Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • गगनको ‘पेल्ने रणनीति’ले कांग्रेस विभाजनको डिलमा
गगनको ‘पेल्ने रणनीति’ले कांग्रेस विभाजनको डिलमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ १०, २०८३

 

 

पार्टीभित्र देखिएका विमतिहरूलाई सम्बोधन गर्ने सभापतिका रूपमा मेरो आफ्नो जिम्मेवारी हो । यो जिम्मेवारी मैले निर्वाह गर्नुपर्छ र गरिरहेको पनि छु ।
गगन थापा
सभापति, नेपाली कांग्रेस

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापामाथि पार्टी एकता जोगाउने दबाब बढेको छ । कांग्रेस नेताहरुले पार्टी एकतालाई कायम राख्ने कि फुटतर्फ धकेल्ने भन्ने थापाको कदममा निर्भर हुने बताएका छन् । सभापति थापा ‘पेल्ने रणनीति’मा अगाडि बढ्दा पार्टी फुट रोक्न नसक्ने अवस्थामा पुगेको नेताहरु बताउँछन् ।  

Hardik health

 

सबैलाई समेटेर अघि बढ्ने नीति नै कांग्रेसलाई बलियो बनाउने बाटो हो । नेतृत्वले ध्यान दिनुपर्छ ।
डा. शशांक कोइराला
पूर्वमहामन्त्री

सभापति थापाले भने आफू पार्टी एकता जोगाउन क्रियाशील रहेको बताएका छन् । शनिबार कोशी प्रदेशको राजधानी विराटनगरस्थित कोइराला निवास पुगेर सभापति थापाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीभित्रका असन्तुष्टिलाई सम्बोधन गर्दै पार्टी एकता कायम राख्नु आफ्नो मुख्य कार्यभार भएको स्वीकार गरे । ‘नेपाली कांग्रेस पार्टीभित्र देखिएका विमतिहरूलाई सम्बोधन गर्ने सभापतिका रूपमा मेरो आफ्नो जिम्मेवारी हो । यो जिम्मेवारी मैले निर्वाह गर्नुपर्छ र गरिरहेको पनि छु,’ उनले भने ।

थापाले अहिले पार्टीका केही नेताहरू पार्टीबाहिर रहेको बताउँदै उनीहरूलाई केन्द्रीय समितिमा बसेर काम गर्न आह्वानसमेत गरे । ‘केही साथीहरू, नेताहरू केन्द्रीय समितिभन्दा बाहिर हुनुहुन्छ । म उहाँहरू सबैलाई केन्द्रीय समितिभित्र आएर काम गर्नका निम्ति विशेष अनुरोध गरिरहेको छु,’ उनले भने, ‘आउने साथीहरूका लागि वातावरण हामी बनाइरहेका छौं । अब तिम्रो अनुहारै मन पर्दैन भने त बेग्लै कुरा हो ।’

थापाले हालै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहमा रहेका केही नेतालाई केन्द्रीय समितिमा मनोनीत गरेपछि पार्टीभित्रको विवाद झनै चुलिएको छ । खड्काले गृहजिल्ला सुर्खेतको वीरेन्द्रनगर पुगेर पार्टी विभाजनको डिलमा पुगेको बताएका छन् । सभापति थापा अहंकारी भएको र उनी पेलेर अघि बढेको भन्दै पार्टी एकता कायम रहने सम्भावना क्षीण बनेको उनको निष्कर्ष छ । 

उनले भनेका छन्, ‘गगन थापा सानेपाकोमात्रै सभापति हुनुभयो ।’ खड्काको यो भनाइले कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवाको लिगेसी रहेको खड्का समूहलाई सभापति थापाले ‘बाइकट’ गरेको भनेका हुन् । 
यसबीच कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्रको एकता र सुदृढीकरणका लागि गम्भीर गृहकार्य र संवादको आवश्यकता रहेको बताएका छन् । शनिबार पोखरामा आयोजित भेलालाई सम्बोधन गर्दै उनले पार्टीलाई एक ढिक्का बनाउन वैचारिक छलफल र ठोस पहल जरुरी रहेको बताएका हुन् । उनले कांग्रेस फुटे देश अन्धकारमा पर्ने दाबीसमेत गरे । ‘पार्टी एक नभएसम्म नेपाली कांग्रेसकोमात्र होइन, नेपालको भविष्य नै अन्धकारतर्फ जान्छ,’ उनले भने ।

उनले खड्कापक्षलाई पनि समेट्नुपर्ने भन्दै कांग्रेसलाई बलियो बनाउने दिशामा सभापति थापाको ध्यान जानुपर्ने बताए । ‘सबैलाई समेटेर अघि बढ्ने नीति नै कांग्रेसलाई बलियो बनाउने बाटो हो । नेतृत्वले ध्यान दिनुपर्छ,’ कोइरालाले भने ।  विशेष महाधिवेशनबाट सभापति भएपछि असन्तुष्ट नेता खड्कासँग थापाले दुई साताअघि भेट गरेका थिए । साथमा उपसभापति विश्वप्रकाश शर्मा पनि थिए । उक्त भेटले दुई पक्षबीच संवादहीनता तोड्यो तर पार्टी एकताबद्ध राख्ने मामिलामा थप प्रगति भएन । 

सभापति थापाले खड्का पक्षका शीर्षस्थ नेताहरूलाई बेवास्ता गर्दै केही कनिष्ठ नेताहरूलाई केन्द्रीय समितिमा मनोनीत गरेपछि कांग्रेस एकताबद्ध रहने माहोल थप बिग्रिएको असन्तुष्ट नेताहरु बताउँछन् । पार्टी एकता विरोधी माहोल बन्दै गएपछि थापापक्षीय नेताहरू पनि गम्भीर चिन्तामा देखिएका छन् । 

थापा नरम भएर असन्तुष्ट खड्कापक्षीय सबै नेतालाई समेटेर महाधिवेशनमा लाने वातावरण निर्माण गर्न तयार भए निश्चितजस्तै देखिएको पार्टी विभाजन रोकिन सक्ने उनीहरूको मत छ । ‘उहाँको नेचर पेलेर जाने नै हो । यो संकटपूर्ण अवस्थामा त्यस्तो प्रवृत्ति पार्टी एकता कायम गर्ने मामिलामा घातक हुन्छ,’ थापापक्षीय एक जना पूर्वसहमहामन्त्रीले प्रभावसँग भने, ‘हामीले उहाँलाई यसरी त चिज बिग्रिन्छ, नम्र भएर सबैलाई मिलाएर लानुपर्छ, त्यसमा सबैको भलो हुन्छ भनेर सुझाव दिएका छौं ।’

देशकै पुरानोमध्येको दल कांग्रेस गत वर्षको पुस अन्तिम साता भएको विशेष महाधिवेशनपछि एकता संकटमा गुज्रिएको छ । सोही विशेष महाधिवेशनले तत्कालीन सभापति शेरबहादुर देउवालाई अपदस्त गरेको थियो । नयाँ सभापतिको रूपमा थापा आएका हुन् । उनले पार्टीलाई एकताबद्ध गर्ने सन्दर्भमा ठोस कदम चाल्न सकेका छैनन् । 

यस्तोमा कांग्रेसको कोशी प्रदेश समितिले शनिबार नै पार्टीलाई एकताबद्ध पार्न सबै पक्षको सार्थक पहल आवश्यक रहेको औंल्याएको छ । खड्कापक्षीय कांग्रेस नेताहरूको गण्डकी प्रदेशस्तरीय भेलाले भने सभापति थापाकै कारण कांग्रेस विभाजनतिर जाने चिन्ता प्रकट गरेको छ ।
 


प्रकाशित मिति: आइतबार, जेठ १०, २०८३  ११:२७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमालेको केन्द्रीय सचिवालय बैठक सुरु 
एमालेको केन्द्रीय सचिवालय बैठक सुरु  आइतबार, जेठ १०, २०८३
नेतृत्व छाड्ने दबाबमा ओली
नेतृत्व छाड्ने दबाबमा ओली आइतबार, जेठ १०, २०८३
सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री डा तिमिल्सिना
सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री डा तिमिल्सिना शनिबार, जेठ ९, २०८३
प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपा सहकार्य गर्दै
प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपा सहकार्य गर्दै शुक्रबार, जेठ ८, २०८३
एमाले सचिवालय बैठक बस्दै
एमाले सचिवालय बैठक बस्दै शुक्रबार, जेठ ८, २०८३
गगन थापाको ‘छटपटाहट’बारे मनिष मिश्रको टिप्पणी : समयअनुकूल निर्णय आवश्यक
गगन थापाको ‘छटपटाहट’बारे मनिष मिश्रको टिप्पणी : समयअनुकूल निर्णय आवश्यक बिहीबार, जेठ ७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP