काठमाडौं - नेपल टेलिकमले कम्पनीको प्रवक्ताको जिम्मेवारी प्रबन्धक कमल लामिछानेलाई दिएको छ ।
कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत लामिछानेलाई प्रवक्ता तोकिएको जानकारी गराउँदै नेपाल टेलिकमले प्रेस नोट जारी गरेको हो ।
टेलिकमका अनुसार प्रवक्ता लामिछानेको कार्यालय सम्पर्क नम्बर ०१–४२१०२०४, मोबाइल नम्बर ९८५१३७१४१५ तथा इमेल [[email protected]](mailto:[email protected]) रहेको छ ।
यसअघि सह–प्रवक्ताको जिम्मेवारीमा रहेका कृपेन्द्र थापा क्षेत्रीले उक्त प्रेस नोटमार्फत जानकारी गराएका हुन् ।