Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #प्रथम_अधिवेशन
  • #सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेश
  • #फिफा विश्वकप २०२६
  • #ईपीएस
  • #दक्षिण कोरिया
  • #फाराम_शुल्क_वृद्धि
  • #दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • नयाँ सांगीतिक नेवारी गीत ‘बलमा माइचा हाकुमा दाइचा’ सार्वजनिक
नयाँ सांगीतिक नेवारी गीत ‘बलमा माइचा हाकुमा दाइचा’ सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ ८, २०८३

काठमाडौं - अमेरिकामा लामो समयदेखि बसोबास गर्दै आएकी स्रष्टा तथा गीतकार रिमा श्रेष्ठ नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै नयाँ–नयाँ सिर्जनामार्फत दर्शक तथा स्रोतामाझ परिचित बन्दै गएकी छन्। पेशाले आइटी इन्जिनियर भए पनि उनले संगीत, साहित्य र कला क्षेत्रमा आफ्नो सिर्जनशील यात्रालाई निरन्तर अघि बढाइरहेकी छन्।

प्रवासको व्यस्त जीवन र पेशागत जिम्मेवारीबीच पनि रिमा श्रेष्ठले नेपाली भाषा, कला र संस्कृतिप्रतिको प्रेमलाई गीत–संगीतमार्फत अभिव्यक्त गर्दै आएकी छन्। उनका सिर्जनामा प्रेम, बिछोड, आत्मीयता तथा जीवनका विविध अनुभूतिहरू भावनात्मक ढंगले प्रस्तुत हुने गरेका छन्।

उनले नेपाली संगीत क्षेत्रका चर्चित कलाकारहरू अन्जु पन्त, स्वरूपराज आचार्य, प्रमोद खरेल, प्राश्ना शाक्य, मेनुका पौडेल, अस्मिता अधिकारी, पुष्पन प्रधान, राजेश पायल राई, रेवती राई तथा किरण गजमेरसँग सहकार्य गरिसकेकी छन्।

Hardik health

रिमाले आफ्ना सिर्जनाहरू ‘रिमा श्रेष्ठ वर्ल्ड’ युट्युब च्यानलमार्फत सार्वजनिक गर्दै आएकी छन्। उनी विगत ६ वर्षदेखि Kansas City Nepalese Society मा सल्लाहकारको भूमिकामा रहेर नेपाली समुदायलाई एकताबद्ध गर्ने कार्यमा समेत सक्रिय छिन्। संस्थामार्फत नयाँ वर्ष, तीज, दशैं, होली तथा देउसी–भैलोजस्ता सांस्कृतिक कार्यक्रम आयोजना हुँदै आएका छन्।

यसैबीच रिमा श्रेष्ठको नयाँ सांगीतिक कोसेली ‘बलमा माइचा हाकुमा दाइचा’ सार्वजनिक भएपछि चर्चा बटुलिरहेको छ। गीतमा रिमा श्रेष्ठकै शब्द सिर्जना रहेको छ भने संगीत सञ्जीत श्रेष्ठले दिएका छन्। गीतमा प्राश्ना शाक्य र राज सायमीको स्वर रहेको छ।

गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ सञ्जाल भण्डारीले गरेका हुन् भने रेकर्डिङ Gain Studio मा गरिएको हो। भिडियोमा सुदित श्रेष्ठ र सृष्टि महर्जनको अभिनय रहेको छ। भिडियोको निर्देशन सोनाम पाख्रिनले गरेका हुन् भने छायांकन उत्सव दाहालले गरेका छन्। सम्पादन बिजेश पौडेल तथा कोरियोग्राफी रोशन विश्वकर्माको रहेको छ।

प्रवासमा रहेर पनि नेपालीपन, भाषा र संस्कृतिलाई गीत–संगीतमार्फत विश्वभर फैलाइरहेकी रिमा श्रेष्ठ नेपाली सांगीतिक क्षेत्रमा प्रेरणादायी स्रष्टाका रूपमा स्थापित हुँदै गएकी छन्।

 


प्रकाशित मिति: शुक्रबार, जेठ ८, २०८३  १०:५८
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
नयाँ गीत “फोटो क्लिक” सार्वजनिक
नयाँ गीत “फोटो क्लिक” सार्वजनिक बुधबार, असार २४, २०८३
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक सोमबार, असार २२, २०८३
‘असारे घाँसे जुहारी’ सार्वजनिक
‘असारे घाँसे जुहारी’ सार्वजनिक सोमबार, असार २२, २०८३
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव आइतबार, असार २१, २०८३
गम्भीर विषयमा सरल प्रस्तुति ‘गौँथली’
गम्भीर विषयमा सरल प्रस्तुति ‘गौँथली’ बिहीबार, असार १८, २०८३
 ‘माया बस्ला है’ बाेलकाे नयाँ गीत सार्वजनिक
 ‘माया बस्ला है’ बाेलकाे नयाँ गीत सार्वजनिक मंगलबार, असार १६, २०८३
‘जलाकी’को दुई पोस्टर सार्वजनिक, मंसिर ४ गते प्रदर्शनमा आउने
‘जलाकी’को दुई पोस्टर सार्वजनिक, मंसिर ४ गते प्रदर्शनमा आउने सोमबार, असार १५, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
वैदेशिक रोजगारीलाई एजेण्टमुक्त बनाउने ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ अभियान
वैदेशिक रोजगारीलाई एजेण्टमुक्त बनाउने ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ अभियान
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP