Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास
जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ १०, २०८३

म्याग्दी- प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको सम्भावना उजागर गर्न र समस्या पहिचान गरी त्यसलाई सुल्झाउने प्रयास सुरु गरिएको छ । म्याग्दीको धवलागिरि गाउँपालिका-२ मा रहेको जलजलाको सम्भावना उजागर, समस्या समाधानका लागि साझा मुद्दा तय गरी जिल्ला, प्रदेश, सङ्घीय तहमा पहल गर्ने उद्देश्यले आइतबारदेखि सुरु भएको पर्यटन प्रर्वद्धन कार्यक्रम दुई दिनसम्म चल्नेछ ।

समुद्री सतहदेखि तीन हजार ४१८ मिटर उचाइमा रहेको र ढोरपाटन सिकार आरक्षमा समेटिएको जलजला म्याग्दीको धवलागिरि गाउँपालिकाको वडा नं २ को भूगोलमा पर्छ । धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले ढोरपाटन र जलजलाबाट म्याग्दीले लाभ लिने वातावरण सृजना गराउने उद्देश्यले म्याग्दीका जनप्रतिनिधि, निजी क्षेत्र, स्थानीय सरोकारवालाको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको जानकारी दिए । 

“बेनीदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना-खोरीया-मरेनी- जलजला-ढोरपाटन हुँदै पूर्वीरुकुमको तकसेरा जोड्ने सडकको मार्ग खुलेपछि सृजना भएको अवसरको सदुुपयोग र देखिएका समस्या समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गराउन कार्यक्रम गरिएको हो”, उनले भने, “सङ्घीय, प्रदेश सांसद, म्याग्दीका छवटै स्थानीय तह, जलजलासँग सरोकार राख्ने बागलुङको ढोरपाटन, पूर्वीरुकुमको पुथाउत्तरगङ्गा र भुुमे गाउँपालिकाका जनप्रतिनिधि, अगुवा र विज्ञहरूको उपस्थितिमा बृहत् छलफल गरी साझा धारणा र योजना तय गरिनेछ ।”

कार्यक्रममा सहभागी हुुन अतिथिहरू आज दिउँसो जलजलामा पुुगिसकेका छन् । सोमबार बिहान जलजला घोषणापत्र जारी गर्दै कार्यक्रम समापन गरिने तय भएको छ । गुर्जा, धवलागिरि, चुुरेन, पुथा, अन्नपूूर्ण हिमालको काँखमा समथर भूगोलमा रहेको जलजला ढोरपाटन सिकार आरक्षको ‘भ्यूप्वाइन्ट’ हो ।

Hardik health

नेपालको एकमात्र ढोरपाटन सिकार आरक्षको दुईवटा मनसुुन र बार्से ब्लकसहित १३ प्रतिशत भूगोल म्याग्दीमा परे पनि सलामी दस्तुुर नपाएको र गुर्जाघाटलगायत ठाउँमा रहेको सीमा विवादको समस्या समाधानका लागि सङ्घीय सरकारको ध्यानाकर्षण गराइने धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।

“गत फागुनमा मार्ग खुुलेको बेनीदेखि १२२ किलोमिटर दूरीमा रहेको तकसेरा जोड्ने सडकलाई स्तरोन्नति गरी मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्पका रूपमा विकास गराउन प्रदेश र सङ्घीय सरकारलाई दबाब दिन म्याग्दीको साझा मुद्दा तय हुुनेछ”, उनले भने, “जलजला घुुम्न आउने पाहुुनाहरूको सुविधा र सहजताका लागि पूर्वाधार तयार पार्न र सिकार आरक्ष वरपरका बस्तीका नागरिकले प्राकृतिक स्रोतसाधनको उपभोगमा भोगेको समस्या समाधानका लागि दबाब दिनलाई पनि सम्बन्धितस्थलमै कार्यक्रम गरिएको हो ।”

समथर पाटनको शान्त वातावरणमा, छिनछिनमा परिवर्तन हुने मौसम, शीतल हावापानी, पशु गोठहरूमा रमाउन पाउनुु जलजला उपत्यकाको विशेषता हो । समथर फाँटमा बसेर आँखै अगाडि देखिने हिमालको लर्कनले चित्रकारले कोरेको क्यानभासको आभास गराउँछ जलजलाबाट सिस्ने, पुथा, गुर्जा, मानापाथी, धवलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । बर्खायाममा पशुगोठ, वन्यजन्तु, समथर फाँट, पहाडी भूगोल, वनजङ्गल, वसन्त ऋतुमा गुराँसे जङ्गलको अवलोकन गर्न पाउनु यहाँको अर्को विषेशता हो ।

गुरिल्ला र म्याग्दी हुँदै डोल्पा जाने पदमार्गमा पर्ने जलजलामा बस्ती, होटल र रेष्टुरेन्ट छैन । म्याग्दीको लुलाङका फुलबहादुर विकले गोठमा पाहुनालाई खाना खुवाउने र बसोबासको व्यवस्था मिलाउँदै आउनुभएको छ । च्याउ, टुसाका परिकार, ढकायोको सागको अचार, गाईभैँसीको दूध, दही, भेडा र खसीको मासु गोठस्टेका परिकार हुन् । क्याम्पिङ गर्ने पर्यटकले आफैँ बन्दोबस्तीको सामान लगेर जानुपर्छ । 

ढोरपाटनको पाखाथरबाट जलजलासम्म पुग्न कच्ची सडकमा जिप र मोटरसाइकलमा करिब एक घण्टा तीन मिनेट यात्रा गर्नुपर्छ । धवलागिरि गाउँपालिकाको केन्द्र मुनादेखि जिप र मोटरसाइकलमा दुई घण्टाको यात्रापछि जलजला पुगिन्छ । जलजला क्षेत्रको जङ्गलमा दुर्लभ वन्यजन्तु हाब्रे (रेडपाण्डा)को बासस्थान भएकाले थप महत्त्व रहेको छ ।

दुईतर्फबाट पैदलयात्रा गरेर जलजला पुग्न पाँचदेखि छ घण्टा लाग्छ । जलजला धवलागिरि गाउँपालिकाको मुना, दर, फलियागाउँ, लुलाङ, लमसुङ, खोरिया र मरेनीका बासिन्दाको चरन क्षेत्र हो । यस वर्ष धवलागिरि गाउँपालिकाले जलजलामा सार्वजनिक शौचालयलगायत पर्यटकीय पूर्वाधार निर्माण गरेको छ । आवास र खानेपानी अभाव जलजलाको मुख्य समस्या बनेको छ ।



 


प्रकाशित मिति: आइतबार, जेठ १०, २०८३  १५:३६
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
चीनको ग्वाङ्झाउ नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ सम्मान
चीनको ग्वाङ्झाउ नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ सम्मान आइतबार, जेठ १०, २०८३
भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा
भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा शनिबार, जेठ ९, २०८३
पर्यटक लोभ्याउँदै मेचीपारिको ‘नेपाल पार्क’
पर्यटक लोभ्याउँदै मेचीपारिको ‘नेपाल पार्क’ शनिबार, जेठ ९, २०८३
निकुञ्‍ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे
निकुञ्‍ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे शुक्रबार, जेठ ८, २०८३
मुस्ताङ भित्रिए दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक
मुस्ताङ भित्रिए दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक बिहीबार, जेठ ७, २०८३
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा बिहीबार, जेठ ७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP