Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
विश्व
  • Home
  • विश्व
  • अमेरिकामा ल्यापटप लगायतका शैक्षिक सामग्री अभाव
अमेरिकामा ल्यापटप लगायतका शैक्षिक सामग्री अभाव
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ ८, २०७७
Book
Ncell
Hardik health
सान फ्रान्सिस्को– कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि उत्पन्न परिस्थितिका कारण अमेरिकामा ल्यापटपलगायतका शैक्षिक सामग्री सहजै प्राप्त गर्न समस्या भएको छ । विषेश गरेर अनलाईन कक्षा सञ्चालनका क्रममा आवश्यक पर्ने सामग्रीहरू सहजै पाउन गाह्रो भएको र पाएपनि निकै ढिलो मात्रै प्राप्त हुने गरेको उपभोक्ताहरूले बताएका छन् । यो समस्या धेरै महिना अगाडिदेखि अमेरिका भरी नै रहेको एपीले गरेको एक अनुसन्धानले देखाएको छ । विश्वकै तीन ओटा ठूलो कम्युटर कम्पनीहरू लेनोभो, एचपी र डेलले समेत अनलाइन कक्षाका लागि आवश्यक सामग्रीहरू माग अनुसार उपलब्ध गराउन नसकिएको बताएका छन् । ती कम्पनी स्रोतका अनुसार बजारमा अहिले झण्डै ५० लाख ल्यापटपको माग रहेको र त्यो मागलाई सम्वोधन गर्न कठिनाइ भइरहेको छ । अमेरिकाले चिनियाँ सामान आयातकर्तामाथि लगाएको प्रतिबन्ध पनि समस्याको चुरो भएको पनि कतिपय व्यापारीहरूको बुझाई रहेको छ । क्यालिफोर्नियाको मोजाभस्थित मोरोङ्गो युनिफाइड स्कूल डिस्ट्रिक्टका सुपरिटेन्डेन्ट टोम बाउमगार्टनले भने, ‘यो अवस्था एक कलाकारलाई विना रङ चित्र बनाउन भनेजस्तो भएको छ । कुनै पनि बच्चा कम्प्युटर बिना सामाजिक दूरी कायम गर्दै पढ्न सक्दैन ।’ उक्त विद्यालयमा सबै आठ हजार विद्यार्थीलाई निःशुल्क खाजा वितरण गरिन्छ । दूर शिक्षाको लागि उनीहरूलाई कम्प्युटर चाहिन्छ । उनले भने, ‘गत जुलाईमा पाँच हजार थान ‘लेनोभो क्रोमबुक्स’ को माग गर्नुभएको हो तर लेनोभोलाई निषेधित चिनियाँ सामानको प्रयोग गरेको भन्दै सरकारी निकायबाट आपूर्ति रोकियो । विकल्प दिइएको छैन ।’ उनले यसलाई एउटा प्रतिनिधिमुलक समस्याका रूपमा बताए । क्रोमबुक्स र अन्य निम्न मूल्यका कम्प्युटर धेरैजसो निम्न आय भएका अमेरिकी विद्यालयको छनोटमा पर्ने गर्छन् । ‘यो गाह्रो छ किनकि मैले कम्प्युटरका लागि बाल दास श्रमलाई प्रोत्साहन गर्न सक्दिन । के हामी प्रक्रियाको पछि दौडिँदा अधिक बच्चाहरूलाई चोट पु¥याइरहेका त छैनौँ ?’ जिल्लाको उत्तर डकोटामा रहेको ‘विलिस्टन पब्लिक स्कूल’ का लागि सूचना तथा प्रविधि निर्देशक म्याट बर्टनहेगनले भने । उनले पनि दुई हजार लेनोभो क्रोमबुकका लागि मे मा माग गरी आपूर्तिको पर्खाइमा रहेको बताए । ‘उनीहरूले जुलाईमा बुझाउनु पर्ने थियो । तर अगस्टको सुरूमा बुझाउने प्रतिवद्धता आएको थियो । त्यसपछि अगस्टको अन्त्य भनियो । अहिले माग गरिएका पाठ्य सामग्रीको आपूर्ति वर्षको अन्त्यसम्ममा हुने अनुमान गरिएको छ ।’ कोलोराडोको सबैभन्दा ठूलो ‘डेनभर पब्लिक स्कूल’ ले पनि अप्रिल र मेमा माग गरेका १२ हजार ५०० ‘क्रोमबुक्स’ कहिले आउने हुन् पत्तै छैन । अनलाइन कक्षा सञ्चालनका लागि आवश्यक सामग्रीहरू पर्याप्त पाउन नसकेपछि देशभरीको शैक्षिक क्षेत्रमा अर्को चिन्ता थपिएको छ भने अविभावक, विद्यार्थी, शिक्षक र विद्यालय सञ्चालकलाई टाउको दुखाइ भएको छ । कम्युटर विना विद्यार्थीहरूलाई अनलाइन कक्षा सञ्चालन गर्न सकिदैन, तर त्यही सामग्रीको अभाव भइरहेको छ, विद्यालयका एक व्यवस्थापकले भने । विद्यालयका व्यवस्थापक तथा सरोकारवालाहरूले अनलाइन कक्षा सञ्चालनका लागि अत्यावश्यक सामग्रीहरू उपलब्धताका लागि सहयोग गर्न ट्रम्प प्रशासनलाई दवाव दिएका छन् । ल्यापटप विनाको अनलाइन कक्षा अर्थहीन हुने भन्दै उनीहरूले त्यसको व्यवस्था अनिवार्य गरिदिन माग गरेका छन् ।                                                                                                                                                                                                                                                                                                                                                                                                                                   (रासस÷एपी)
प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७  ०६:३९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ शुक्रबार, भदौ २६, २०८३
स्विट्जरल्यान्डमा बस दुर्घटना
स्विट्जरल्यान्डमा बस दुर्घटना शुक्रबार, भदौ २६, २०८३
विभाजनबीच ब्रिक्स शिखर सम्मेलन
विभाजनबीच ब्रिक्स शिखर सम्मेलन शुक्रबार, भदौ २६, २०८३
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता बिहीबार, भदौ २५, २०८३
होर्मुजमा तनाव चर्किँदा तेल आपूर्ति जोखिममा
होर्मुजमा तनाव चर्किँदा तेल आपूर्ति जोखिममा बुधबार, भदौ २४, २०८३
प्राविधिक समस्याका कारण बेलायतमा एक हजारभन्दा बढी उडान रद्द
प्राविधिक समस्याका कारण बेलायतमा एक हजारभन्दा बढी उडान रद्द बुधबार, भदौ २४, २०८३
ट्रम्पद्वारा क्यानाडाली आयातमा कडाइ
ट्रम्पद्वारा क्यानाडाली आयातमा कडाइ बुधबार, भदौ २४, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP