Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • चितवनमा पर्याप्त छैनन् भेन्टिलेटर र आइसियू
चितवनमा पर्याप्त छैनन् भेन्टिलेटर र आइसियू
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ ९, २०७७
ventilator
Hardik health
भरतपुर–चितवनमा कोभिड १९ का संक्रमितको संख्या बढेसँगै आइसियू शय्या र भेन्टिलेटर अभाव हुने चिन्ता शुरु भएको छ । कोरोनोका गम्भीर बिरामीलाई उपचारका लागि सहज बनाउने महत्वपूर्ण मानिएका ती दुई महत्वपूर्ण उपकरण थप्नेतर्फ सम्बन्धित निकायको ध्यान अहिलेसम्म नजाँदा उपचारमा समस्या आउने जनाइएको छ । जिल्लामा सोमबारसम्म संमिक्रतको संख्या ३६८ पुगेको छ भने कोरोना संक्रमणबाट हालसम्म तीन जनाको अकालमा मृत्यु भएको छ । जिल्ला र बाहिरी जिल्लाबाट उपचारका लागि यहाँ आउनेसमेत गरी दैनिक ४० भन्दा बढी संक्रमित थपिने क्रम जारी रहेको छ । चिकित्सकीय सेवाको शहरका रूपमा परिचित जिल्लामा एक केन्द्रीय सरकारी अस्पताल, एक प्रादेशिक अस्पताल, दुई मेडिकल कलेज, एक क्यान्सर अस्पताल र दुई दर्जन बढी साना ठूला अस्पताल छन् । कोरोना संक्रमितको संख्या बढ्दो अवस्थामा रहे पनि तयारी भने फितलो छ । जिल्लाको सरकारी भरतपुर अस्पतालमा पर्याप्त आइसोलेशन नभएका कारण केही संक्रमित होम आइसोलेसनमा बसेका छन् । संक्रमित घरघरमै बस्न थालेपछि बल्ल पालिकाहरू धमाधम आइसोलेसन बनाउने तयारीमा जुटेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले गत वैशाख महिनासम्मको तथ्यांकअनुसार जिल्लाका अस्पतालमा २४३५ शय्या छन् । तीमध्ये १७६ आइसियू र ४९ भेन्टिलेटर छन् । यो क्यान्सर अस्पतालबाहेकका अस्पतालको तथ्यांक भएको उनले बताए । भरतपुर अस्पतालमा ३० शय्याको आइसियू छ । यसमा १० कोभिड र २० ननकोभिडका लागि छुट्याइएको छ । अस्पतालमा रहेका छ भेन्टिलेटरमध्ये दुई वटा कोभिडका लागि प्रयोग गरिएको छ । ‘सामान्य अवस्थामा यो पर्याप्त हो’, अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले भने ‘तर कोभिडका बिरामी बढ्दै जाँदा आइसियू र भेन्टिलेटरको अभाव हुने देखिन्छ ।’ यो अवधिमूा कुनै पनि अस्पतालले आइसियू र भेन्टिलेटर थप नगरेको उनले जानकारी दिए । ‘संक्रमितका जीवनरक्षाका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरणहरू तयारी अवस्थामा राख्नुपर्छ, त्यसका लागि प्रदेश र संघीय सरकारसँग कुरा गरेका छौं’, उनले भने । गम्भीर बिरामीको उपचारका लागि आइसीयू र भेन्टिलेटर आवश्यक पर्ने भएकाले लक्षण नभएका, सामान्य लक्षण भएका संक्रमित घरकै आइसोलेसनमा बस्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा।देजकुमार गौतमले अस्पतालमा रहेको भेन्टिलेटर र आइसियू पर्याप्त नभएको बताए । उनले भने, ‘क्यान्सर अस्पतालमा १५ श्य्याको आइसियू कक्ष छ, थप २० बढाउन सक्ने क्षमता हामीसँग छ ।’ उनले आवश्यक परेको खण्डमा त्यसका लागि पनि तयार रहेको जानकारी दिए । ‘क्यान्सर अस्पतालमा अहिलेसम्म कोरोनाका संक्रमितको उपचार गरेका छैनौं’, उनले भने, ‘स्वाब परीक्षणका लागि ल्याब सञ्चालनको तयारीमा छौं ।’ आवश्यक परेका खण्डमा भरतपुर अस्पतालमा कोरोना संक्रमित र क्यान्सर अस्पतालमा ननकोभिडको उपचार गर्न सकिने उनले बताए । ‘मान्छेको ज्यानभन्दा ठूलो कुरा केही होइन’, उनले भने, ‘यो समयमा सबै कुराका लागि तयार हुनुपर्छ ।’ जिल्लामा सबैभन्दा धेरै भेन्टिलेटर चितवन मेडिकल कलेज ९सिएमसी मा छन् । सैँतीस भेन्टिलेटर आफूहरूसँग रहेको कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा हरिशचन्द्र न्यौपाने जानकारी दिए । उनले भने, ‘थप ३० भेन्टिलेटर ल्याउने तयारीमा छौं ।’ अस्पतालमा रहेका भेन्टिलेटर खाली नरहेको जनाउँदै उनले कोभिडका बिरामीलाई उपलब्ध गराउन नसकिने जानकारी दिए । जिल्लाको अर्को कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल ९ पुरानो मेडिकल कलेजमा ५० श््ययाको आइसियू कक्ष र १० भेन्टिलेटर छन् । यी दुवै मेडिकल कलेजले कोभिडका बिरामी राखेर उपचार गरेका छैनन् । नारायणी सामुदाियक अस्पतालका अध्यक्ष डा भक्तमान श्रेष्ठले अस्पतालमा रहेका भेन्टिलेटर कोभिडका बिरामीका लागि प्रयोग गर्न सकिने अवस्था नरहेको जानकारी दिए । उनले भने, ‘अन्य नियमित बिरामीका लागि नै भेन्टिलेटर पर्याप्त छैन, कोभिडका लागि त झन् अभाव छ ।’ अस्पतालका पाँच भेन्टिलेटरमध्ये तीन आइसियू र दुई वटा अप्रेशन थ्रियटरमा प्रयोग हुने गरेको उनले बताए । दुई श्य्या बराबर एक आइसियू हुनुपर्ने अन्तर्राष्ट्रिय प्रवधान रहेको उलेन उल्लेख गरे । आइसियू खर्चिलो रहेका कारण पनि अस्पतालमा पर्याप्त राख्न नसकिएको उनको भनाइ छ । पछिल्लो दिनमा जिल्लामा संक्रमित बढ्दै गएका छन् भने संक्रमितमा लक्षण पनि देखिने गरेको छ । समुदायमा फैलिएको कोरोनाको प्रभाव वृद्ध, दीर्घरोगी, बालबालिका र सुत्केरीमा परेमा धेरै आईसियू र भेन्टिलेटरको आवश्यक पर्ने विज्ञ बताउँछन् । यसका लागि जिल्लामा तयारी पर्याप्त भएको उनीहरूको भनाइ छ । सम्भावित महामारीलाई लक्षित गरी समयमै आईसियू र भेन्टिलेटरको व्यवस्था गर्नेतर्फ सम्बन्धित निकायका ध्यान जानुपर्नेविज्ञ बताउँछन् ।                                                                                                                                                                                                                                                                                                                                                                                       रासस
प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७  ०६:०१
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने
दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने सोमबार, कात्तिक १७, २०८२
जुम्लाबाट साढे चार हजार मेट्रिकटन स्याउ बिक्री
जुम्लाबाट साढे चार हजार मेट्रिकटन स्याउ बिक्री सोमबार, असोज २७, २०८२
बागलुङमा एक अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन
बागलुङमा एक अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन सोमबार, असोज २७, २०८२
तेइस अर्ब २२ करोड बराबरको बीमा दाबी, एक अर्ब ५८ करोड भुक्तानी
तेइस अर्ब २२ करोड बराबरको बीमा दाबी, एक अर्ब ५८ करोड भुक्तानी आइतबार, असोज २६, २०८२
वीरगञ्ज भन्सार : पेट्रोलियम पदार्थबाट रु ११ अर्ब १८ करोड राजश्व संकलन
वीरगञ्ज भन्सार : पेट्रोलियम पदार्थबाट रु ११ अर्ब १८ करोड राजश्व संकलन आइतबार, असोज २६, २०८२
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
शिक्षण पेशा छोडेर तरकारी खेती, वार्षिक पाँच लाख आम्दानी
शिक्षण पेशा छोडेर तरकारी खेती, वार्षिक पाँच लाख आम्दानी बिहीबार, असोज ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP