काठमाडौं - राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा पुनः सुचारु भएको जनाएको छ ।
विभागले बुधबार सूचना जारी गर्दै राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (NIDMIS) मा देखिएको प्राविधिक समस्याका कारण केही समयदेखि अवरुद्ध रहेको सेवा पुनः सञ्चालनमा आएको जानकारी दिएको हो ।
सूचनाअनुसार २०८३ वैशाख २१ गतेदेखि प्रणालीमा समस्या देखिएपछि मर्मत कार्य जारी रहेकाले नयाँ इनरोल गर्दा आउने राष्ट्रिय परिचय नम्बर (NIN) लाई प्रणालीले ‘भ्यालिडेट’ गर्न नसक्ने अवस्था सिर्जना भएको थियो ।
सूचना विभागका निर्देशक कमल प्रसाद पाण्डेद्वारा जारी पत्रमा उक्त समस्या समाधान भएसँगै २०८३ जेठ ३० गतेदेखि सेवा पुनः सुचारु गरिएको जनाएको छ । साथै सेवा अवरुद्ध हुँदा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति विभागले क्षमायाचना समेत गरेको छ ।
