काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई थुनामा राख्न म्याद थपका निम्ति जिल्ला अदालत काठमाडौंले अस्वीकार गरेको छ ।
अदालतबाट थुना म्याद अस्वीकार भएपछि गोल्छा मंगलबार हाजिर जमानीमा रिहा भएका छन् ।सोमबार सर्वोच्च अदालतले गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश दिएको थियो ।
जमानतमा छाड्न आदेश दिएलगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पुनः पक्राउ गरी मंगलबार अदालतमा म्याद थपका निम्ति उपस्थित गराइएको थियो । न्यायाधीश मोना सिंहको इजलासले गोल्छाविरुद्ध म्याद थप नगरी हाजिर जमानीमा छाड्न आदेश दिएको छ ।