Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • फिल्म ‘मितज्यू’ दर्शकले रुचाए:अभिनेत्री टेरिया फौजा
फिल्म ‘मितज्यू’ दर्शकले रुचाए:अभिनेत्री टेरिया फौजा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ १०, २०८३

काठमाडाैं- गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मितज्यू’ले बक्स अफिसमा अपेक्षित व्यापार गर्न नसकेको भए पनि दर्शकीय प्रतिक्रिया राम्रो पाएको छ । शुक्रबार र शनिबार काठमाडौंका विभिन्न हलमा भेटिएका प्रायः दर्शकले फिल्मको कथावस्तु र कलाकारहरूको अभिनयको प्रशंसा गरेका पाएकाे हाे ।

फिल्मले दिने सन्देश पनि राम्रो रहेको कतिपयको प्रतिक्रिया थियो ।  फिल्म प्रदर्शन भएसँगै अभिनेत्री टेरिया फौजा मगर काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकहरूको प्रतिक्रिया बुझिरहेकी छन् । उनी शनिबार दिउँसो ललितपुरको क्यूएफएक्स हलमा पुग्दा प्रायः दर्शकले उनको अभिनय र नृत्यको खुलेर प्रशंसा गरे । पहिलो फिल्म भए पनि उनको अभिनय नयाँ कलाकारजस्तो नदेखिएको धेरैको प्रतिक्रिया थियो । 

दर्शक प्रतिक्रियाले उत्साहित देखिएकी टेरिया विस्तारै आफ्नो डर हराउँदै गएको बताउँछिन् । उनी भन्छिन्, ‘फिल्म रिलिजअघि म निकै ‘नर्भस’ थिएँ । मेरो अभिनयलाई लिएर दर्शकबाट कस्तो प्रतिक्रिया आउला भनेर डराएकी थिएँ । अब चाहिँ त्यो डर विस्तारै हराएको छ । मलाई भेट्ने दर्शकहरूले ‘राम्रो अभिनय गर्ने रैछौ’ भन्नुभएको छ । मेरो लागि यो सबैभन्दा ठूलो खुसी हो ।’ 

Hardik health

फिल्म हेर्ने महिला दर्शकहरूले आफ्नो पात्रसँग ‘रिलेट’ गरेको समेत उनको भनाइ छ । ‘फिल्ममा मेरो पात्रमार्फत जसरी महिला सशक्तिकरणको विषय उठाइएको छ, त्यसमा महिलाहरूले आफूलाई ‘रिलेट’ गर्नुभएको छ । धेरैले फिल्म हेरेपछि ‘हामी पनि केही गर्न सक्छौं’ भन्ने महसुस भयो भनेर प्रतिक्रिया दिँदा ज्यादै खुसी लागेको छ । मैले सुन्न चाहेको पनि यही थियो,’ उनले भनिन् ।

फिल्मका मुख्य अभिनेता दयाहाङ राई पनि दर्शकीय प्रतिक्रियाले उत्साहित देखिएका छन् । शनिबार हल भ्रमणको क्रममा उनले भने, ‘फिल्ममा प्रयोग गरिएको ‘पोलिटिकल मेटाफोर’लाई प्रायः दर्शकले मन पराउनुभएको छ । जनयुद्धले कस्तोसम्म असर गरेको थियो भन्ने कुरा अहिलेको पुस्ताले बुझ्न पनि फिल्म हेर्नुपर्ने प्रतिक्रिया दर्शकले दिँदा आनन्द महसुस भएको छ ।’

मितेरी साइनो (मित लगाउने परम्परा)को कथामा बनेको ‘मितज्यू’मा दयाहाङ र टेरियासहित सौगात मल्ल, पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, स्मिता लामिछाने, अरुण पुन मगर, खड्गबहादुर पुन, सविन कट्टेल, अनु थापालगायतका कलाकारहरूको अभिनय रहेको छ । अनिल बुढा मगरको निर्देशनमा बनेको यस फिल्मका लगानीकर्ता जनक घर्ती मगर हुन् ।


प्रकाशित मिति: आइतबार, जेठ १०, २०८३  १६:३५
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
छिन्नलता गीत पुरस्कार गुठीले वरिष्ठ गायक श्रेष्ठलाई सम्मान गर्ने
छिन्नलता गीत पुरस्कार गुठीले वरिष्ठ गायक श्रेष्ठलाई सम्मान गर्ने आइतबार, जेठ १०, २०८३
‘कान्स फिल्म फेस्टिभल’ मा नेपालको उपस्थिति गौरवपूर्ण
‘कान्स फिल्म फेस्टिभल’ मा नेपालको उपस्थिति गौरवपूर्ण शनिबार, जेठ ९, २०८३
नयाँ सांगीतिक नेवारी गीत ‘बलमा माइचा हाकुमा दाइचा’ सार्वजनिक
नयाँ सांगीतिक नेवारी गीत ‘बलमा माइचा हाकुमा दाइचा’ सार्वजनिक शुक्रबार, जेठ ८, २०८३
मितेरी साइनोको कथामा आधारित ‘मितज्यू’
मितेरी साइनोको कथामा आधारित ‘मितज्यू’ बिहीबार, जेठ ७, २०८३
शुक्रबारदेखि फिल्म ‘काजी’ प्रदर्शन हुँदै
शुक्रबारदेखि फिल्म ‘काजी’ प्रदर्शन हुँदै बिहीबार, जेठ ७, २०८३
‘रोल नं १’का लागि भिडियो बनाउँदा ३० हजार पुरस्कार 
‘रोल नं १’का लागि भिडियो बनाउँदा ३० हजार पुरस्कार  बुधबार, जेठ ६, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP