काठमाडौं- प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित बनेको छ ।काठमाडौंमा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित बनेको हाे ।
भारत नयाँदिल्लीबाट आएको एयर इन्डियाको जहाज ‘मिस अप्रोच’ का कारण ओभरसुट गर्नुपरेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार यो जहाज अहिले होल्डमा राखिएकाे छ ।
त्यस्तै थाई लायनको जहाज समेत अहिले होल्डिमा छ । फ्लाइ दुबईको जहाज समेत होल्डमा रहेको विमानस्थल कार्यालयले जनाएको छ ।
प्रतिकूल मौसमले आन्तरिक उडानका जहाजसमेत प्रभावित बनेका छन् । अहिले सिमरा, पोखरा, विराटनगर, भैरहवा जाने उडान डिले भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।