Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • ‘एलिफेन्ट्स इन द फग’ का समूह नेपालमा
‘एलिफेन्ट्स इन द फग’ का समूह नेपालमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ ११, २०८३

काठमाडौं- विश्वप्रसिद्ध चलचित्र महोत्सव ‘कान्स चलचित्र महोत्सव २०२६’ मा सहभागी भएको चलचित्र ‘एलिफेन्ट्स इन द फग’ का कलाकार तथा निर्माण समूहलाई नेपालमा स्वागत गरिएको छ । 

उक्त चलचित्र महोत्सवमा ‘अन सर्टेन रिगार्ड विधा’ मा छनोट भएर पहिलो प्रदर्शनी (विश्व प्रिमियर) भएको नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ ले सोही विधामा निर्णायक पुरस्कार (जुरी अवार्ड) जित्न सफल भएको छ । फ्रान्समा सम्पन्न उक्त चलचित्र महोत्सवमा सहभागी भएर नेपाल फर्किनुभएका निर्देशक अविनाशविक्रम शाह, निर्माता अनुप पौडेल र कलाकार पुष्पा थिङ लामालाई सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले बधाई दिँदै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन्।

प्राप्त अन्तरराष्ट्रिय सम्मानले नेपाली चलचित्रको कथ्य, शिल्प र प्राविधिक सम्भावनालाई विश्वसामु थप स्पष्ट बनाएको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले बताए ।  उनले भने, “नेपाली कलाकर्मीले विश्व प्रख्यात चलचित्र महोत्सवमा सहभागी जनाउँदै अन्तरराष्ट्रिय उपलब्धिसहित नेपाल फर्किनु हाम्रो लागि सुखद पक्ष हो । हाम्रो कला, संस्कृतिसँगै प्राकृतिकस्थलको प्रचारका लागि पनि चलचित्र निकै महत्वपूर्ण छ । त्यसैले हामीले यस क्षेत्रको हितमा हुने कामहरूलाई अगाडि बढाई रहेका छौँ । हामीले कला र संस्कृतिका क्षेत्रमा सक्दो काम गर्ने योजना बनाएका छौँ ।”

Hardik health

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल नेपाली चलचित्र र नेपाली संस्कृतिलाई अन्तरराष्ट्रिय मञ्चमा गौरव गर्ने अवसर प्रदान गरेको बताउँदै चलचित्रकर्मीलाई बधाई दिए । उनले भने, “चलचित्रकर्मीहरू मुलुकका अवैतनिक सांस्कृतिकदूत हुनुहुन्छ । चलचित्रले अन्तरराष्ट्रिय मञ्चमा आफूलाई प्रस्तुत गरेर पुरस्कृत हुँदै गर्दा त्यो उपलब्धि उक्त चलचित्रकर्मीसँगै देशको हुन्छ, त्यसकारण हामी बधाई दिन उपस्थित भएका छौँ ।”

उक्त कार्यक्रममा चलचित्र ‘एलिफेन्ट्स इन द फग’ का निर्देशक अविनाशविक्रम शाहले चलचित्र निर्माण गर्दा अप्ठ्यारो भएता पनि देशमा पाएको सम्मानले आफूसहित सम्पूर्ण निर्माण समूह प्रोत्साहित भएको बताए । “यस किसिमको सम्मानले हामी चलचित्रकर्मीलाई प्रोत्साहन मिल्छ, म पनि प्रोत्साहित भएको छु । अब छिट्टै अर्को चलचित्र निर्माण गर्नेछु”, निर्देशक शाहले भने।

उक्त कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बोर्डले यसै साता सम्मान कार्यक्रम आयोजना गरी उक्त चलचित्रलाई  दुई लाख ५० हजार रुपैयाँसहित सम्मान गर्ने जानकारी दिए । उनले चलचित्र ‘एलिफेन्ट्स इन द फग’ को उपलब्धिले नेपाली चलचित्रलाई अन्तरराष्ट्रिय मञ्चमा नयाँ आत्मविश्वास दिएको बताए । 


 


प्रकाशित मिति: सोमबार, जेठ ११, २०८३  १४:५१
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
सविनको ‘कल्पना’मा प्रेम बिर्सन नसक्ने प्रेमीको कथा
सविनको ‘कल्पना’मा प्रेम बिर्सन नसक्ने प्रेमीको कथा सोमबार, जेठ ११, २०८३
छिन्नलता गीत पुरस्कार गुठीले वरिष्ठ गायक श्रेष्ठलाई सम्मान गर्ने
छिन्नलता गीत पुरस्कार गुठीले वरिष्ठ गायक श्रेष्ठलाई सम्मान गर्ने आइतबार, जेठ १०, २०८३
फिल्म ‘मितज्यू’ दर्शकले रुचाए:अभिनेत्री टेरिया फौजा
फिल्म ‘मितज्यू’ दर्शकले रुचाए:अभिनेत्री टेरिया फौजा आइतबार, जेठ १०, २०८३
‘कान्स फिल्म फेस्टिभल’ मा नेपालको उपस्थिति गौरवपूर्ण
‘कान्स फिल्म फेस्टिभल’ मा नेपालको उपस्थिति गौरवपूर्ण शनिबार, जेठ ९, २०८३
नयाँ सांगीतिक नेवारी गीत ‘बलमा माइचा हाकुमा दाइचा’ सार्वजनिक
नयाँ सांगीतिक नेवारी गीत ‘बलमा माइचा हाकुमा दाइचा’ सार्वजनिक शुक्रबार, जेठ ८, २०८३
मितेरी साइनोको कथामा आधारित ‘मितज्यू’
मितेरी साइनोको कथामा आधारित ‘मितज्यू’ बिहीबार, जेठ ७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP