Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • महाकवि देवकोटा संग्रहालयलाई बजेट अभाव नहुने स्पष्ट
महाकवि देवकोटा संग्रहालयलाई बजेट अभाव नहुने स्पष्ट
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ ९, २०७७
Devkota
Hardik health
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका–३०, मैतीदेवीस्थित ‘कविकुञ्ज’मा स्थापना हुने ‘महाकवि देवकोटा संग्रहालय’को विस्तृत परियोजना प्रतिवेदन बनाउन नेपाल प्रज्ञा–प्रतिष्ठानलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलाई प्रधानमन्त्री ओलीले उक्त आग्रह गरी कोरोना महामारीका कारण तत्काल बजेट निकासा नभएपनि स्रोत अभाव नहुने बताए । सो अवसरमा अर्थमन्त्री डा युवराज खतिवडालाई प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवकै परियोजनालाई आवश्यक बजेटको व्यवस्था गर्न निर्देशन दिएको कुलपति उप्रेतीले जानकारी दिए । विसं २०७५ को देवकोटा जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले महाकवि देवकोटाको जीर्ण जन्मघरलाई संग्रहालय बनाइने घोषणा गरेका थिए । नेपाल सरकारको निर्णयानुसार कानूनतः १२ आना एक दाम क्षेत्रफलको जग्गाको हक प्रज्ञा–प्रतिष्ठानलाई हस्तान्तरण भइसकेको छ । संग्रहालय चार तलाको हुने बताईको छ । जीर्ण रहेको उक्त घरलाई प्रधानमन्त्रीको इच्छानुसार पुरानै ढाँचामा सबलीकरण गरी निर्माण गर्नका लागि विज्ञसँग परामर्श गरी प्रतिष्ठानले डिपिआर बनाउने भएको छ । कुलपति उपे्रतीले भने, ‘भवनमा देवकोटाको समग्र इतिहास झल्काउने कोशिश गरिनेछ । संग्रहालयको भुइँतलामा श्रव्यदृश्य कक्ष हुनेछ, जहाँ प्रवेश गर्ने जो कोहीले पनि महाकवि देवकोटालाई सशरीर पाएको अनुभूति गर्न सक्ने बताइएको छ । भवनको दोस्रो तलामा देवकोटाले आफ्नो जीवनकालमा प्रयोग गरेका साम्रगी रहनेछन् । देवकोटाले प्रयोग गरेका खाट, पानी खाने भाँडो, चुरोटको धुलो राख्ने एस्ट्रे, विभिन्न चित्र, मन्त्री भएका बेलाको दस्तावेज, चित्र, तस्वीर, उहाँले प्रयोग गरेका वस्त्र तथा जुत्ता आदि हुने बताइएको छ । संग्रहालयको तेस्रो तलामा महाकवि देवकोटाले लेखेका साहित्यिक सिर्जनाका पाण्डुलिपि र विदेशी लेखकले लेखेका पुस्तक माइक्रोफिल्मिङ गरी अध्यावधिक गरिनेछ तथा चौथो तलामा देशविदेशका आगन्तुुक आएर छलफल तथा अन्तरक्रिया गर्न सक्नेछन् । डिल्लीबजारमा जन्मिएका देवकोटा पछि मैतीदेवीमा सरेका थिए ।
प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७  ०५:४३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP