Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?
अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ १०, २०८३

गण्डकी- पर्यटकीय राजधानी पोखरामा आधुनिक बसपार्क बनाउने योजना ५० वर्षदेखि अधुरै छ । बसपार्कका लागि विसं २०३२ मा अधिग्रहण गरिएको जग्गा उल्टो अतिक्रमणमा परेर साँघुरिँदै गएको छ । 

पोखरा उपत्यका नगर विकास समितिले बसपार्कका लागि सुरुमा २०५ रोपनी जग्गा अधिग्रहण गरेको थियो । समयमा बसपार्क नबन्दा उक्त जग्गा अतिक्रमणमा परेर अहिले झण्डै ६० रोपनीमा मात्र सीमित भएको छ ।  बचेखुचेको जग्गामा पनि व्यवस्थित ढङ्गले बसपार्क सञ्चालन हुन सकेको छैन । जग्गा अतिक्रमण गरी बनाइएका घरटहराले बसपार्क क्षेत्र ढाकिएको छ । फोहोरको दुर्गन्ध र बिजुलीका जीर्ण पोल त्यसमा लत्रिएका तार अनि धुलाम्मे सडक । पानी जमेका खाल्डाखुल्डी । न व्यवस्थित टिकट काउण्टर न बस राख्ने ट्रयाक । अस्तव्यस्त पार्किङ । पोखरा बसपार्कको अवस्था झल्काउने दृश्य हुन् यी । जीर्ण र अव्यवस्थित बसपार्कले पर्यटकीय राजधानी पोखरालाई गिज्याइरहेको भान मिल्छ । 

पोखरा महानगरपालिका-९ पृथ्वीचोकमा रहेको बसपार्कको जग्गा अतिक्रमण हटाएर सुविधासम्पन्न बसपार्क बनाउन पटकपटक गरिएको प्रयास सफल हुन सकेको छैन । बसपार्कका लागि अधिग्रहण गरिएको जग्गामा स्थानीयवासी, पुरानो विमानस्थल बनाउँदा सारिएका र सुकुम्बासी परिवारको बसोबास छ । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको बसपार्कको जग्गा पटकपटक अतिक्रमणमा पर्दै आएको पोखरा-९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताए । 

उनका अनुसार बसपार्क क्षेत्रमा बसोबास गरिरहेका ५७५ भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी परिवारले वडामा विवरण बुझाएका छन् । महानगरपालिकाले यसअघि वितरण गरिएको निस्साको प्रतिलिपि, घरमुली र परिवारका सदस्यको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, घरमुली र परिवारका अन्य सदस्यको नाता प्रमाणित वा घरमुली आफैले नाता खुलाएको स्वःघोषणापत्र बुझाउन केही दिनअघि सार्वजनिक सूचना गरेको थियो । 

Hardik health

पोखरा बसपार्कभित्र बसोबास गरिरहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको टोल सहजीकरण समितिका संयोजक असिम तामाङले बसपार्कको जग्गा खाली गराउनुपूर्व सुकुम्बासीहरुको उचित व्यवस्थापन हुनुपर्ने बताए । “महानगरप्रमुखज्यूसँग हाम्रो दुईपटक छलफल भयो, उनले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको छानबिन गरी वास्तविक सुकुम्बासीको उचित व्यवस्थापन गरेर मात्र बसपार्क निर्माणको प्रकृया अगाडि बढाइने आश्वासन दिनुभएको छ”, संयोजक तामाङलले भने । 

बसपार्क निर्माणमा आवश्यक सहयोग र सहजीकरण गर्न आफू तयार रहेको उनको भनाइ छ । पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछानेले सुरुमा अधिग्रहण गरिएको २०५ रोपनीमध्ये पृथ्वी राजमार्गको निर्माणपछि कायम भएको १८७ रोपनी जग्गामै बसपार्क बनाउनुपर्ने बताए । “बसपार्क क्षेत्रको सबै जग्गामा बसपार्क बनाउनुपर्छ, कसैलाई त्यही राख्ने, कसैलाई हटाउने गर्नुहुँदैन”, उनले भने, “बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन राज्यले गर्नुपर्छ ।”

आफू समितिको नेतृत्वमा छँदा विसं २०६४ मै आधुनिक बसपार्क निर्माणको योजना अगाडि बढाए पनि विविध कारणले बसपार्क बन्न नसकेको उनको भनाइ छ । पर्यटनका माध्यमबाट नेपाललाई अन्तरराष्ट्रिय जगतमा चिनाएको पोखरामा स्तरीय बसपार्क बन्न नसकेमा स्थानीय यातायात र पर्यटन व्यवसायीको दुःखेसो छ । यातायात व्यवसायी योगेन्द्र केसीका अनुसार पोखरा बसपार्क भएर दैनिक झण्डै ३०० सवारी देशका विभिन्न गन्तव्यमा गुड्छन् । गण्डकी प्रदेशको राजधानी पोखरासँग ६३ जिल्ला यातायात सञ्जाल जोडिएको छ । 

बसपार्कमा ढलान, पार्किङ ट्रयाक, यात्रु विश्राम कक्ष निर्माण, शौचालय, खानेपानीलगायत पूर्वाधारको खाँचो छ । यातायात व्यवसायीले पोखरा महानगरपालिका र प्रदेश सरकारसमक्ष पटकपटक बसपार्क स्तरोन्नतिको माग गर्दै आएका छन् । बसपार्क अस्तव्यस्त भएपछि गाडीले राजमार्ग छेउछाउबाटै यात्रु चढाउने र ओराल्ने गर्छन् । टिकट काउण्टर पनि बाहिरी सडकमा छन् । अहिलेसम्म बसपार्कलाई चाहिने कुनै पनि पूर्वाधार बन्न सकेको छैन । तीव्र सहरीकरण र सवारीसाधनको चापलाई दृष्गिगत गरेर पोखरामा आधुनिक सुविधायुक्त बसपार्क बनाउनुपर्ने आवाज उठ्दै आएको छ । 

बसपार्क नबन्दा ट्राफिक व्यवस्थापन पनि चुनौती थपिएको छ । जथाभावी सवारीसाधन पार्किङ र यात्रु चढाउने/ओराल्ने गर्दा पृथ्वीचोक क्षेत्र अस्तव्यस्त देखिन्छ । कति जग्गा घडेरीका रुपमा बिक्री भयो, कति अतिक्रमणमा प¥यो भन्ने एकिन तथ्याङ्क कुनै निकायसँग छैन । पोखरा महानगरपालिका र नगर विकास समितिले बसपार्क निर्माणको प्रकृयालाई अगाडि बढाउन अतिक्रमित जग्गा खाली गराउन पहल अगाडि बढाएका छन् । 

महानगरले गत वैशाखमा ४ गते सार्वजनिक सूचनामार्फत बसपाकभित्रका अतिक्रमित संरचना हटाउन निर्देशन दिएको थियो । ३५ दिने उक्त सूचनाको अवधि शनिबार सकिएपछि पोखरा उपत्यका नगर विकास समितिले शनिबार अर्को सूचना जारी गरेको छ । समितिले पोखरा बसपार्क क्षेत्रभित्र रहेका पसल कबललगायत सबै संरचना १५ दिनभित्र हटाउन निर्देशन दिएको हो ।  

पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी राजमार्गदेखि दक्षिण, विमानस्थलदेखि उत्तर र पूर्वमा सेती नदी क्षेत्रमा निर्माण गरिएका पसल कबललगायत संरचना हटाई पोखरा बसपार्क निर्माणको प्रकृयामा सहजीकरण गर्न व्यवसायीहरुलाई सूचित गरिएको हो । तोकिएको मितिभित्र संरचना नहटाएमा समिति आफैले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुल उपर गरिने सूचनामा उल्लेख छ । 

समितिले बसपार्क क्षेत्रभित्र लालपूर्जा भएका जग्गाधनीलाई सात दिनभित्र नागरिकताको प्रमाणपत्र, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि, चाल आवको सम्पत्ति÷भूमिकर तिरेको रसिद र जग्गासम्बन्धी प्रमाण पुग्ने अन्य कागजात समितिको कार्यालयमा बुझाउन निर्देशनसमेत दिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बसपार्कको अतिक्रमित जग्गा खाली गराई बसपार्क निर्माणको प्रकृयालाई अगाडि बढाइने बताए । 

“भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका नाममा झण्डै ५०० परिवार बसपार्कको जग्गामा घरटहरा बनाएर बस्नुभएको छ, उहाँहरुको वास्तविक अवस्था छानबिन गर्दैछौँ, सुकुम्बासीलाई उचित व्यवस्थापन गछौँ”, उनले भने, “बसपार्क बन्नुपर्छ भन्नेमा सर्वपक्षीय र सर्वदलीय सहमति छ, बसपार्कको गुरुयोजना पनि बनिसकेको छ, अतिक्रमित जग्गा खाली गराएर बसपार्क बनाउँछौँ ।” 

प्रमुख आचार्यले राजनीतिक दल, नागरिक समाज, यसबीचमा भूमिहीन दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासी, व्यवसायीलगायतसँग जग्गा अतिक्रमण हटाएर बसपार्क बनाउने विषयमा छलफल गरेका छन् । महानगरपालिकाले पोखराको मध्यभाग भएर बग्ने फिर्केखोलाको अतिक्रमित जग्गा पनि आइतबारदेखि खाली गराउन सुरु गरेको छ ।  पोखरा-१८ अँधेरीकुनादेखि २, ४, ५, ७, ८, १७ हुँदै वडा नं. ६ गाईघाट पुगेर फेवातालमा मिसिने पिर्केखोलाको खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचना हटाइने भएको हो । 

यसअघि गत वैशाख ४ गते सार्वजनिक सूचनामार्फत ३५ दिनभित्र फिर्केखोला खोलाघरभित्रका संरचना हटाउन महानगरले सार्वजनिक रूपमा सूचित गरेको थियो । उक्त सूचनाका आधारमा केही व्यक्ति तथा संस्थाले अतिक्रमित संरचना आफैँ हटाएका छन् । पिर्केखोलाको खोलाघर क्षेत्रलाई आकर्षक गन्तव्यस्थल बनाउने महानगरको योजना छ । 
 


प्रकाशित मिति: आइतबार, जेठ १०, २०८३  ११:४५
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
ट्राफिक कारबाही : २४ घण्टामा चार लाख ७९ हजार राजस्व संकलन
ट्राफिक कारबाही : २४ घण्टामा चार लाख ७९ हजार राजस्व संकलन आइतबार, जेठ १०, २०८३
चीनमा नेपाललाई ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’ को सम्मान
चीनमा नेपाललाई ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’ को सम्मान आइतबार, जेठ १०, २०८३
चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुंगाेला पुनःसञ्चालन
चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुंगाेला पुनःसञ्चालन शनिबार, जेठ ९, २०८३
भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा
भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा शनिबार, जेठ ९, २०८३
पर्यटक लोभ्याउँदै मेचीपारिको ‘नेपाल पार्क’
पर्यटक लोभ्याउँदै मेचीपारिको ‘नेपाल पार्क’ शनिबार, जेठ ९, २०८३
एक हजार ९२२ जना सवारी चालक कारबाहीमा
एक हजार ९२२ जना सवारी चालक कारबाहीमा शनिबार, जेठ ९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP