काठमाडौं - वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी भक्तपुर मध्यपुर थिमि नगरपालिका-५ कमेरोटार बस्ने धादिङ धुनिवेशी नगरपालिका-९ घर भएका ४६ वर्षीया रोशना चापागाईलाई प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगार न्यायाधिकरणको २०८१ वैशाख ३० गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष ६ महिना कैद सजाय र १ लाख ५० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ कमेरोटारबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।