ।

आमा र छोरीको कथामा चलचित्र केन्द्रित छ । शासकको शोषणलाई ‘प्रथा’ मानिरहेकी आमाले छोरीलाई शिक्षा दिलाउन गर्ने सङ्घर्ष चलचित्रको मुख्य विषयवस्तु हो । कुनै पनि समुदायमा शिक्षाको ज्योतिले ल्याउनसक्ने परिवर्तनलाई चलचित्रमा देखाइएको छ । वादी समुदायकी आमाले आफूविरुद्ध भएको शोषणको जानकारी शिक्षाका माध्यमले पाउँछिन् । त्यसपछि उनी आफ्नो अधिकारको लागि समाज र सामन्तसँग लडछिन् । चलचित्र निर्माण गर्नुको मुख्य उदेश्य नै शिक्षाले ल्याउने परिवर्तनलाई दृश्यभाषाका माध्यमले बुझाउनु रहेको अभिनेता रवीन्द्रसिंह बानियाँले बताए ।

Hardik health

उनले भने, “हामीले चलचित्र तयार गर्दा नै समुदायलाई कुनै पनि किसिमले ठेस नपुगोस् भनेर सजकता अपनाउँदै पटकथा तयार गरेका थियौँ । हाम्रो उदेश्य नै शिक्षाले जीवनमा ल्याउने परिवर्तन देखाउनु थियो । एउटा समुदायमा ‘प्रथा’ भनेर गरिएको शोषणलाई शिक्षाले नै हटाउन मद्दत गर्छ, हामीले दिएको सन्देश दर्शकसम्म स्पष्ट रुपमा पुगेको छ ।”

उनले कथामा रहेकी पात्र वादी समुदायको रहे तापनि चलचित्रले आमा र छोरीकै कथालाई मुख्य कथानक बनाएको बताए । सोही कारणले पनि होला पछिल्लो समय चलचित्र हेर्न आउनेमा विद्यार्थी बढी देखिन्छन् । विद्यालयले नै विद्यार्थी शिक्षाको महत्वबारे बुझाउन चलचित्र देखाइरहेका छन् । अभिनेता बानियाँले चलचित्रलाई केन्द्रीय चलचित्र जाँच समितिले ‘युनिभर्सल’ प्रमाणपत्र दिएका कारण सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने बताए।

“पछिल्लो समय म नेपालभर नै दर्शकसँग भेटघाट गर्न पुगेँ, सबै उमेर समूहका दर्शक चलचित्र हेर्न आएको पाएँ । यसपटक हामीले मनोरञ्जनसँगै चलचित्रमार्फत सन्देश पनि दिएका छौँ, जसले दर्शकमा सुक्ष्म रुपमा भए पनि प्रभाव पारेको छ । सोही कारण शिक्षक र विद्यालयले पनि चलचित्र हेराउन थालेका छन्”, अभिनेता बानियाँले भने ।

उक्त चलचित्रमा वादी समुदायकी महिलाको भूमिकामा अभिनेत्री खड्का देखिएका छन् । चलचित्रलाई वादी समुदायको पृष्ठभूमिमा रहेर तयार गरिए तापनि चलचित्र भने आमा र छोरीकै कथामा केन्द्रित रहेकी अभिनेत्री खड्काले बताइन् । “यो चलचित्रमा आमाले छोरीको रक्षाका लागि के सम्म गर्न सक्छिन् भन्ने देखाइएको छ । ‘प्रथा’ भनेर मानिएको परम्परागत चलन ‘कुप्रथा’ रहेछ भन्ने ज्ञान र त्यसविरुद्ध आवाज उठाउने आँट शिक्षाबाट प्राप्त भएको छ, यसकारण पनि यो सामाजिक दायित्व बोकेको एउटा चलचित्र हो”, अभिनेत्री खड्काले स्पष्ट गरिन् ।

उनले आफ्नो पात्रलाई तयार गर्न छायाङ्कन गरिएकै स्थल बर्दियामा पुगेर मान्छे भेटघाट गरेका थिए । आफ्नो पात्र वा चलचित्रको कथाले कुनै समुदायलाई चोट नपुर्‍याओस् भन्नेमा उनीसँगै सम्पूर्ण निर्माण समूह नै सजग थिए । सोही कारण चलचित्र प्रदर्शन अगाडि विवादमा आए तापनि वादी समुदायकै अभियन्ताले तारिफ गरेका छन् । वादी समुदायकै अभियन्ताका रुपमा चिनिएकी देविसरा वादी ‘हन्ना’ले चलचित्रले समुदायमा शिक्षा महत्वलाई प्रष्ट्याएको बताइन् ।

“मैले चलचित्रको पोस्टर हेर्दा कतै हाम्रो समुदायलाई ठेस पुग्ने कथा त छैन भन्ने सोचेकी थिएँ, तर चलचित्र हेरेपछि यो त हाम्रो समुदायले हेर्नैपर्ने रहेछ भन्ने लाग्यो । म पनि एक संस्थामार्फत हाम्रो समुदायको बालबालिकालाई शिक्षा दिने र रोजगारका लागि अब्बल बनाउने कार्यमा लागिरहेकी छु, यो सब शिक्षाकै कारण सम्भव भएको हो । त्यसैले गर्दा चलचित्रले दिएको सन्देश र हामीले समुदायको उत्थानका लागि गरिरहेको सङ्घर्ष मिलेको छ”, उनले भनिन्।

चलचित्र निर्माण गर्ने सल्लाह हुँदा नै यसलाई सन्देशमूलक र मनोरञ्जनात्मक बनाउन पटकथा लेखनमा धेरै समय खर्चिएको पटकथाकार प्रदीप भट्टराईले बताए । “यो चलचित्र हामीले जसका लागि बनाएका छौँ, वा जुन समुदायको कथा भनेका छौँ, उहाँहरूलाई आफ्नो लागोस् भनेर हामीले धेरै छलफल र सल्लाह गरेर पटकथा तयार गरेका थियौँ । झण्डै एक वर्ष हामीले पटकथामा छलफल गरेर विज्ञको सल्लाह लिएर,  स्थानीय जनता तथा सम्बद्ध क्षेत्रका अभियन्तासँग परामर्श गरेर चलचित्र छायाङ्कन गरेका थियौँ । चलचित्र निर्देशक र कथाकारको कल्पना पनि हो, तर हामीले तयार गर्दा यसलाई निकै सावधानीपूर्वक तयार गरेका छौँ”, पटकथाकार भट्टराईले भने।

चलचित्रको सार्वजनिक सामग्रीले गर्दा दर्शक पहिला पारिवारिक चलचित्र होकी होइन भन्नेमा द्विविधामा हुनुहुन्थ्यो, यद्यपि प्रदर्शनका दिनहरु बित्दै गएपछि दर्शकको चाँप झन् बढ्दो छ । आज शुक्रबारदेखि प्रदर्शनको चौथो सातामा प्रवेश गरेको चलचित्र ‘लालीबजार’ मा दर्शक बढिरहेका छन्, प्रदर्शकले देशभर १६० ‘शो’ उपलब्ध गराएका छन् । यसले गर्दा पनि चलचित्रले आगामी दिनमा घरेलुबजारमा दर्शकको राम्रो साथ पाउने अनुमान गर्न सकिन्छ ।

‘टल्क जङ्ग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरूष’, ‘महाजात्रा’जस्ता चलचित्र निर्माण गरेको षट्कोण आटर््सले निर्माण गरेको चलचित्र ‘लालीबजार’ मा अभिनेत्री खड्का, अभिनेता बानियाँ, विशाल देवकोटा, मुकुन्दकुमार श्रेष्ठ, प्रशंसा सुवेदी, बालकलाकार समाइरा थापालगायतको अभिनय रहेको छ । चलचित्रलाई यम थापाले निर्देशन गरेका हुन् ।
 


प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  १५:४६
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
नेपालमै पहिलो पल्ट साइन्स फिक्सन सिरिज ‘कुरू’को टिजर सार्वजनिक
नेपालमै पहिलो पल्ट साइन्स फिक्सन सिरिज ‘कुरू’को टिजर सार्वजनिक शुक्रबार, जेठ १५, २०८३
चीनका अवार्ड विजेता ६  फिल्म काठमाडौंमा प्रदर्शन हुने
चीनका अवार्ड विजेता ६  फिल्म काठमाडौंमा प्रदर्शन हुने शुक्रबार, जेठ १५, २०८३
रुकुमदेखि अमेरिकासम्म आयुष मगरको सांगीतिक यात्रा
रुकुमदेखि अमेरिकासम्म आयुष मगरको सांगीतिक यात्रा शुक्रबार, जेठ १५, २०८३
कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक
कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक बिहीबार, जेठ १४, २०८३
‘गौँथली’को टिजरमा के छ ?
‘गौँथली’को टिजरमा के छ ? बिहीबार, जेठ १४, २०८३
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै बिहीबार, जेठ १४, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP