काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको उपनेतामा पार्टीका सचिव तथा पूर्वमन्त्री पद्मा अर्याललाई मनोनित गरेको छ ।एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल)ले उपनेतामा पूर्वमन्त्री अर्याललाई मनोनित गरेका हुन् ।
थापाले उपनेतामा पूर्वमन्त्री अर्याललाई मनोनित गरेका प्रमुख सचेतक ऐन महरले बताए । एमाले सचिव अर्याल समानुपातिकबाट सांसद छिन्। पार्टीले यसअघि दलको प्रमुख सचेतकमा महर र सचेतकमा नीता घतानी मनोनित गरेको थियो ।