काठमाडौं - नेपाल बैंकले सर्वसाधारणलाई लक्षित गर्दै आकर्षक ‘घडेरी कर्जा’ योजना सार्वजनिक गरेको छ। आफ्नै घर बनाउने सपना देख्ने ग्राहकलाई सहज रूपमा जग्गा खरिद गर्न सहयोग पुर्याउने उद्देश्यले बैंकले नयाँ कर्जा सुविधा ल्याएको जनाएको छ।
‘हामी तपाईंको सपनालाई वास्तविकतामा परिणत गर्छौं’ भन्ने मूल नारासहित सुरु गरिएको यस योजनाअन्तर्गत ग्राहकले जग्गा खरिदका लागि सरल प्रक्रियामार्फत ऋण प्राप्त गर्न सक्नेछन्।
बैंकका अनुसार कर्जाको भुक्तानी अवधि अधिकतम २० वर्षसम्म रहनेछ। लामो समयको किस्ता सुविधा भएकाले मासिक आर्थिक भार कम भई विशेषगरी मध्यमवर्गीय परिवारलाई जग्गा खरिद गर्न सहज हुने अपेक्षा गरिएको छ।
यस योजनामा सुलभ ब्याजदर र झन्झटरहित प्रक्रिया अपनाइने बैंकले जनाएको छ। साथै, सेवा देशभर रहेका बैंकका सम्पूर्ण शाखाबाट उपलब्ध हुने जानकारी दिइएको छ।
जग्गा खरिद गर्न इच्छुक ग्राहकले आफूलाई पायक पर्ने नेपाल बैंकको शाखामा पुगेर योजना सम्बन्धी थप जानकारी लिन तथा आवेदन दिन सक्ने बैंकले जनाएको छ।