काठमाडौं - नेकपा एमालेले पाँच जना सचिवहरूलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिने तयारी गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको प्रस्तावित कार्य विभाजनको खाका अनुसार सचिवहरूलाई प्रदेश इन्चार्ज दिने उल्लेख छ।
प्रस्तावित खाका अनुसार शेरधन राई कोशी, महेश बस्नेत बागमती, खगराज अधिकारी गण्डकी, यमलाल कँडेल कर्णाली र छविलाल विश्वकर्मालाई लुम्बिनी प्रदेशको इन्चार्जका रूपमा प्रस्ताव गरिएको छ।
पाँच प्रदेशमा सचिव इन्चार्ज प्रस्ताव गर्दा ओलीले लिलानाथ श्रेष्ठलाई मधेस र दामोदर भण्डारीलाई सुदूरपश्चिम प्रदेशको इन्चार्जका रूपमा प्रस्ताव गरेका छन्।