Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • चीनका अवार्ड विजेता ६  फिल्म काठमाडौंमा प्रदर्शन हुने
चीनका अवार्ड विजेता ६  फिल्म काठमाडौंमा प्रदर्शन हुने
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ १५, २०८३

काठमाडौं - विभिन्न संस्करणको बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ठ ठहर भएका चिनियाँ चलचित्रहरू नेपालमा प्रदर्शन हुने भएका छन् । बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रवर्द्धन कार्यक्रम  ‘टियानतान अवार्ड प्यानोरामा‘ अन्तर्गत रहेर आगामी जुन २ देखि ४ सम्म ६ वटा अवार्ड विजेता चिनियाँ फिल्म काठमाडौंमा देखाइने भएको हो ।

चीन चलचित्र प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानसँग सहकार्य गरेर फिल्म प्रदर्शन गर्ने तय भएको हो । यसका लागि काठमाडौंस्थित चिनियाँ सास्कृतिक केन्द्रसहित त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र लुम्बिनी बुद्धिस्टका कन्फुसियस इन्स्टिच्युटहरूको पनि सहयोग रहेको छ।  

ठमेलस्थित छायाँ सेन्टरमा ६ वटै फिल्महरू सशुल्क प्रदर्शन गरिने आयोजक  नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ । चिनियाँ चलचित्र उद्योगसँग नेपाली चलचित्रकर्मीको सम्बन्ध विस्तार हुने उद्देश्यका साथ आफूहरू जोडिएको प्रतिष्ठानका अध्यक्ष केपी पाठकले बताए ।

अध्यक्ष पाठकले भने, ‘चिनियाँहरू नेपाली चलाचित्र बजारमा आकर्षित भइरहेको पाइन्छ । जसका कारण नेपाली चलाचित्रकर्मीहरूलाई चीन भ्रमण गराउने तथा चीनमा नेपाली चलचित्रको महोत्सव गराउने कार्यमा चिनियाँ सहयोग बढ्न थालेको छ । हामीले पनि चिनियाँ चलचित्रहरूलाई नेपाली दर्शकमाझ प्रदर्शनमा सहकार्य गरेर दुई देशका चलचित्रकर्मीबीच सम्बन्ध विस्तार होस् भन्ने पक्षमा केन्द्रित छौं । नेपाली चलचित्र चीनको ठूलो बजारमा प्रवेश गर्ने माध्यम यस्तै कार्यक्रमहरू उपयुक्त अवसर बन्न सक्छन् भन्ने ठानेर बिगत लामो समयदेखि हामी अभियानमा छौं र त्यो समय अब नजिक आयो भन्ने हामीलाई लागेको छ।’ 

Ncell
Hardik health

जनु २ (जेष्ठ १९) मा प्रदर्शन हुने फिल्म

कार्यक्रमको पहिलो दिन तीन फिल्म देखाइने तालिका रहेको छ । बिहान साढे ११ बजे सुरु हुने यस कार्यक्रममा पहिलो फिल्म 'ट्रयाप्'  प्रदर्शन हुने छ  जुन  सन् १९९५ मा चीनमा बन्दुक प्रतिबन्ध हुनुभन्दा एक वर्षअघि जेलबाट भागेको एक गुण्डाले सहरमा बिताण्डा मच्चाएको कथामा आधारित छन् । क्राइम थ्रिलर जनरामा बनेको यस फिल्मको निर्देशक सागर झाङ हुन् । यसले बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट पटकथा र सह-अभिनेताको अवार्ड जितेको थियो ।  निर्देसक झाङ्ग को दर्सक संग प्रश्नोत्तर पनि हुने जनाइएको छ। 

दिउँसो ३ बजे प्रदर्शन सुरु हुने झिहाई लिउद्वारा निर्देशित फिल्म ‘बियोन्ड द स्काइज’ युद्धको कथामा बनेको फिल्म हो । बेलुको ५ बजेबाट प्रदर्शन हुने फिल्म ‘समर डायरी’का निर्देशक वु शुआङ हुन् । आमाको खोजीमा निस्किएका एक पात्रको यात्रामा यो फिल्म बनेको छ ।

अन्य चलचित्र (जेष्ठ २०-२१)

रुई कुई र सियाङ लिउ निर्देशित फिल्म ‘लस्ट इन द स्टार प्रदर्शन हुने तालिका छ । यो फिल्म गर्भवती महिला हराएको रहस्यमी घटनामा आधारित छ । 'द स्याडोलेस टावर’ झाङ लु निर्देशित यस फिल्म प्रेम कथामा आधारीत छ । दाशाङ कोङ निर्देशित साइन्स फिक्सन फिल्म ‘जर्नी टु द वेस्ट’ प्रदर्शन हुनेछ । एलियनको खोजीको कथामा बनेको यो फिल्म ब्यङ्ग्यात्मक वृत्तचित्र शैलीमा बनेको छ ।


प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  १३:१०
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
शुक्रबार हलमा फिल्मको तात्ती, ‘पेन्सन पट्टा’लाई सर्वाधिक शो
शुक्रबार हलमा फिल्मको तात्ती, ‘पेन्सन पट्टा’लाई सर्वाधिक शो बिहीबार, भदौ २५, २०८३
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु बिहीबार, भदौ २५, २०८३
केएमसीका ३ हजार विद्यार्थीले हेरे ‘एक चिहान’
केएमसीका ३ हजार विद्यार्थीले हेरे ‘एक चिहान’ बिहीबार, भदौ २५, २०८३
सुदूरपश्चिम गाईजात्राको दोस्रो ‘सिजन’ हुँदै
सुदूरपश्चिम गाईजात्राको दोस्रो ‘सिजन’ हुँदै बिहीबार, भदौ २५, २०८३
चलचित्र कलाकार संघको ३८औँ स्थापना दिवसमा रक्तदान र राहत संकलन
चलचित्र कलाकार संघको ३८औँ स्थापना दिवसमा रक्तदान र राहत संकलन बुधबार, भदौ २४, २०८३
रसुवा बाढीपीडितलाई तामाङ कलाकार संघले ९ लाख सहयोग गर्ने
रसुवा बाढीपीडितलाई तामाङ कलाकार संघले ९ लाख सहयोग गर्ने बुधबार, भदौ २४, २०८३
फर्स्टलुक पोस्टरसहित बिजुको ‘अन्तिम दाउ’ घोषणा
फर्स्टलुक पोस्टरसहित बिजुको ‘अन्तिम दाउ’ घोषणा मंगलबार, भदौ २३, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP