Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • तालिका बनाउँदै पर्यटन मन्त्रालय
तालिका बनाउँदै पर्यटन मन्त्रालय
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ ८, २०७७
Ministry
Hardik health
काठमाडौं– अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले तयारी थालेका छन् । सरकारले यही १६ भदौदेखि निश्चित शर्तसहित नियमित उडान सञ्चालन गर्ने यस अघि नै निर्णय गरेको थियो । सोहीअनुरूप उडान तालिका तयार पार्न सुरु गरिएको हो । कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि सरकारले पिसीआर परीक्षण सहज भएका देशहरूबाट शर्तसहित नियमित उडान गर्ने निर्णय गरेको हो । दैनिक ५ सय यात्रु नकट्ने गरी उडान सञ्चालन गर्न दिने निर्णय भएको छ । त्यस प्रयोजनका निम्ति पर्यटन मन्त्रालयले नियामक प्राधिकरणको समन्वयमा उडान तालिका बनाउनेछ । मन्त्रालयका सहप्रवक्ता राजन पौडेलले सरकारको निर्णयअनुरूप दैनिक पाँच स।य यात्रु नबढ्ने गरी नियमित उडानको तालिका बनाउन मन्त्रालय जुटेको बताए । उनले पर्यटन मन्त्रालय, नियामक प्राधिकरण र सम्बन्धित मुलुकका दूतावाससँग समन्वय गरेर नियमित उडानको तालिका बनाइनेछ । सरकारी निर्णयअनुरूप पिसीआर परीक्षण सहज भएका मुलुकबाट नियमित र पिसीआर सहज नभएका मुलुकबाट उद्धार चार्टर्ड उडान गरिनेछ । ‘सरकारको निर्णयअनुरूप १६ भदौदेखि हुने नियमित उडानको तालिका बनाउन हामी लागिपरेका छौँ, सोमबार या मंगलबारभित्र उडान तालिकाको टुंगो लगाइनेछ’, सह–प्रवक्ता पौडेलले भने । नेपालका दुई (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न मुलुकका एयरलाइन्सले नियमित उडान गर्नेछन् । सह–प्रवक्ता पौडेलका अनुसार दैनिक पाँच सयमात्रै यात्रु ल्याउने निर्णयअनुरूप वाइडबडी ए–३३० जहाजको हकमा दैनिक दुई वडा तथा न्यारोबडी ए ३३० जहाजमार्फत उडान गरिए दैनिक तीनवटा जहाजले नियमित उडान गर्नेछन् । यी उडानमा नेपालीसहित विदेशी एयरलाइन्सले तालिकाअनुसार उडान भर्नेछन् । पिसिआर सहज नभएका मुलुकबाट भने उद्धार चार्टर्ड उडान सञ्चालन गरिनेछ । चार्टर्ड उडानको छुट्टै तालिका बनाइने मन्त्रालयले जनाएको छ । सरकारले नियमित उडान सञ्चालन गर्ने निर्णय गरेसँगै आवश्यक तयारीका लागि पर्यटन मन्त्रालय र प्राधिकरण जुटेको हो । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले सरकारी निर्णयअनुसार दैनिक पाँच सय यात्रु ल्याउने गरी सम्बन्धित मुलुक र गन्तव्यबाट हुने उडान तालिकाको तयारीमा जुटेको बताए । उनले भने, ‘१६ भदौदेखि हुने नियमित उडानको तालिका बनाउन छलफलमा जुटेका छौँ, उडान तालिका छिट्टै टुंग्याउँछौँ ।’ सरकारले पिसीआर परीक्षण सहज भएका मुलुकहरू मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङकङ, अष्ट्रलिया, अमेरिका, क्यानाडा र युरोपेली मुलुकबाट नेपाल सरकारको निर्णयअनुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ, कर्मचारी, संयुक्त राष्ट्रसंघका कर्मचारीलगायतलाई मात्र नेपाल ल्याउने गरी नियमति उडान गर्ने निर्णय गरेको छ । पिसीआर सहज नभएका मुलुकहरू कतार, साउदी अरब र कुवेतलगायत अन्य मुलुकबाट नियमित उडानमार्फत् यात्रु ल्याउन पाइनेछैन । यी मुलुकबाट चार्टर्ड उडान गरी नेपाली स्वदेश फर्काइने छ । सरकारले नियमित उडानका लागि उडान अनुमति नभएका श्रमिक रहेका मुलुकबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगबाट सिफारिस भएको नामावलीबमोजिमका यात्रुका लागि चार्टर्ड उडान गरेर ल्याउने जनाएको छ । यसरी आउने यात्रुको ७२ घण्टाभित्र पिसीआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने जनाइएको छ । विदेशबाट आउने यात्रु काठमाडौंमा आएपछि ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्नेछ । पिसीआर परीक्षण गरेका र नगरेका यात्रुहरू एउटै विमानमा आए सबैलाई क्वारेन्टिनमा राखिने छ र त्यसको सबै खर्च एयरलाइन्सले व्यहोर्ने बताइएको छ । यस्तै, पिसीआर टेष्ट सहज नभएका मुलुकहरूमा चार्टर ङ्खलाइट मात्र सञ्चालन हुने जनाइएको छ । पिसीआर परीक्षण भएका र नभएकालाई एकै उडानमा ल्याउँदा संक्रमण फैलिने जोखिम रहेकाले त्यस्ता मुलुकबाट स्वदेश आउन चाहने यात्रुको हकमा सम्बन्धित नेपाली कूटनीतिक नियोगको सिफारिसमा चार्टर्ड उडान गरिनेछ । बन्दाबन्दीको पाँच महिनापछि नियमित उडान शुरु हुन लागेको हो । विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ महामारी संक्रमण नियन्त्रणका लागि सरकारले गत ११ चैतदेखि साउन ६ गतेसम्म देशभर बन्दाबन्दी लागू गरेको थियो । तत्कालीन परिस्थितिमा संक्रमण दर कम भएको आँकलन गरी विज्ञहरूको सुझावमा सरकारले १ भदौदेखि आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडान शुरु गर्ने घोषणा गरेको थियो । तथापि, राजधानी काठमाडौं सहित देशभर कोभिड–१९ का संक्रमित बढेपछि सरकारले पुनः १५ भदौंसम्म व्यावसायिक उडान नखोल्ने निर्णय गरेको थियो । विदेशमा अलपत्र नेपालीको उद्धार तथा अत्यावश्यक यात्रुका लागि उडान सञ्चालन गर्ने निर्णय गरेको हो ।
प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७  ०६:००
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने
दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने सोमबार, कात्तिक १७, २०८२
जुम्लाबाट साढे चार हजार मेट्रिकटन स्याउ बिक्री
जुम्लाबाट साढे चार हजार मेट्रिकटन स्याउ बिक्री सोमबार, असोज २७, २०८२
बागलुङमा एक अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन
बागलुङमा एक अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन सोमबार, असोज २७, २०८२
तेइस अर्ब २२ करोड बराबरको बीमा दाबी, एक अर्ब ५८ करोड भुक्तानी
तेइस अर्ब २२ करोड बराबरको बीमा दाबी, एक अर्ब ५८ करोड भुक्तानी आइतबार, असोज २६, २०८२
वीरगञ्ज भन्सार : पेट्रोलियम पदार्थबाट रु ११ अर्ब १८ करोड राजश्व संकलन
वीरगञ्ज भन्सार : पेट्रोलियम पदार्थबाट रु ११ अर्ब १८ करोड राजश्व संकलन आइतबार, असोज २६, २०८२
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
शिक्षण पेशा छोडेर तरकारी खेती, वार्षिक पाँच लाख आम्दानी
शिक्षण पेशा छोडेर तरकारी खेती, वार्षिक पाँच लाख आम्दानी बिहीबार, असोज ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP