Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #विश्व दूरसञ्चार तथा सूचना समाज दिवस
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #पुष्पकमल दाहाल ‘प्रचण्ड
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • पर्यटक लोभ्याउँदै मेचीपारिको ‘नेपाल पार्क’
पर्यटक लोभ्याउँदै मेचीपारिको ‘नेपाल पार्क’
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, जेठ ९, २०८३

झापा- भद्रपुरलाई भारतको सीमावर्ती सहर गलगलियासँग जोड्ने मेची पुलको पूर्वी प्रवेशद्वारमा निर्माण गरिएको ‘नेपाल पार्क’ नयाँ पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । भद्रपुर नगरपालिका-७ स्थित मेचीपारिको नेपाली भू-भागमा अवस्थित यो पार्क भारतका पश्चिम बङ्गाल र विहार प्रान्तबाट नेपाल भित्रिने मुख्य नाकामै निर्माण गरिएको हो ।

पार्कमा नेपाल अङ्कित अक्षरको कलात्मक आकृति, भगवान गौतम बुद्धको सुनौलो प्रतिमा, मनमोहक फोटो पोइन्ट, आरामदायी फलैँचा, फरफराउँदो नेपालको राष्ट्रिय झण्डा र मुलुकका प्रमुख पर्यटकीयस्थल समेटिएको होर्डिङ बोर्ड राखिएको सामाजिक अभियन्ता रोयल सञ्जयले जानकारी दिए ।

यहाँको मेची नदीमा निर्मित पक्की पुलको शतप्रतिशत भाग नेपाली भूमिमा पर्दछ भने पुलपारिको सडक र खेत पनि नेपाली भू-भाग नै हुन् । मेचीपारिको यही विशेष भूगोलमा बनेका कारण यस पार्कले नाकाबाट आवतजावत गर्ने दुवै देशका नागरिकका साथै तेस्रो मुलुकका पर्यटकको ध्यान खिच्ने गरेको छ ।

गत वैशाख १ गते विधिवत उद्घाटन गरिएको यस पार्कमा राखिएको होर्डिङ बोर्डमा सगरमाथा, पशुपतिनाथ, लुम्बिनी, फेवाताल, कचनकबल, किचकबध र बडिमालिकाजस्ता देशका प्रमुख धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलका तस्बिर सजाइएको छ ।  

Hardik health

पार्कमा कङ्क्रिटबाट आकर्षक ‘नेपाल’ आकृति बनाइएको छ, जहाँ पुगेर आगन्तुक फोटो भिडियो खिचाउँदै रमाउने गर्छन् । पार्क नजिकै नाकाको सुरक्षा र व्यवस्थापनका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सारका प्रतिनिधि परिचालित छन् ।

पार्क निर्माणको परिकल्पना र नेतृत्व गर्नुभएका अभियन्ता सञ्जयका अनुसार स्थानीय दाताको स्वेच्छिक सहयोगमा करिब  दुई लाख ५० हजार रुपैयाँको लागतमा यो संरचना तयार भएको हो । यसका लागि उनी आफैँले श्रमदान गरेका थिए।

“मेची पुलपारिको भू-भाग पनि नेपालकै हो भन्ने सन्देश दिन र नाकाको प्रवेशविन्दुलाई सुन्दर बनाउन यो पार्क सफल भएको छ,” सञ्जय भन्छन् । विर्तामोड नगरपालिका-४ का अजय साहले नेपाल पार्कमा फोटो खिच्न पाउँदा खुसी व्यक्त गर्दै यसले मेचीपारिको नेपाली भू-भागमा राष्ट्रिय पहिचान स्थापित गरेको बताए । 

“यो पार्कले नेपाल प्रवेश गर्ने जो कोहीको मन लोभ्याउँछ,” उनले थपे, “राष्ट्रप्रतिको गौरवबोध र सकारात्मक भावना जगाउन यस्ता संरचनाले ठूलो योगदान पुर्याउँछन् ।” पार्कको विशिष्ट भौगोलिक अवस्थिति र प्राकृतिक सौन्दर्यका कारण यहाँ ‘पाँच पाण्डव’लगायत ठूलो पर्दाका विभिन्न चलचित्रको छायाङ्कन भइसकेको छ ।

    
 


प्रकाशित मिति: शनिबार, जेठ ९, २०८३  १४:१५
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा
भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा शनिबार, जेठ ९, २०८३
निकुञ्‍ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे
निकुञ्‍ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे शुक्रबार, जेठ ८, २०८३
मुस्ताङ भित्रिए दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक
मुस्ताङ भित्रिए दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक बिहीबार, जेठ ७, २०८३
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा बिहीबार, जेठ ७, २०८३
प्रकृति, संस्कृति र साहसिक पर्यटनको पर्याय मुदी गाउँ
प्रकृति, संस्कृति र साहसिक पर्यटनको पर्याय मुदी गाउँ बुधबार, जेठ ६, २०८३
धीरबहादुर र सुनमायालाई प्रथम छायानाथ अल्ट्रा रेसको उपाधि
धीरबहादुर र सुनमायालाई प्रथम छायानाथ अल्ट्रा रेसको उपाधि सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP