Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #प्रथम_अधिवेशन
  • #सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेश
  • #फिफा विश्वकप २०२६
  • #ईपीएस
  • #दक्षिण कोरिया
  • #फाराम_शुल्क_वृद्धि
  • #दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘कान्स फिल्म फेस्टिभल’ मा नेपालको उपस्थिति गौरवपूर्ण
‘कान्स फिल्म फेस्टिभल’ मा नेपालको उपस्थिति गौरवपूर्ण
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, जेठ ९, २०८३

काठमाडौं- काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले यस वर्ष ‘कान्स फिल्म फेस्टिभल’मा नेपालको उपस्थिति नेपालीले गौरव गर्ने स्तरमा पुगेको बताएकी छन् । 

फेस्टिभलमा भाग लिएर स्वदेश फर्किएपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले, फेस्टिभलमा अविनाशविक्रम शाहले निर्देशन गरेको नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग (तिनीहरू)’ले अनसर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ प्राप्त गर्नुले नेपाली चलचित्र तथा रचनात्मक उद्योग र कला क्षेत्रको उचाइ अझ अग्लिएको उनले भनिन् ।  

“नेपाली चलचित्र वल्र्ड प्रिमियर हुँदा कलाकारसँगै बसेर चलचित्र हेर्दा गौरव अनुभूति भयो । चलचित्रले लगातार सात मिनेटसम्म ‘स्टयान्डिङ ओभेसन’ (लगातार ताली) प्राप्त गरेको थियो । सबै दर्शक ‘इमोसनल’ हुनुभएको थियो,” प्रिमियरको कुरा सुनाउँदै उनले भनिन्, “फेस्टिभलको इतिहासमा नेपाली चलचित्रलाई प्राप्त भएको यो पहिलो अवसर फुटबलप्रेमीहरूका लागि विश्वकपमा जिते जत्तिकै महत्त्वपूर्ण र ऐतिहासिक बन्यो । यो स्थान हासिल गर्नका लागि अथक प्रयत्न गर्नुपर्दा अगाडिका कलाकार र पर्दा पछाडि निर्माण तथा सिर्जनामा काम गर्ने सबैप्रति हामी आभार र कृतज्ञता प्रदान गर्न चाहन्छौँ ।” 

Hardik health

महोत्सवमा सम्बन्धका विषयमा उनले भने, “कामपाले आयोजना गर्ने फिल्म फेस्टिभलको विषय कान्स महोत्सवमार्फत अन्तरराष्ट्रिय मञ्चमा पु¥याउनु, चलचित्र विधाका नगरहरूका बीचमा आपसी सम्बन्ध, सिकाइ तथा प्राविधिक क्षमता आदानप्रदानको विषय प्रवेश हुनु हामी सबैका लागि सुखद कुरा हो । अन्तरराष्ट्रिय स्तरको ज्ञान, सीप र अनुभवको उपयोग तथा फिल्म महोत्सवमार्फत हामी रचनात्मक उद्योगसँग सम्बन्धित क्षेत्रको सन्तुलित विकास गराउन चाहन्छौँ ।” 

फ्रान्सको कान्स नगरका प्रमुख डेभिड लिसनार्डको निमन्त्रणा गएको आइतबार फ्रान्स प्रस्थान गरेकि डङ्गोलले लिसनार्डलाई काठमाडौँ चलचित्र महोत्सवमा सहभागी हुन निमन्त्रणा दिएकी छन् । 

फेस्टिभलमा चलचित्र उत्पादनसँग सम्बन्धित प्रविधि र प्राविधिक स्थलको अवलोकन, यी विषयमा नगरका प्रमुखहरू तथा रचनात्मक उद्योग क्षेत्रका अधिकारीहरूसँग आपसी सिकाइ, भोगाइ तथा अनुभव आदानप्रदान भएको थियो । चलचित्रबाट गीत, सङ्गीत, साहित्य, फेसन, खाना  कला, शैली र शिल्पलाई रचनात्मक उद्योगमा विकसित गर्ने सम्भावनाका विषयमा कुराकानी भएको थियो । स्थानीय समुदायदेखि अन्तरराष्ट्रिय चलचित्रलाई सिर्जनात्मक उद्योगमा जोड्ने, शिक्षा तथा प्राज्ञिक क्षेत्र, पेसाकर्मीको सहभागिता, आपसी सीप हितका विषय भेट र छलफलमा समेटिएका थिए । 

कान्स र काठमाडौँ दुवै संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को ‘क्रिएटिभ सिटी’को चलचित्र विधाका सदस्य नगर हुन् । 


 


प्रकाशित मिति: शनिबार, जेठ ९, २०८३  १६:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नयाँ गीत “फोटो क्लिक” सार्वजनिक
नयाँ गीत “फोटो क्लिक” सार्वजनिक बुधबार, असार २४, २०८३
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक सोमबार, असार २२, २०८३
‘असारे घाँसे जुहारी’ सार्वजनिक
‘असारे घाँसे जुहारी’ सार्वजनिक सोमबार, असार २२, २०८३
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव आइतबार, असार २१, २०८३
गम्भीर विषयमा सरल प्रस्तुति ‘गौँथली’
गम्भीर विषयमा सरल प्रस्तुति ‘गौँथली’ बिहीबार, असार १८, २०८३
 ‘माया बस्ला है’ बाेलकाे नयाँ गीत सार्वजनिक
 ‘माया बस्ला है’ बाेलकाे नयाँ गीत सार्वजनिक मंगलबार, असार १६, २०८३
‘जलाकी’को दुई पोस्टर सार्वजनिक, मंसिर ४ गते प्रदर्शनमा आउने
‘जलाकी’को दुई पोस्टर सार्वजनिक, मंसिर ४ गते प्रदर्शनमा आउने सोमबार, असार १५, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
वैदेशिक रोजगारीलाई एजेण्टमुक्त बनाउने ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ अभियान
वैदेशिक रोजगारीलाई एजेण्टमुक्त बनाउने ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ अभियान
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP