काठमाडौं - प्रमुख विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकारका पछिल्ला कामकारबाहीप्रति आपत्ति जनाउँदै विधिको बाटोमा हिँड्न सुझाव दिएका छन् ।
पार्टीका सांसदहरूलाई बुधबार संसद्मा खेल्नुपर्ने भूमिकाबारे प्रशिक्षण दिएका थापाले बाहिर निस्केर सञ्चारकर्मीहरूसँग खुलेर कुरा गरे । उनले सरकारले गरेका कामहरूप्रति मुख्य रुपमा तीन सवाललाई आलोचनात्मक रुपमा उठाएका छन् ।
यस्ता छन् सरकारप्रति जनाएका तीन आपत्ति:
१. सरकारलाई बहुमतको भ्रम
२. संवैधानिक परिषद्मा चलखेल
३. सुकुमवासीप्रति राज्यको क्रूरता