काठमाडौं - गायक अनिस लिम्बू र शान्ती श्री परियारको "छल गर्यो मायाले" बोलको गीत सार्वजानिक भएको छ।
हालै सार्वजानिक उक्त गीतमा वास्तविक जीवन शैलीमा आधारित गहिरो माया प्रेमका कुराहरु दर्शाउन खोजिएको छ। लेक बेसी र गैरी खेतमा धान गहुँ काट्दा लगाइने माया प्रेमलाई गीतको म्युजिक भिडियोमा दर्साउन खोजिएकाे छ।
साे गीतमा अनिस लिम्बू र शान्ती श्री परियारको सुमधुर स्वर रहेको छ भने शब्द संगीत मनिपाल राईको रहेको छ। भिडियो तर्फ चर्चित सिरियल जुठेका अभिनेत्री जुनकिरी मैया साव "सरीता ढुङ्गाना" र अर्जुन खड्काको लिड नृत्य रहेको छ ।
भिडियोलाई आकर्षक बनाउन लोकेसन र कोरसलाई पनि प्राथमिकता दिइएको छ। बिसाल थापाले छायाँकन गरेको भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका हुन्। खगेन्द्र गीरीको कोरियोग्राफीमा बिजय मगरले निर्देशन गरेका छन् ।