काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार हुन क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने छ । रास्वपाकाे आज पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले निर्णय गरेको हाे ।
पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । रास्वपाले उम्मेदवारका आकांक्षी धेरै हुने भएपछि छनोटमा सहज बनाउन क्यान्डिडेट क्लब बनाएको छ । हालै बसेको संसदीय दलको बैठकले स्थानीय तह निर्वाचन उमेदवार छनोट रूपरेखा तथा क्यान्डिडेट क्लब सम्पादन समिति बनाएको छ ।
उक्त समितिको संयोजकमा सह-महामन्त्री विपिनकुमार आचार्य छन् । त्यस्तै उक्त समितिको सचिवमा केन्द्रीय सदस्य रामकुमार (आरके) ढुंगाालाई सचिव तोकिएको छ । उता संघीय सांसदहरूसहित अन्य ५ जना सदस्य रहेका छन्
काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अहिलेबाटै आगामी स्थानीय तहको निर्वाचन तयारी थालेको छ। २०७९ वैशाखमा भएको स्थानीय चुनावको पाँच वर्षे कार्यकाल आगामी २०८४ सालमा पूरा हुँदैछ । यस्तोमा रास्वपाले स्थानीय तह र प्रदेश सभाको चुनाव एकै समयमा गर्ने गरी अहिलेबाटै आवश्यक तयारी अघि बढाएको छ ।